Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

इञ्जिनीयरिङ क्षेत्रलाई अझै उपयोगी बनाउनुपर्छ: मन्त्री कार्की

खबरडबली संवाददाता
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले इञ्जिनीयरिङ क्षेत्रलाई रचनात्मक, व्यावसायिक र अझै उपयोगी बनाउनुपर्ने बताएका छन् । 
 
लोकस, पुल्चोक क्याम्पसद्वारा आज आयोजित आगामी माघमा हुने प्राविधिक प्रदर्शनी मेलाका लागि विषयवस्तु विमोचन कार्यक्रममा मन्त्री कार्कीले समृद्ध नेपाल निर्माणको निमित्त इञ्जिनीयरिङ क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताए । उनले भने, “समाज रुपान्तरण गर्नको निमित्त इञ्जिनीयरिङ क्षेत्रको धेरै ठूलो भूमिका रहन्छ, त्यसतर्फ तपाईहरुको ध्यान केन्द्रित रहन सकोस्, तपाईहरुले चाल्ने कदमले हाम्रो समाजलाई अगाडि बढाउनसक्छ भन्ने विश्वास छ ।” 
 
मन्त्री कार्कीले इञ्जिनीयरिङ क्षेत्रमा आवश्यक पर्दा सरकार सहयोग गर्न सदैव तयार रहने प्रतिबद्धता व्यक्त गरे । इञ्जिनीयरिङ विषय अध्ययरत विद्यार्थीले नेपाली समाज र देशको समस्या एवं आवश्यकतालाई मध्यनजर गरी रचनात्मक नवीनतामार्फत जनजीवनलाई सहज बनाउनुपर्ने उनको भनाइ छ । 
 
मन्त्री कार्कीले इञ्जिनीयरिङ क्षेत्रमा रचनात्मक कार्यलाई कसरी व्यावसायिक बनाई बजारीकरण गर्न सकिन्छ भन्नेतर्फ पनि सबैको ध्यान जानुपर्नेमा जोड दिए । 
 
लोकस, प्राविधिक महोत्सव इलेक्ट्रिकल इञ्जिनीयरिङ विभाग र इलेक्ट्रोनिक्स तथा कम्प्युटर इञ्जिनीयरिङ विभाग, आइओइ, पुल्चोक क्याम्पसका स्नातक विद्यार्थीको नेतृत्वमा रहेको शैक्षिक संस्था हो । 
 
प्रधानमन्त्री शेरबहादुर देउवाका सूचना, प्रविधि तथा सञ्चार विज्ञ ई दिपेश विष्टले सरकारले अघि सारेको डिजिटल नेपाल फ्रेमवर्कको योजना पूरा गर्न इञ्जिनीयरिङ क्षेत्रको महत्वपूर्ण योगदान हुने विश्वास व्यक्त गरे  । 
लोकस विद्यार्थीका लागि नेपालको सबैभन्दा विज्ञान तथा प्राविधिक महोत्सव बनेको अध्यक्ष टपेन्द्र पाण्डेयले जानकारी दिए । सन् २००३ मा स्थापित लोकसको सुरुआत भएदेखि नै नेपालभरका स्कुलदेखि कलेज र विश्वविद्यालयका युवा र उत्साही विद्यार्थी वर्गका लागि प्रविधिका क्षेत्रमा आफ्नो असाधारण सीप प्रदर्शन गर्नका लागि खुला मञ्च भएको उनको भनाइ छ । यसले वार्षिकरुपमा एक राष्ट्रिय प्राविधिक महोत्सव गर्दै आएको छ । 
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending