काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले युवालाई सूचना प्रविधिका क्षेत्रमा आकर्षित गराउन आग्रह गरेका छन् ।
उनले बेथानचोक गाउँपालिका–२ गेल्दुङ्स्थित पार्वती बहुमुखी क्याम्पसको प्रथम भेलालाई आज सम्बोधन गर्दै बदलिँदो परिस्थितिमा सूचना प्रविधिको भविष्य रहेकाले युवालाई यसप्रति आकर्षित गराउनुपर्ने आवश्यकता औँल्याएको हो ।
“सूचना र प्रविधिको क्षेत्रमा मुलुकको भविष्य छ, यस क्षेत्रमा युवालाई आकर्षित गराउन सके बरोजगारीसमेत अन्त्य हुने देखिएको छ”, सरकारका प्रवक्तासमेत रहका कार्कीले भने । उनले परिवारको गरिबीपन हटाउन सपना देख्ने युवामा परिस्थितिले साथ नदिँदा भने ‘डर्टी, डिफिकल्ट र डेन्जर’मा जानसक्ने अवस्थालाई निराकरण गर्नुपर्ने देखिएको बताए।
मन्त्री कार्कीले गुणस्तरीय शिक्षा प्राप्त गरेका युवाले प्रविधिसँग खेलेर मासिक रु डेढ लाखसम्म आर्जन गरिरहेको उल्लेख गर्दै त्यसैले आफूले युवालाई सूचना प्रविधिका क्षेत्रमा आकर्षित गराउन आग्रह गरेको दोहो¥याए । उनले भने, “आजकाल हरेका जिल्ला तथा सहरमा एउटा ल्यापटप बोकेर युवाले रु डेढ दुई लाखसम्म कमाउँछन्, अब युवालाई हरेक क्षेत्रले प्रविधिमैत्री बनाएर त्यतातिर ध्यानाकर्षण गराउनुपर्छ ।”
उनले उच्च शिक्षालयबाट प्राप्त हुने प्रमाणपत्र केवल कालान्तरको ‘खोष्टो’ मात्रै हुने नबनाइ व्यक्ति, परिवार र समाजका निम्ति उपयोगी हुनसक्ने शिक्षा प्रदान गर्नुपर्ने बताए । उनले नेपालको सबैभन्दा ठूलो समस्या शिक्षित बेरोजगारी भएकाले उक्त जनशक्तिलाई रोजगारीमा परिणत नगरेसम्म विकास हुन नसक्ने जिकिर गरे । “प्रमुख चुनौती बनेको बेरोजगारी अन्त्य गर्न ग्लोबल भिलेजमा परिणत संसारमा शिक्षालाई अघि बढ्नुपर्छ भन्ने मेरो दृष्टिकोण हो”, उनले भने ।
मन्त्री कार्कीले विकासको आधार शिक्षा नै भएकाले सभ्यता सिकाउने शिक्षाले समाजभित्रको अन्धकारलाई दूर गराउने बताए । उेले जलस्रोत, पर्यटन र कृषिका समस्याको निराकरण गरी अवसरमा रुपान्तरण गर्नसके अबको दश वर्षमा नेपाल दक्षिण एशियामा धनी देश बन्नसक्ने धारणा व्यक्त गरे।
कार्यक्रममा गाउँपालिका अध्यक्ष भगवान अधिकारीले शैक्षिक गुणस्तर कायम गर्ने तथा गाउँपालिकालाई धार्मिक पर्यटनसँगै कृषि तथा पशुपालनका माध्यमबाट समृद्ध बनाउने योजना अघि सारिएको बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ९ गते, २०८२ - १४:२८
काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरण ले टोखा नगरपालिका वडा नम्बर ७ अन्तर्गत दाहाल गौडा चोक र वसुन्धरा क्षेत्रमा लामो समयदेखि अतिक्रमणमा परेको स...
चैत्र ९ गते, २०८२ - १४:१८
पाकिस्तान। पाकिस्तानका विदेश मन्त्री इशाक दारले सोमबार अफगानिस्तानसँगको अस्थायी युद्धविरामको अन्तिम समयमा पाकिस्तान आतङ्कवादको खतरा उन्मूलन गर्न प्रति...
चैत्र ९ गते, २०८२ - १४:१४
मुस्ताङ। मुस्ताङको अर्ध–निषेधित क्षेत्रमा विदेशी पर्यटकले अब एकल पदयात्रा गर्न पाइने भएको छ । विगतमा दुई वा सो भन्दा बढी विदेशी पर्यटकले समुह बनाएर अर...
चैत्र ९ गते, २०८२ - १४:०२
सोल। दक्षिण कोरियाको निर्यात मार्च महिनाका पहिलो २० दिनमा गत वर्षको सोही अवधिसँग तुलना गर्दा ५० प्रतिशतले वृद्धि भएको छ । यो वृद्धि मुख्य रूपमा सेमिकन...
चैत्र ९ गते, २०८२ - १३:२८
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री अनिल कुमार सिन्हा ले मौसमविद्हरूलाई वर्तमान सरकारको सफलतामा महत्वपूर्ण योगदान दिने “पर्दा पछाडिका हिरो” क...
चैत्र ९ गते, २०८२ - १२:३१
राजविराज। सप्तरीका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको नेतृत्वमा जिल्लाका विभिन्न स्थानमा अनुगमन तथा निरीक्षण गरिएको छ। अनुगमनका क्रममा अधुरा सडक...
चैत्र ९ गते, २०८२ - १२:१०
सप्तरी। बेपत्ता पारिएको बालिकाको अवस्था सार्वजनिक गर्न स्थानीय बासिन्दा आन्दोलित भएका छन्। बालिकाको खोजी गरेर तत्काल जानकारी सार्वजनिक गर्न माग गर्दै,...
चैत्र ९ गते, २०८२ - ११:५९
चितवन। चालु आर्थिक वर्षमा १७ वटा गैंडा मरेका छन् । तीमध्ये एउटा विद्युतीय करेन्ट लागेर मरेको हो भने बाँकी प्राकृतिक कारणले मरेका हुन् । यस आर्थिक वर्ष...
चैत्र ९ गते, २०८२ - ११:३०
सुलीकोट। गत भदौ २३ र २४ गते काठमाडौँमा भएको जेनजी आन्दोलन क्रममा निधन भएका गोरखाका तीन शहिद परिवारलाई राहत रकम हस्तान्त्रण गरिएको छ। विदेशमा रोजगारीमा...
चैत्र ९ गते, २०८२ - ११:१५
काठमाडौं । सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन पनि १२ हजार ५ सय रुपैयाँले गिरावट आएको थियो । नेपाल सुनचाँदी व्यवसाय...


प्रतिकृया लेख्नुहोस्: