काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले युवालाई सूचना प्रविधिका क्षेत्रमा आकर्षित गराउन आग्रह गरेका छन् ।
उनले बेथानचोक गाउँपालिका–२ गेल्दुङ्स्थित पार्वती बहुमुखी क्याम्पसको प्रथम भेलालाई आज सम्बोधन गर्दै बदलिँदो परिस्थितिमा सूचना प्रविधिको भविष्य रहेकाले युवालाई यसप्रति आकर्षित गराउनुपर्ने आवश्यकता औँल्याएको हो ।
“सूचना र प्रविधिको क्षेत्रमा मुलुकको भविष्य छ, यस क्षेत्रमा युवालाई आकर्षित गराउन सके बरोजगारीसमेत अन्त्य हुने देखिएको छ”, सरकारका प्रवक्तासमेत रहका कार्कीले भने । उनले परिवारको गरिबीपन हटाउन सपना देख्ने युवामा परिस्थितिले साथ नदिँदा भने ‘डर्टी, डिफिकल्ट र डेन्जर’मा जानसक्ने अवस्थालाई निराकरण गर्नुपर्ने देखिएको बताए।
मन्त्री कार्कीले गुणस्तरीय शिक्षा प्राप्त गरेका युवाले प्रविधिसँग खेलेर मासिक रु डेढ लाखसम्म आर्जन गरिरहेको उल्लेख गर्दै त्यसैले आफूले युवालाई सूचना प्रविधिका क्षेत्रमा आकर्षित गराउन आग्रह गरेको दोहो¥याए । उनले भने, “आजकाल हरेका जिल्ला तथा सहरमा एउटा ल्यापटप बोकेर युवाले रु डेढ दुई लाखसम्म कमाउँछन्, अब युवालाई हरेक क्षेत्रले प्रविधिमैत्री बनाएर त्यतातिर ध्यानाकर्षण गराउनुपर्छ ।”
उनले उच्च शिक्षालयबाट प्राप्त हुने प्रमाणपत्र केवल कालान्तरको ‘खोष्टो’ मात्रै हुने नबनाइ व्यक्ति, परिवार र समाजका निम्ति उपयोगी हुनसक्ने शिक्षा प्रदान गर्नुपर्ने बताए । उनले नेपालको सबैभन्दा ठूलो समस्या शिक्षित बेरोजगारी भएकाले उक्त जनशक्तिलाई रोजगारीमा परिणत नगरेसम्म विकास हुन नसक्ने जिकिर गरे । “प्रमुख चुनौती बनेको बेरोजगारी अन्त्य गर्न ग्लोबल भिलेजमा परिणत संसारमा शिक्षालाई अघि बढ्नुपर्छ भन्ने मेरो दृष्टिकोण हो”, उनले भने ।
मन्त्री कार्कीले विकासको आधार शिक्षा नै भएकाले सभ्यता सिकाउने शिक्षाले समाजभित्रको अन्धकारलाई दूर गराउने बताए । उेले जलस्रोत, पर्यटन र कृषिका समस्याको निराकरण गरी अवसरमा रुपान्तरण गर्नसके अबको दश वर्षमा नेपाल दक्षिण एशियामा धनी देश बन्नसक्ने धारणा व्यक्त गरे।
कार्यक्रममा गाउँपालिका अध्यक्ष भगवान अधिकारीले शैक्षिक गुणस्तर कायम गर्ने तथा गाउँपालिकालाई धार्मिक पर्यटनसँगै कृषि तथा पशुपालनका माध्यमबाट समृद्ध बनाउने योजना अघि सारिएको बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ४ गते, २०८१ - १६:५७
रौतहट । रौतहटको स्थानीय राजपुर नगरपालिका क्षेत्र अन्तर्गत झाडा पखालाको प्रकोप फैलिएको छ भने केहीमा हैजाको जस्तो संकेत देखिएको छ । राजपुर ३ र ४ मा झ...
आश्विन ४ गते, २०८१ - १६:४७
टेक्सस। अमेरिकास्थित नेपाली राजदूतावासले ‘नेपाल डे’ कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएको छ । वासिङ्गटन डिसीस्थित नेपाली राजदूतावासको सभाकक्षम...
आश्विन ४ गते, २०८१ - १६:३३
तम्घास । एक हप्तामा जिल्ला प्रशासन कार्यालय गुल्मीबाट नागरिकता बनाउनेभन्दा राहदानी बनाउने बढी छन्। ८५ जनाले एक हप्ताको अवधिमा नयाँ नागरिकता बनाउँदा...
आश्विन ४ गते, २०८१ - १६:२०
एसियाली विकास बैंकबाट प्राप्त हुने २२ अर्ब ८९ करोड बराबरको ऋण स्वीकार
आश्विन ४ गते, २०८१ - १६:१४
काठमाडौँ । सहकारी ठगिको आरोपमा हिरासतमा रहेका कुमार रम्तेलले रवि लामिछाने सहकारीको ऋणी भएको बयान दिएका छन् । संसदीय छानबिन समितिमा रम्तेलले दिएको बयान...
आश्विन ४ गते, २०८१ - १६:०८
धनगढी। सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चित समयका लागि स्थगित भएको छ । शुक्रबार दिउँसो २ बजे प्रदेश सभा बैठक बोलाइएको थियो । उक्त बैठक कारणवश अ...
आश्विन ४ गते, २०८१ - १६:००
काठमाडौँ । भारतविरुद्धको पहिलो टेस्टमा बंगलादेश १४९ रनमा अल आउट भएको छ । टेस्टको दोस्रो दिन बंगलादेश केवल ४७.१ ओभर मात्र खेलेर १४९ रन बनाउदै अलआउट भएक...
आश्विन ४ गते, २०८१ - १५:४२
काठमाडौँ । इजरायलले आफ्नो लडाकु विमानले हिजबुल्लाहका १०० भन्दा बढी रकेट लन्चरलाई निशाना बनाएको जनाएको छ । इजरायली रक्षा बल (आईडीएफ) का अनुसार यी लन्चर...
आश्विन ४ गते, २०८१ - १५:३२
गाजा । गाजा पट्टीका विभिन्न स्थानहरूमा बिहीबार राती इजरायले गरेको हवाई आक्रमणमा परी कैयौँ प्यालेस्टिनीहरू मारिनुका साथै केही घाइते भएका छन् । इजराय...
आश्विन ४ गते, २०८१ - १५:२५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त र...
प्रतिकृया लेख्नुहोस्: