Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

मुख्यमन्त्री पोखरेल भन्छन्– सङ्घीयताको पहिचान नै प्रदेश संरचना हाे

खबरडबली संवाददाता

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सङ्घीयताको पहिचान नै प्रदेश संरचना भएको बताएका छन्  । गण्डकी प्रदेश नीति तथा योजना आयोगद्वारा आज पोखरामा आयोजित प्रदेश विकास समस्या समाधान समितिको बैठक एवं गत आवको वार्षिक प्रगति समीक्षा बैठकमा उनले  प्रदेश स्थापनाको पाँच वर्षे अवधिमा उल्लेखनीय काम भएको बताए  ।

आम नागरिकको चासो र चिन्ताका विषयमा सरकारले निकै सजगताका साथ काम गर्ने र सरकारको जिम्मेवारीमा कुनै कमी आउन नदिने उनले  बताए ।  प्रदेशमा सडक सञ्जालदेखि खानेपानी, विद्युतीकरण लगायतका क्षेत्रमासमेत गण्डकी प्रदेश सरकारले उल्लेखनीय काम गरेको बताउँदै उनले भने, “शून्यबाट सुरु भएको प्रदेश सरकारले पाँच वर्ष बित्नै लाग्दा ५० भन्दा बढी कानुन निर्माण, त्यसै अनुसारका नियमावली, कार्यविधि बनाएर अगाडि बढेको छ ।” जनअपेक्षा पूरा गर्ने गरी सेवाप्रवाह र विकासको काममा अझै द्रुतता दिन नसकिएको स्वीकार्दै उनले गत वर्षको अनुभवबाट पाठ सिकेर चालु आर्थिक वर्षमा विशेष सफलता हासिल गर्न लागिने धारणा राखे  ।

प्रदेशले लिएको उच्च आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न थप मेहनत गर्नुपर्ने बताउँदै उनले भने, “गत आवमा विकास निर्माणका काममा के कस्ता प्रगति भए ? वार्षिक बजेट तथा कार्यक्रमको कार्यन्वयन के कति प्रभावकारी भयो ? हामीले सम्पादन गरेका कामबाट प्रदेशको आर्थिक र सामाजिक विकासमा कति सुधार भयो ? त्यसको लेखा जोखाका अतिरिक्त कमिकमजोरी पहिचान गरी त्यसलाई चालु आर्थिक वर्षमा दोहोरिन नदिन आवश्यक तयारी गर्न समेत यो समीक्षा उपयोगी हुनेछ ।”

विकास निरन्तरको प्रक्रिया भएकाले यसमा आउने अवरोध छिचोल्दै जनचाहना बमोजिमका काम गर्नु सरकारको जिम्मेवारी भएको उनले बताए  । 

गतवर्ष आफ्नो नेतृत्वमा गठबन्धन सरकार निर्माण भएदेखि बाढीपहिरोले निकै समस्या सिर्जना गर्नुका साथै कोभिड—१९ को प्रभाव भए पनि जोखिमको सामना गर्दै प्रदेश सरकारले सङ्घ र स्थानीय तहसँगको सहकार्यमा महत्वपूर्ण काम सम्पादन गर्दै आएको उनको भनाइ छ । बैठकमा गतवर्षका कामको प्रगति समीक्षाका अतिरिक्त विकासमा झेल्नु परेका समस्या समेत पहिचान गरी त्यसको समाधानको उपाय पहिल्याइने बताउँदै उनले  प्रदेशबाट समाधान गर्न सक्ने विषय हामीले समाधान गर्ने र नसक्ने विषय प्रधानमन्त्रीको अध्यक्षतामा हुने राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा पेश गरिने जानकारी दिए  ।

मुख्यमन्त्री पोखरेलले गत आवमा प्रदेशको पुँजीगतखर्च ७८.०५ प्रतिशत रहे पनि यसलाई वृद्धि गर्ने पर्याप्त आधार रहेको बताए  । प्रदेशले बनाएको आवधिक योजनामा आर्थिक वृद्धिदर करिब ६.१७ प्रतिशत पुग्ने अपेक्षा गरिएको बताउँदै मुख्यमन्त्रीले राजस्व परिचालनको क्षेत्रमा पनि प्रदेशको अवस्था सन्तोषजनक नै रहेको बताए  । शिक्षा, स्वास्थ्य, सरसफाइ र समग्र मानव विकासको क्षेत्रमा प्रदेशका उपलब्धि राष्ट्रिय औसत भन्दामाथि रहेको उनको दाबी छ ।

निकट भविष्यको आमनिर्वाचनलाई ध्यानमा राखेर प्रदेश सरकारले निर्धारित कार्यक्रम समयमा नै सुरु गर्ने वातावरण निर्माण गर्नुपर्ने अवस्था रहेको उनले बताए  । त्यस्तै सङ्घीयता कार्यान्वयन र अधिकार प्राप्तिका लागि स्थानीय तह र प्रदेशले एक साथ आवाज उठाउन जरुरी रहेको बताउँदै उनले  “प्रदेशसँग स्थानीय तहका र स्थानीय तहसँगप्रदेश तहका समस्या छन् भने यस्तै फोरमको प्रयोग गरेर समाधानका उपाय खोज्न सकिन्छ । आखिर हाम्रो साझा लक्ष्य भनेकै समृद्ध नेपाल सुखी नेपाली नै त हो” भने । 

बैठकमा नीति तथा योजना आयोगका उपाध्यक्ष डा रघुराज काफ्लेले प्रदेशका मुख्य सूचक बारेमा प्रस्तुति राखे  । बैठकमा प्रदेशका सबै मन्त्रालयलले आफू र आफू मातहतका निकायले गत आर्थिक वर्षमा सम्पादन गरेका कामको अवस्था, मुख्य उपलब्धि, भोग्नुपरेका समस्या र उक्त समस्या समाधान गर्नका लागि सम्पादन गर्नुपर्ने कार्यको विवरण पेस गरेका छन् । साथै, पालिका र जिल्लाका समन्वय समितिले आफ्ना उपलब्धि, अनुभव र अप्ठ्यारा प्रस्तुत गरेका छन् । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending