Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

विद्यालय शिक्षाबाट बञ्चित दशौँ हजार अफगान बालिकाको भविष्य अनिश्चित

खबरडबली संवाददाता

काबुल । अफगानिस्तानको शासन व्यवस्था तालिबानले सम्हालेको एक वर्ष भयो । एक वर्षदेखि देशका अधिकांश किशोर–किशोरीले कक्षाकोठामा पाइला राख्न पाएका छैनन् । 

महिलाप्रतिको तालिबानको कठोर निर्णयले विशेषगरी किशोरीहरू विद्यालय शिक्षाबाट बञ्चित भएका छन् । सत्तारूढ तालिबानले उनीहरूलाई विद्यालयमा फर्कन अनुमति दिने कुनै सङ्केत नदेखाएकाले केही समाजसेवीले किशोरी पुस्ताको शिक्षालाई निरन्तरता दिने उपाय खोजिरहेका छन् ।

काबुलको एउटा घरमा सोदाबा नाजहन्दले भूमिकगतरूपमा स्थापना गरेको अनौपचारिक विद्यालयमा पढ्न दर्जनौँ केटी भेला भएका छन् । सोदाबा र उनकी बहिनी माध्यमिक विद्यालयका ती केटीलाई अङ्ग्रेजी, विज्ञान र गणित पढाउँछिन् ।

महिलाहरूको शिक्षा र काम गर्न पाउने अधिकार खोस्ने तालिबानलाई गतिलो जवाफ दिन  सोदाबाले केटीहरूलाई पढाएर त्यो कठोर निर्णयविरुद्ध आफू खडा भएको बताइन् । छ कक्षासम्मका किशोरीलाई विद्यालय जानबाट तालिबानले प्रतिबन्ध लगाएपछि भूमिगतरूपमा उनले अनौपचारिक विद्यालय सञ्चालन गरेकी हुन् । 

तालिबानले महिलाहरूलाई विश्वविद्यालय जान अनुमति दिए पनि उच्च माध्यमिक विद्यालयबाट उत्तीर्ण भएका किशोरी नहुँदा त्यो अनुमति अप्रासङ्गिक भएको उनको ठम्म्याइ छ । विश्वविद्यालय र माध्यमिक विद्यालयबीचको विशाल रिक्ततालाई सम्बोधन गर्ने कुनै उपाय नहुँदा उनी ज्यादै दुःखी र चिन्तित छन् । 

सहायता निकाय सेभ द चिल्ड्रेनले शिक्षामा लगाइएको प्रतिबन्धको प्रभाव मूल्याङ्कन गर्न देशका सात प्रान्तमा नौ देखि १७ वर्ष उमेर समूहका करिब एक हजार सात सय  केटाकेटीसँग अन्तर्वार्ता लिएको थियो । सेभ द चिल्ड्रेनले दुई महिना लगाएर गरेको सर्वेक्षणमा किशोरहरूको तुलनामा धेरै किशोरीहरू विद्यालय जान नपाएको देखाइएको छ । 

गत बुधबार सार्वजनिक गरिएको सर्वेक्षणअनुसार २० प्रतिशत किशोरहरूको तुलनामा ४५ प्रतिशतभन्दा बढी किशोरीहरू विद्यालय नगएको पाइएको छ । सोह्र प्रतिशत केटाहरूको तुलनामा २६ प्रतिशत केटीहरूमा ‘डिप्रेसन’का लक्षण देखिएको छ । 

पहिलेदेखि नै चरम गरिबीको दुष्चक्रमा फसेका अफगानिस्तानका जनता अतिवादी समूह तालिबानले सत्ता कब्जा गरेपछि विश्व समुदायबाट पाउने वित्तीय सहायताबाट पनि बञ्चित भए । कमजोर आर्थिक अवस्था भएका लाखौँलाई भोकभोकै बस्न बाध्य बनायो । 

शिक्षक, अभिभावक र विज्ञहरू सबैले देशको बिग्रँदो अर्थतन्त्रप्रति गहिरो चिन्ता व्यक्त गर्दै आफ्ना छोरीहरूको पढाइ रोकिएकामा रोष प्रकट गरेका छन् । तालिबानको अव्यावहारिक निर्णयले अन्ततोगत्वा छोरीहरूको भविष्य अन्धकारतर्फ धकेलेको छ । महिलामाथि काममा लगाइएको प्रतिबन्ध, पोशाकको नियमले छोरीचेली नराम्ररी प्रताडित भएका छन् । आँखाबाहेक शरीर पूरै ढाक्ुनपर्ने आदेश पालना गर्न विवश छन् उनीहरू । यद्यपि त्यो आदेशको पनि कहिलेकाहीँ उल्लङ्घन भएको छ । 

अन्तर्राष्ट्रिय समुदायले तालिबानसँग सबै उमेर समूहका नारीका लागि विद्यालय खोल्न माग गरिरहेको छ ।  संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घले तालिबानमार्फत वित्तीय सहायता उपलब्ध नगराई अफगानिस्तानका शिक्षकहरूलाई सोझै तलब दिने योजना बनाएका छन् ।

कतिपयले किशोरीहरूलाई विद्यालय फर्काउने चाहेका छन् भने केहीले त्यसप्रति आपत्ति जनाएका छन् । धर्मका नाममा उनीहरूलाई आधारभूत अधिकारबाट बञ्चित गर्न नहुने मत तालिबानभित्रैबाट व्यक्त भएको छ । विश्व समुदायसँगको सम्बन्ध सुधारका निम्ति पनि महिलामाथिको अमानवीय प्रतिबन्ध हटाउनुपर्ने पक्षमा आवाज उठिरहेको छ । 

सन् १९९० को दशकमा अफगानिस्तानमा पहिलोपटक शासन गर्दा तालिबानले महिलाहरूमाथि धेरै कडा प्रतिबन्धहरू लगाएको थियो । त्यतिबेला किशोरीहरू विद्यालय जान पाएनन् भने घरबाट बाहिर निस्कँदा अनिवार्यरूपमा बुर्का लगाउनुपर्ने उर्दी पालना गर्न विवश भए । 

तालिबान सत्ताबाट हटेको २० वर्षपछिको अवधिमा सहरी क्षेत्रका महिलाहरूको एउटा पूरै पुस्ता विद्यालय र काममा फर्कियो । देशमा क्रमिकरूपमा भएका परिवर्तनलाई स्वीकार गर्दै तालिबानले पनि आफ्ना नागरिकमाथि विगतको जस्तो व्यवहार नगर्ने आश्वासन दियो । गत वर्ष फेरि सत्ता आफ्नो नियन्त्रणमा लिएपछि उसले त्यो आश्वासन दोहो¥यायो तर त्यसलाई कार्यान्वयन भने गरेन । 

केही सरकारी अधिकारीहरूले किशोरीहरूलाई विद्यालय फर्कन दिने सार्वजनिक अभिव्यक्ति पनि दिएका छन् । उनीहरूले त्यो इस्लामिक ढाँचा सुनिश्चित गर्ने गरी हुने पनि बताएका छन् । सरकारी अधिकारीहरूको उक्त भनाइ अझै कार्यान्वयन भएको छैन । 

सोह्र वर्षीया शेकिबा कादेरीले विद्यालय जान नपाएपछि घरमै पढाइलाई निरन्तरता दिइरहेकी छन् । उनी पाठ्यपुस्तक, उपन्यास र इतिहासका पुस्तक पढिरहेकी छन् भने चलचित्र र युट्युब भिडियोमार्फत अङ्ग्रेजी सिकिरहेकी छन् । शेकिबा र उनकी कान्छी बहिनी विद्यालय जाँदैनन् तर उनका दुई भाइ सधैँ स्कुल पुग्छन् । उनकी दिदी एउटा निजी विश्वविद्यालयमा कानुन अध्ययनरत छन् । 

तालिबानले सत्ता कब्जा गरेको एक महिनापछि नाजहन्दले आफ्नो घर नजिको ‘पार्क’मा अनौपचारिक कक्षा सञ्चालन गरिन् जहाँ उनले सडक बालबालिकालाई पढ्न सिकाइन् । लेखपढ गर्न नसक्ने महिलाहरू पनि विस्तारै उनको पार्ककक्षामा आए । उनलाई पार्कमा पढाइरहेको देखेपछि  एक जना परोपकारीले कक्षा सञ्चालनका निम्ति एउटा घर भाडामा लिइदिए आवश्यक फर्निचरको व्यवस्था पनि गरिदिए । नाजहन्दको भूमिगत विद्यालयमा अहिले छैटौँ कक्षाभन्दा माथिका ५० भन्दा धेरै विद्यालयका छात्रासहित दुई सय ५० विद्यार्थी पढिरहेका छन् । 

नाजहन्दको भूमिगत विद्यालय विद्यार्थीहरूको लागि जीवनको महत्वपूर्ण स्थल बनेको छ । उनले शिष्यहरूलाई विद्यालयका पुस्तकका अतिरिक्त आफ्नो अधिकारका निम्ति सङ्घर्ष गर्न पनि सिकाइरहेकी छन् । उनका अनुसार सन् १९९० दशकको उत्तराद्र्धमा सत्तामा आएको  तालिबान र अहिलको तालिबानमा कुनै अन्तर छैन । 

नाजहन्द आफ्नो विद्यालयको भविष्यलाई लिएर पनि चिन्तित छन् । विद्यालय सञ्चालनमा सहयोग गरेका ती दाता अब यो दुनियाँमा छैनन् । उनले छ महिनाको घरभाडासहित अन्य आवश्यक सामग्रीको प्रबन्ध गरिदिएका थिए । नाजहन्दसँग घरभाडा तिर्ने र अन्य आवश्यक वस्तु खरिद गर्ने कुनै उपाय छैन । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending