Ntc summer Offer
Khabar Dabali १३ आश्विन २०८० शनिबार | 30th September, 2023 Sat

बागलुङ नगरपालिद्वारा यी पाँच प्रकारका सेवा गाउँमै

खबरडबली संवाददाता

गलकोट । बागलुङ नगरपालिकाले पहिलोपटक पाँच प्रकारका सेवा लिएर गाउँमा पुगेको छ । योजना सम्झौता, स्वास्थ्य शिविर, अपाङ्गता परिचयपत्र, वित्तीय साक्षरता र माटो परीक्षण सेवा लिएर बागलुङ नगरपालिका गाउँमा पुगेको हो । सम्झौता बागलुङ नगरपालिकाले चालु आर्थिक वर्ष सुरु भएसँगै वडामै पुगेर आम नागरिकलाई सेवा दिने उद्देश्यले वडा तहमै सेवा प्रवाह घुम्ती शिविर सञ्चालन गर्न थालेको छ ।  नगरपालिकाले शनिबार रायडाँडा घुम्ती सेवा शिविर सञ्चालन सुरु गरेको छ । 

आगामी भदौ २४ गतेभित्र नगरभित्रका १० वडामा घुम्ती शिविर सम्पन्न हुनेछ । विषेशगरी सदरमुकामभन्दा बाहिर ग्रामीण क्षेत्रमा रहेका वडाहरूका उपभोक्ता र आम नागरिकको समस्यालाई मध्यनजर गरी आइतबारदेखि घुम्ती शिविरको आयोजना गरिएको नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।

शिविरमा वडामा सञ्चालन हुने योजना सम्झौता गर्ने भएको छ । आम उपभोक्ताको सहजताका लागि नगरपालिकाको कार्यालयबाट विनियोजन भएका नगरस्तरीय योजना र वडाबाट छनोट भएका वडास्तरीय योजनाको सम्झौता सम्बन्धित वडाबाटै गर्न लागिएको उनको  भनाइ छ । नगरपालिकाले विषेशगरी ग्रामीण क्षेत्रमा रहेका वडा नं ५, देखि वडा नं १४ सम्मका आम उपभोक्तालाई लक्षित गरी घुम्ती शिविर सञ्चालन गर्ने जनाएको छ ।

शिविरमा योजना सम्झौतका साथमा स्वास्थ्य सेवा शिविर, माटो परीक्षण, अपाङ्गता परिचयपत्र वितरण अनुशिक्षण तथा सचेतना कार्यक्रम वित्तीय साक्षरता, बालमैत्री नगरपालिका पूर्वाधार कृषक सचेतना तथा प्राविधिक सल्लाहलगायतका कार्यक्रम पनि गाउँमै पुगेर दिन थालिएको नगरप्रमुख श्रेष्ठले जानकारी दिए । 

“भूगोलको हिसाबले नगर क्षेत्रभित्र केही टाढा रहेका वडासमेत छन्, उनीहरु नगरमा योजना सम्झौता तथा अन्य सेवा लिनका लागि असहज भएको हामीले महसुस गरेका थियौँ”, उनले भने, “अब नागरिक नगरपालिकामा होइन, नगरपालिका नागरिककामा पुग्नुपर्छ भन्ने हाम्रो अभियान हो ।”

आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमअनुरुप सबै योजना कार्यान्वयन गर्नका लागि शिविरले ठूलो भूमिका पु¥याउने विश्वास लिएको भन्दै नगर उपप्रमुख राज खड्काले ८० प्रतिशत योजना वडामै सम्झौता गर्ने जनाए । 

आम उपभोक्ताको समस्यालाई मध्यनगर गरी हरेक वडामा सेवा प्रवाह गर्ने उद्देश्यले घुम्ती शिविरमाफर्त योजना सम्झौतालगायतका काम अगाडि बढाइएको छ । शिविरमा सेवा प्रदान गर्नका लागि नेपाली सेनालागायतका विभिन्न कार्यालय र सङ्घसंस्थाले सहयोग गरेका छन् । शिविरमा झण्डै ८० प्रतिशत योजना तथा कार्यक्रम सम्झौता गर्ने लक्ष्य रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले जानकारी दिए । आगामी मङ्सिर मसान्तभित्र सबै योजना सम्झौता गरी काम अगाडि बढाउने गरी नगरपालिकाले योजना बनाएको छ । शिविरमा योजना सम्झौतापश्चात उपभोक्ता समितिको खाता पनि त्यही खोल्ने व्यवस्था गरिएको उनले बताए  । 

वडाभित्रका टोल अर्थात् साविकको वडामा टोल समिति बनाएर सोही टोल समितिमार्फत योजनाका काम अगाडि बढाइने सापकोटाले बताए । टोल विकास समितिले रु पाँच लाखसम्मको योजनाको काम गर्न पाउनेछन् । काम सम्पन्न भएर सबै वडा तहमै अनुगमन भएपश्चता नगरपालिकाले भुक्तानी दिने छ । 

नगरपालिकाले यस वर्षदेखि रु १० लाखसम्मको योजना वडा तहबाटै अनुगमन गर्न मिल्ने बनाएको नगर उपप्रमुख खड्काले जानकारी दिए । प्रत्येक वडामा प्राविधिक खटाएर रु १० लाखसम्मका योजना वडाध्यक्ष र वडासचिवसहितको टोलीले अनुगमन गरी सिफारिस गरेको आधारमा नगरपालिकाले भुक्तानी दिने उनको भनाइ छ ।

यस्तै नगरपालिकाले महिलाको नेतृत्व गरेको उपभोक्ता समिति वा टोला विकास संस्थामार्फत योजनाको कार्यान्वय गर्दा १० प्रतिशत मात्र लागत सहभागिता गराउने भएको छ भने पुरुषले नेतृत्व गरेको समितिमा १५ प्रतिशत नै लागत सहभागिता गराउने भएको छ । त्यस्तै उपभोक्ता समिति र टोल विकास संस्थाले आफूले जिम्मा लिएको काम ठेक्का लगाउन नहुने आफैँले गर्नुपर्ने बनाएको छ । 

खोलाको नजिक अस्पताल बन्दै

यतिबेला निसीखोला गाउँपालिकाको पालिकास्तरीय अस्पताल धमाधम निर्माण थालिएको छ । निसीखोला – ४ झिम्पामा निर्माणाधीन पालिकास्तरीय आधारभूत अस्पताल भने जोखिमपूर्ण स्थानमा निर्माण थालिएको जनाउँदै टिप्पणी भएको छ । 

एक वर्ष अगाडि निसीखोला गाउँपालिकाले संघीय सरकारले विनियोजन गरेको बजेटबाट अस्पताल निर्माण गर्न थालेको थियो भने बीचमा काम रोकिएर अहिले भवनको पिलर हाल्ने काम धमाधम भइरहेको छ । तर नीर्माणाधीन भवन नजिकैबाट बगिरहेको निसीखोलाका कारण अस्पताल जुनसुकै बेला जोखिममा पर्ने देखिन्छ । 

विपद्मा चाहिने अस्पताल जुनसुकै समयमा निसीखोलाले क्षति पु¥याउने जनाउँदै अहिले अस्पताल निर्माणस्थल नजिकैबाट बगेको खोलासहितको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ । गत वर्ष मङ्सिर १५ गते अस्पतालको शिलान्यास गरिएको थियो । अस्पताल निर्माणका लागि गाउँपालिकाले रु १० करोड ९४ लाखको लागत अनुमानमा हिन्दुङ एसी आइएस जेबी कन्ट्रक्सनले रु आठ करोड २४ लाखमा निर्माण गर्ने गरी जिम्मा लिएको छ । दश शय्याको पालिकास्तरीय अस्पताल निःशुल्क जग्गा खोज्ने क्रममा उक्त स्थानमा निर्माण थालिएको हो । आगामी २०८० पुसमा सम्पन्न गर्ने गरी निर्माण सुरु भएको अस्पताल निसीखोलाको छेउमा छ । हिउँदको समयमा खासै जोखिममा नरहे पनि वर्षात्को समयमा भने निसीखोला उर्लिएर निर्माणाधीन अस्पतालको नजिक पुग्ने गरेको छ । 

यस विषयमा केही व्यक्तिले अस्पताल जोखिममा रहेको जनाउँदै निर्माण रोक्नुपर्ने प्रतिक्रिया दिएका छन् भने केहीले तटबन्धन गरी संरक्षण गरेर निर्माणलाई तीव्रता दिनुपर्ने मत राखेका छन् । निसीखोलाका निवर्तमान अध्यक्ष तारानाथ पौडेलले कार्यपालिकाको निर्णय र सबैको सहमतिमा सोही स्थानमा निःशुल्क जग्गा प्राप्त भएपछि अस्पातल निर्माण गर्न थालेको हो भने । 

“अस्पताललाई लाग्ने आठ रोपनी जग्गा किन्न सक्ने पालिकाको क्षमता थिएन, निसीखोलामा मध्यपहाडी लोकमार्ग कालोपत्र भएपछि जग्गाको भाउ आकाशिएको छ”, उनले भने, “धेरै स्थानमा जग्गा खोजियो, निःशुल्क पाउन सकिएन यो ठाउँमा यहाँका स्थानीयले निःशुल्क आठ रोपनीभन्दा बढी जग्गा दिनुभयो,  पालिकाको केन्द्रका हिसाबले समेत सबैलाई पायक पर्ने स्थानमा रहेको छ, खोलाको नजिकै भएकाले पालिकाले खोलाको जोखिम हटाउन केही संरचना पालिकाले बनाउनुपर्छ ।” उनले गाउँपालिकाले जग्गा छनोट गरेपछि तत्कालीन प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीलगायतको टोलीले त्यस ठाउँको निरीक्षण गरेपछि अस्पताल निर्माणका लागि उपयुक्त भएको भनेपछि आफूहरुले निर्माण अगाडि बढाएको जानकारी दिए ।

अस्पताल बनाउन १५ स्थानीयले निःशुल्क जग्गा प्रदान गरेका छन् ।  निसीखोला–४ का वडाध्यक्ष टीकानिधि पौडेलले अन्य स्थानमा जग्गा व्यवस्थापन नहुँदा यो ठाउँमा अस्पताल निर्माण गर्न थालेको बताए । उनले अस्पताल बन्ने स्थल खोलाको जोखिममा रहे पनि त्यसको संरक्षणका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको भनाइ छ । अस्पताल जोगाउनका लागि तटबन्धन गर्न रु २० लाख विनियोजनसमेत भएको गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले बताए ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धवलागिरि आरोहणका लागि २३ जनालाई अनुमति

काठमाडौँ।  शरदयाममा म्याग्दीमा रहेको धवलागिरि हिमाल आरोहणका लागि २३ जनाले अनुमति लिएका छन् ।  संसारको सातौँ (आठ हजार एक सय १६७ मिटर) अग्लो धवलागिरि...

एमाले कोशी अधिवेशन : महासेठको नेतृत्वमा ११ सदस्यीय अध्यक्षमण्डल गठन

काठमाडौँ। नेकपा एमाले कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनको बन्द सत्रले केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज रघुवीर महासेठको नेतृत्वमा अध्यक्षमण्डल गठन गर...

एमाले बागमतीको निर्वाचनमा ११३१ मत खस्यो

काठमाडौँ। नेकपा एमालेको बागमती प्रदेश अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ।  १ः३० बजेबाट सुरू भएको मतदान ८ः३० बजे सात घण्ट...

हिक्मत कार्कीलाई विश्वासको मत नदिने कोशी कांग्रेसको निर्णय

काठमाडौँ।  नेपाली कांग्रेसले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।  कोशी  प्रदेश संसदीय दलको शुक्रवार बसेको बैठकले का...

नेपालको टी२० वरीयतामा सुधार

काठमाडौँ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) वरीयतामा नेपालले सुधार गरेको छ। शुक्रबार आईसीसीले अद्यावधिक गरेको विवरणअनुसार नेपालले टी–२० क्रिक...

एक नेपालीको थाप्लोमा ७९ हजार २०० ऋण, सार्वजनिक ऋण २३ खर्ब नाघ्यो

काठमाडौँ। नेपालको कुल सार्वजनिक ऋण २३ खर्ब नौ अर्ब ८६ करोड ९६ लाख बराबर पुगेको छ। सार्वजनिक ऋण व्ययवस्थापन कार्यालयको विवरणअनुसार भदौ मसान्तसम्म ने...

दोलखाबाटै थप तीन किलो सुन बरामद

दोलखा।  जिल्लाको सिंगटीमा थप ३ किलो सुन भेटिएको छ। बिगु गाउँपालिका ३ सिंगटी बस्ने २८ वर्षका केशर तामाङको कोठाबाट थप ३ केजी सुन बरामद भएको दोलखाका प्रह...

एमाले कर्णालीको निर्वाचन शनिबार

काठमाडौँ। नेकपा एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ। प्रदेश अधिवेशन निर्वाचन कमिटीको कार्यालयले निर्वाचन का...

कोशी प्रदेश अधिवेशन असोज १७ गतेका लागि आह्वान

काठमाडौँ। कोशी  प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले असोज १७ गतेका लागि प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् । प्रदेश सरकारको सिफारिसमा प्रदेश  ...

परस्त्रीसँग डेटिङमा फेला परेका स्वास्थ्य शाखा प्रमुख जिम्मेवारी मुक्त

काठमाडौँ।  झापाको अर्जुनधारा नगरपालिकाले स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतलाई जिम्मेवारीबाट हटाएको छ । ‘जंगलमा डेटिङमा जाँदा श्रीमतीले फेला पारे...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Alphabet Education Consultancy Pioneer Software Technologies Salt Trending