Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

कर्णालीमा तटबन्ध भत्किँदा बस्ती जोखिममा

'डरले सताउन थालेको छ, नदी बस्तीमा पसे गाउँ नै सखाप हुन्छ'

खबरडबली संवाददाता

टीकापुर । हरेक वर्ष कर्णाली नदीले धार परिवर्तन गर्दा यहाँका तटीय क्षेत्रका नागरिकलाई समस्या हुन थालेको छ । नदीले बर्सेनि नदीको धार परिवर्तन गर्दै आएको छ । जसले नदी नियन्त्रणका लागि रानी जमरा कुलरिया सिँचाइ आयोजनाले निर्माण गरेका वा निर्माणाधीन अवस्थामा रहेका तटबन्ध नै भत्काउन थालेको छ । 

नदीको वहावले तटबन्ध नै भत्काउन थालेपछि टीकापुर नगरपालिकाको तटीय क्षेत्रका नागरिक मनसुन अवधिभर त्रासमा बाँच्ने गरेका छन् । तीन दिनदेखि मनसुन सक्रिय भएको छ । नदीले कटानसमेत तीव्र पारेपछि यहाँका नागरिक रातिको समयमा राम्ररी निदाउन नसकेको बताउँछन् । 

टीकापुर–५ का सुन्दर थारुले टीकापुर पार्कको उत्तरतर्फ कर्णाली नदी कटान भइरहेकाले त्रास बढेको बताए। 

टीकापुर नगरपालिका–५ स्थित टीकापुर पार्कको पूर्वीउत्तरतर्फ भैरवनाथ मन्दिरको नजिकै कर्णाली नदीले कटान तीव्र बनाएको छ । त्यहाँ नदी नियन्त्रणका लागि बनाएका स्पर तथा तटबन्धलाई भत्काउन थालेको छ । कर्णालीले तटबन्ध र स्पर भत्काउन थालेपछि यहाँका नागरिकमा त्रास बढेको टीकापुर–५ बङ्गलापुरका चुनकानु थारुले बताए। 

“यहाँ गत वर्षदेखि नै कटान सुरु भएको हो । यस वर्ष पनि कटान भइरहेको छ । अहिलेसम्म १५ फिट कटान भइसकेको छ”, उनले भने, “नदीले कटान सुरु गरेपछि आफ्नो गाउँसम्म पनि असर गर्ने भएकाले त्रासमा बस्न बाध्य भएका नुक्लीपुरका बबिता घर्तीमगरले बताए। 

“दैनिक वर्षा भइरहेको छ । नदीमा पानी बढ्यो या ठूलो वर्षा भइरहेको अवस्थामा हामीलाई त निद्रा लाग्दैन, नदी कटानको त्रासले भोक निन्द्रा हराएको छ”, उनले भने, “कतिबेला आफ्नो घरसम्म बाढी आउँछ भन्ने डरले सताउन थालेको छ । नदी बस्तीमा पसे गाउँ नै सखाप हुन्छ ।”

कर्मीडाँडाका सिंहराज बुढामगर पनि मनसुनको समयमा बढी वर्षा हुने बित्तिकै निकै चिन्ता लाग्ने गरेको बताउँछन्। 

“यहाँ पटकपटक कर्णाली नदीको बाढी पसेर क्षति पुगाएको छ”, उनले भने, “नदीमा पानीको बहाव बढ्न थालेपछि गाउँका बासिन्दा पटकपटक नदी किनारमा हेर्न जाने गरेर दिन बित्छ । नदीमा पानीको वहाव घटे मन  शान्त हुन्छ । बाढी आउने डरले जहिले सताउँछ ।”

नुक्लीपुरका दुजबहादुर दर्लामीमगर भने कटानको  जोखिम रहेका ठाउँमा बृहत र समयमै तटबन्ध बनाएको भए बस्ती सुरक्षित हुने बताउँछन्। 

“नदीको पानी बस्तीमा पसेपछि नुक्लीपुर र टीकापुर पार्कको त भविश्य नै रहने देखिँदैन”, दर्लामीमगर भन्छन्, “नदी नियन्त्रणका लागि रानी जमरा कुलरिया सिँचाइ आयोजनाले पानीलाई छेक्न ठूला ठूला स्परसहितको तटबन्ध गरेको छ तर त्यहाँ पनि कटान सुरु भएकाले तटबन्धको स्वरुप परिवर्तन आवश्यक छ । अब तार जाली, ढुङ्गा राखेर गरिने तटबन्धले नदी नियन्त्रण गर्न सकिँदैन ।”

यहाँ नदी कटान भएर बस्ती पसेमा टीकापुरको नुक्लीपुर, बङ्गलापुर, शाहीपुर, सिम्रेनी, टीकापुर पार्कलगायत दक्षिणतर्फका वडा नम्बर ६, ७, ८ र ९ लाई असर पार्ने देखिन्छ । यहाँका नागरिकलाई बर्खामा नदी कतिबेला बस्तीमा पस्ने हो भन्ने उनीहरुलाई पीर छ । 

कर्णाली नदीबाट सबैभन्दा बढी जोखिममा टीकापुर–५ को शाहीपुर क्षेत्र रहेको छ । यसका साथै रानी र जमरा कुलाको मुहानमा तटबन्ध नै नबनेका कारण जमरा र रानीकुलाको मुहानमा पानी सतहमाथि भएमा इन्टेकमा जाने जोखिम छ । 

कुलोको पानी इन्टेकमा गएर बस्तीमा पसेमा टीकापुर नगरपालिका र जानकी गाउँपालिका पूरै डुबानमा पर्ने अवस्था छ । टीकापुर–२ को मूलपानी र भुराखानी सामुदायिक वन क्षेत्रमा विग वर्षमा बनेका तटबन्ध ठाउँ–ठाउँमा भत्किएका छन् । 

टीकापुर–७ सत्ती कर्णाली सामुदायिक वन क्षेत्रमा समेत कटान तीव्र भइरहेको छ । वन क्षेत्रमा आठ वर्षदेखि निर्माणको ठेक्का पाएको सिद्धीसाइ कन्स्ट्रक्सनले काम सम्पन्न गर्न नसकेपछि सिँचाइ आयोजनाले ठेकेदारलाई कालोसूचीमा राखेर ठेक्का बदर गरेको छ । बाढीपीडित सङ्घर्ष समितिका संयोजक धनसिंह साउद यस वर्ष नदी कटान ठाउँ ठाउँमा भइरहेकाले थप जोखिम रहेको बताउँछन्। 

“समयमै काम नभएका कारण वन क्षेत्र कटान हुनुका साथै तल्लो क्षेत्रमा डुबानको जोखिम छ”, उनले भने “सामुदायिक वनको पश्चिमतिरको हुलाकी सडक पनि कटानको जोखिममा छ । कर्णालीले टीकापुरको तल्लो क्षेत्रमा ठाउँ–ठाउँमा भङ्गालो बनाएको छ । थप जोखिम छ ।”

रानीजमरा कुलरिया सिँचाइ आयोजनाले अहिले पनि तटबन्धका काम गरिरहेको छ । तटबन्ध गरिरहे पनि नदीले हरेक वर्ष फरकफरक स्थानमा तटबन्ध भत्काउने गरिरहेका कारण समस्या भइरहेको रानी, जमरा कुलरिया सिँचाइ आयोजनाका प्रमुख केदारकुमार श्रेष्ठ बताउँछन्। 

“हामीले लामो सयमदेखि तटबन्धका कार्य गर्दै आएका छौँ, तटबन्ध बनाएको ठाउँमा नदीले धार परिवर्तन गर्दा तटबन्ध नै भत्काउने गरेको छ”, उनले भने, “आयोजनाले दर्जन बढी ठाउँमा नदी नियन्त्रणको काम गरेको छ ।”

टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डङ्गौरा थारुले नदीको त्रासमा आफूहरु पनि रहेको बताउँदै प्रभावित क्षेत्रको अनुगमन गरी नगरपालिका आफैँले गर्न सक्ने ठाउँमा आफैँले काम गर्ने र नसकिने स्थानमा रानी, जमरा कुलरिया सिँचाइ आयोजनासँगको समन्वयमा कटान रोक्न पहल गर्ने योजना बनाएको बताए। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संसद्‌ ब्युँताउने रिट निवेदनमा देउवाको समर्थन छ ?

काठमाडौं । नेपाली कांग्रेसका केही पूर्व सांसदहरूले विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेपछि उक्त दलकै वर...

बयानमा नआउने ओलीको अडान, प्रहरी परिचालन गर्ने आयोगको तयारी

काठमाडौं । २३ र २४ भदौका घटना जाँचबुझ गर्न गठित आयोगले नीतिगत निर्णय गर्ने र निर्देशन दिने तहका अधिकारीहरूको बयान लिन थालेको छ । तर तत्कालीन प्रधानमन्...

एमाले महासचिवमा ६ जना आकांक्षी, कसले मार्ला बाजी ?

काठमाडौं । शनिबारदेखि सुरु हुने नेकपा (एमाले) को एघारौँ महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा तय भइरहेका बेला महासच...

विश्व उड्डयन बजार पुनः सशक्त बन्दै

जेनेभा । अन्तर्राष्ट्रिय हवाई यातायात सङ्गठनका अनुसार विश्वभरका विमान कम्पनीहरूले विभिन्न आर्थिक तथा राजनीतिक चुनौतीका बाबजुद सन् २०२६ मा करिब पाँच अर...

निर्वाचन आउन ८५ दिन बाँकी: आयोगले केही मतदानस्थलको पुनरावलोकन गर्दै

काठमाडौँ । निर्वाचन आयोगले मतदाताको सहजताका लागि देशका विभिन्न मतदानस्थलको पुनरावलोकन गर्ने भएको छ । आयोगले एक सूचनामार्फत सहज रुपमा मतदान गर्ने प्रयो...

पूर्व–पश्चिम राजमार्ग विस्तार गर्न ६ हजार रुख काटिने

महोत्तरी । पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि महोत्तरी जिल्लामा ६ हजार २७ रुख कटान गरिने भएको छ ।  पूर्व–पश्चिम राजमार्ग विस्तारअन्तर्गत कमला–ढल्...

यस्तो रहने छ आजको मौसम

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव  छैन ।  आज दिउँसो कोशी  र गण्डकी प्रदेशका पहाडी ...

एनपीएलः एलिमिनेटरमा काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स भिड्दै

काठमाडौँ । त्रिभुवन  अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटरमा आज अपराह्न ४ः०० बजे काठमाडौँ गोर्खाज र लुम्...

बागलुङमा धान उत्पादनमा बढ्यो

बागलुङ । यसवर्ष बागलुङमा धान उत्पादन बढेको छ । समयमा वर्षा हुँदा उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्षको तुलनामा यसवर्ष ८४ दश...

र्‍यापर स्यामुयलद्वारा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको स्वीकार

काठमाडौँ । चर्चित ब्रिटिस र्‍यापर क्लार्क स्यामुयलले आफूले चलाएको कारको ठक्करबाट एक नेपाली युवकको ज्यान गएको स्वीकार गरेका छन् । बेलायतको महानगरीय ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending