Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

अनेकस वर्ष साहित्य पुरस्कार घोषणा

\"FB_IMG\"काठमाडौं । नेपाली मौलिक कला,संस्कृति तथा साहित्यको विकास, विस्तार एवं  प्रवर्द्धन गर्ने उद्देश्य राखी विगत ३ वर्ष अगाडि स्थापित अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज ‘अनेकस’ ले आफ्नो स्थापना पश्चात विभिन्न राष्ट्रमा विभिन्न कार्यक्रम गर्दै आएको छ । कला साहित्य र संगितको विधागत विकासको लागि सो विधाका अनुरागीहरुलाई समेटेर हरेक विधाको कार्यदल पनि गठन गरेको यस संस्था अन्तर्गतको नेपाली भाषा तथा साहित्यको विकास एवं प्रवर्द्धन गर्न गठित कार्यदलले नेपाली साहित्यमा कलम चलाउने  सर्जकहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले ूअनेकस वर्ष साहित्य पुरस्कार कोष २०७२ स्थापना गरेको छ । यसै वर्षदेखि नै लागु हुने गरि रु २०,००१ नगद र सम्मान पत्र सहितको यो पुरस्कार हरेक वर्ष प्रचलनमा रहेको नेपाली साहित्यको एक विधाको एक उत्कृष्ट कृतिलाई प्रदान गरिने कुरा कोषका सचिव जे. सागरले जानकारी दिएका छन् । कोष ब्यबाथापन समितिले चयन गरेको विधामा सो विधाको अग्रज स्रष्टाहरु सम्मीलित निर्णायक समितिले छ्नोट गरेको कृतिलाई पुरस्कृत गरिने र जस अनुरुप यस वर्ष गजल विधाको कृतिलाई पुरस्कृत गर्ने निर्णय भएको कुरा पुरस्कार कोष ब्यबस्थापन समिति अध्यक्ष भगवती बस्नेतले बताइन् । यस वर्ष प्रदान गरिने पुरस्कारको लागि २०७१ वैशाख १ गतेदेखि २०७२ श्रावण १५ गतेसम्म सार्वजनिक भएका गजल कृति आगामी भाद्र १५ गतेसम्म निशुल्क दर्ता गराउन समितिले सम्पूर्ण सर्जक तथा प्रकाशक समक्ष सुचित गरेको छ । जस अनुसार कृति दर्ताको लागि काठमाडौंमा— बुद्धि विश्वकर्मा रेडियो हिमालय ,मोबाइल ( ९८५१०४१४३५,विराटनगरमा हेम  सहयात्री रेडियो मकालु मोबाइल ९८१९३३२५४९,९८१७३४८५४१,चितवनको लागि लेखराम सापकोटा–सुनगाभा बुक हाउस लायन्स चोक, बालकुमारी कलेज रोड ,नारायणगढ मोबाइल  ९८५५०६५१३८ र बुटवलको लागि समीर शायर भट्टराई सर्म्पक  ९८५७०३६१४४,९८०७५६५७३३, मा सम्पर्क केन्द्र तोकेको छ । आगामी असोज २५÷२६ गते काठमाडौंमा हुन गइरहेको अनेकसको विश्व सम्मेलन तथा तेस्रो इनास फिल्म अवार्डको समारोह पारेर सो पुरस्कार प्रदान गरिने उक्त पुरस्कार कोषको संरक्षकमा अनेकस केन्द्रिय अध्यक्ष पुष्प बरुवाल छन्  ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending