Ntc summer Offer
Khabar Dabali १६ आश्विन २०८० मंगलवार | 3rd October, 2023 Tue

आदिवासी समुदायको हकहितका लागि सरकार क्रियाशील छ :प्रधानमन्त्री देउवा

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार संविधानले सुुनिश्चित गरेका आदिवासीको हकहित र सुविधाका विषयमा क्रियाशील रहँदै आएको बताएका छन्।

विश्व आदिवासी दिवसका अवसरमा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घले आज यहाँ आयोजना गरेको ‘विश्व आदिवासी दिवस विशेष भेला’ को उद्घाटन गर्दै उनले आदिवासी जनजातिका हितका लागि सरकारले विभिन्न महत्वपूर्ण काम गर्दै आएको उल्लेख गरे। 

प्रधानमन्त्री देउवाले भने, “वर्तमान सरकार संविधानमा उल्लेख गरिएका आदिवासीको हकहित र सुविधाका विषयमा क्रियाशील रहँदै आएको छ । संविधानले आदिवासी जनजाति समुदायको विकास र समृद्धिका लागि छुट्टै आयोगको व्यवस्थासमेत गरेको छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान स्थापना गरी उनीहरूको उत्थान विकास गर्दै जातीय पहिचान र भाषा संस्कृतिको संरक्षणमा पनि काम गर्दै आएको छ ।”

प्रधानमन्त्री देउवाले आदिवासी जनजातिको पहिचान गरी राज्यको मूलधारमा ल्याएर उनीहरूलाई कुनै पनि किसिमको अवसरबाट बञ्चित हुन नदिन सबै मिलेर काम गर्नुपर्ने जरुरी औँल्याए। उनले राज्यका सबै तह र तप्कामा समावेशीकरणको नीतिलाई प्रभावकारी बनाउँदै राष्ट्रको विकास र समृद्धिमा उनीहरूको योगदानको उच्च कदर गर्न आवश्यक रहेको बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सापू रोगबाट बच्न चिकित्सकको आग्रह

नारायणगढ । पछिल्लो केही दिनयता चितवन तथा यस आसपासका क्षेत्रमा सेतो पुतलीबाट सर्ने ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ ९सापू० रोगका बिरामी देखा पर्न थाल...

केएफडब्लूको सहयोगमा थानकोटमा प्रसूति विशेषज्ञ सेवा अस्पताल बन्ने

काठमाडौँ । जर्मन सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा चन्द्रागिरि नगरपालिकामा प्रसूति विशेषज्ञ सेवा अस्पताल निर्माण हुने भएको छ । यसका लागि जर्मन विका...

अनमोल केसीलाई म्याद थपका लागि अदालत लगियो

काठमाडौँ । अभिनेता अनमोल केसीलाई म्याद थपका लागी प्रहरीले सरकारी वकिलको कार्यालयमा उपस्थित गराएको छ । म्याद थपका लागी केसीलाई जिल्ला अदालत काठमाडौँमा ...

चाडबाड केन्द्रित बजार अनुगमन तीव्र

काठमाडौँ । सरकारले चाडबाड नजिकिएसँगै देशैभर बजार अनुगमनलाई तीव्रताका साथ अघि बढाएको छ । उपभोक्ताको हकअधिकार संरक्षण, स्वच्छ बजार प्रवर्द्धन तथा अवा...

दोलखाको लामबगरबाट फेरि ४ किलो सुन बरामद

काठमाडौं । दोलखाको बिगु गाउँपालिका–१, लामबगरबाट प्रहरीले ४ किलो सुन बरामद गरेको छ । प्रहरीले केही दिनअघि दोलखाबाट ७ किलो बरामद गरेको सुनको अनुसन्धा...

राजविराज–हनुमाननगर सडक जीर्ण, आवागमनमा समस्या

सप्तरी । पाँच वर्षदेखि राजविराज–हनुमाननगर सडक खण्ड जीर्ण हुँदा स्थानीयले सास्ती भोग्दै आएका छन् । पाँच वर्षसम्म पनि जीर्ण सडक मर्मत नहुँदा आवागमनमा सम...

फ्रान्स निर्यात हुन थाल्यो इलाममा उत्पादित जडीबुटी

इलाम । इलाम माईजोगमाई गाउँपालिकाका नित्यराज दाहालले ‘ओसोनिक हर्बल तथा ओसोनिक जडीबुटी प्रशोधन केन्द्र’ बाट उत्पादित जडीबुटी विदेश निर्यात हुन थालेको छ ...

पशुपति जलहरी प्रकरण: सदस्य सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिको जलहरी प्रकरणमा तीन जना विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन...

प्रधानमन्त्री प्रचण्ड र चीनका राष्ट्रपतिको भेटपछि नेपाल-चीन सम्बन्धका सबै संशयहरू निवारण: माओवादी

काठमाडौ । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपतिबीचको भेटवार्तापछि नेपाल-चीन सम्बन्धका सबै संशयहरू निवारण भ...

साउनयता तीन सय ४७ फर्मलाई कारबाही, ९८ प्रतिशत व्यावसायिक फार्ममा कुनै न कुनै किसिमको समस्या

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गर्ने बजार अनुगमनका क्रममा करिब ९८ प्रतिशत व्यावसायिक फार्ममा कुनै न कुनै किसिमको कैफियत तथा ...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Alphabet Education Consultancy Pioneer Software Technologies Salt Trending