काठमाडौँ । यतिबेला (शुक्रबार बिहान) काठमाडौंसहित देशका पहाडी भेगमा मौसम आंशिकदेखि सामान्य बदली छ भने तराईमा मौसम सामान्यतया सफा रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखका मौसमविद् वरुण पौडेलका अनुसार तराईका कतिपय स्थानमा घाम पनि लागेको छ। पहाडी भेगमा भने आकाशमा बादल लागेको उनले जानकारी दिए।
‘अहिले कतै पानी परेको चाहिँ छैन’, मौसमविद् पौडेलले भने।
मौसम महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो मौसम देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
बुलेटिनअनुसार देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ। देशको पहाडी भूभागको थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ।
जसमा भनिएको छ : देशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले उक्त भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम छ। साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन/यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन १२ गते, २०८० - ०९:३७
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को कार्यवाहक अध्यक्षको जिम्मेवारी केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठले पाएका छन्। पार्टी अ...
आश्विन १२ गते, २०८० - ०९:३३
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–४ महभिरको बस्ती पहिरोको जोखिममा परेको छ । बस्तीमाथिको पाखोबाट खसेको पहिरोले दुई वटा घर भत्किनुका साथै खानेपान...
आश्विन १२ गते, २०८० - ०८:५७
काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश अध्यक्षमा कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलबीच प्रतिस्पर्धा हुने भएको छ। अन्यले उम्मेदवारी फिर्ता लिएपछि दाहाल र...
आश्विन १२ गते, २०८० - ०८:२३
पोखरा । पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मंसिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने भ...
आश्विन १२ गते, २०८० - ०८:०१
भादगाउँ । भाद्र शुल्क पूर्णिमाको अवसरमा भक्तपुरको धार्मिक तीर्थस्थल इन्द्रदह (सिद्धपोखरी) बिहानैदेखि दर्शनार्थीको भिड लागेको छ । हरेक वर्ष इन्द्रजात्र...
आश्विन १२ गते, २०८० - ०७:५४
काठमाडौं । कानुन र विधिसँगसगै विकास निर्माणसम्बन्धी दोहोरो जिम्मेवारीले सांसद हैरानीमा परेको गुनासो गर्छन् कांग्रेस सांसद सुशीला थिङ । ‘विकासमा केन्द्...
आश्विन १२ गते, २०८० - ०७:४१
हाङझाउ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत बिहीबारसम्म ६ सय १० पदकको छिनोफानो भएको छ । बिहीबारसम्मको खेल प्रदर्शनका आधारमा चीन ९१ स्वर्ण, ५२ रजत र २६...
आश्विन १२ गते, २०८० - ०७:३०
तनहुँ । आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गई बिरामीलाई भर्ना गरी उपचार गरेको अभियोगमा तनहुँको दमौलीस्थित दुई मेडिकल हलका सञ्चालक पक्राउ परेका छन्। ...
आश्विन १२ गते, २०८० - ०७:१४
काठमाडौं । जनमत पार्टीले आगामी दिनमा कुनै पनि पार्टीसँग गठबन्धन नगर्ने नीति लिएको छ । सङ्घीय सरकार र प्रदेश सरकारमा सहभागी सो पार्टीले तत्काल कुनै पनि...
आश्विन १२ गते, २०८० - ०७:०१
काठमाडौं । तीन वर्षअघि गृह मन्त्रालयले बनाएको विशिष्ट व्यक्ति सुरक्षासम्बन्धी कार्यविधिअनुसार अहिले मुलुकमा दुई हजारभन्दा बढी विशिष्ट व्यक्ति (भिआइपी)...
प्रतिकृया लेख्नुहोस्: