Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

साढे एक करोड बढी लगानीमा खोप्रा–खयर पदमार्ग निर्माण

खबरडबली संवाददाता

बेनी ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका स्थानीयवासीको अगुवाइमा समुदायको रु साढे एक करोड बढी लगानीमा खोप्रा–खयरलेक पदमार्ग निर्माण भएको छ । 

अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गले समेटिएको पाउद्वार–खोप्रा हुँदै खयरलेकसम्मको दुई दिनको पदयात्राको बाटोमा पदमार्ग, चौतारा, खानेपानी र थान पुननिर्माणमा सहयोगदातामार्फत रु एक करोड ६० लाख बढी खर्च भएको खयर भारानी थान तथा क्षेत्र संरक्षण कोषका अभियन्ता राजु पुनले बताए  । बेलायती सेनाका सेवा निवृत्त लेफ्टिनेन्टसमेत रहेका पुनको अगुवाइमा एक दशकदेखि यो क्षेत्रमा पूर्वाधार निर्माण सुरु भएको थियो । 

अन्नपूर्ण र बराह शिखर हिमालको काखमा रहेको खयर ताल र ताल परिसरमा रहेको प्रसिद्ध धार्मिकस्थल खयर भारानी थानलाई लक्षित गरेर पर्यटन पूर्वाधार निर्माण गरिएको छ । थान पुनःनिर्माणमा मात्रै रु ३९ लाख खर्च भएको छ । परम्परागत रुपमा ढुङ्गाको थानमा पूजाआजा हुँदै आए पनि २०४८ सालमा स्थानीय भेडा गोठालाले थानको स्वरुप दिएर निर्माण गरेका थिए । उक्त भारानीको थान जीर्ण बनेको कारण सहयोग जुटाएर पुनःनिर्माण गरिएको पुनले जानकारी दिए  । थान निर्माणसँगै २०७० सालदेखि पदमार्ग निर्माण सुरु भएको थियो । जङ्गल र पहाडको अप्ठ्यारो बाटोमा ढुङ्गाको सिँढी चिनेर पदमार्ग निर्माणसँगै पर्यटक र तीर्थयात्रीलाई थकान मेटाउनका लागि चौतारा निर्माण गरिएको छ । 

“हामीले पर्यटन पूर्वाधार बनाउन सरकारको मुख ताकेर बसेनौँ, यहाँ यस्तो समस्या छ, यो काम गर्दै छौँ भनेर आह्वान ग¥यौँ, सहयोगदाता स्वस्फुर्त रुपमा सहयोग गर्न तयार भएपछि यो काम सम्भव भएको हो”, अभियन्ता पुनले भने । दश वर्षको अवधिमा आधा बढी समय लेक र बुकीमै बसेर पदमार्ग निर्माण खटिएका पुनले अझै पनि अप्ठ्यारा ठाउँमा पदमार्ग र रेलिङ निर्माणसँगै तीर्थयात्री र पर्यटकको सुविधाका लागि आश्रयस्थललगायतका पूर्वाधार निर्माणको अभियान सञ्चालन भइरहेको बताए  । 

धार्मिक भावनाले पर्यटन विकास

साहसिक पदयात्राको गन्तव्य बनेको पाउद्वार–खोप्रा–खयर पदमार्गमा स्थानीयवासीले मात्रै पूर्वाधार बनाउन लगानी गरेका छैनन् । जिल्लाभित्र र जिल्ला बाहिरका व्यक्तिले समेत सहयोग गरेका छन् । धार्मिक पर्यटकीय क्षेत्रको विकासमा धार्मिक मूल्य र मान्यतालाई जोडेर उजागर गरेपछि मात्रै यो सम्भव भएको हो । 

पाउद्वार गाउँदेखि नै पदमार्ग र चौतारा निर्माणमा विभिन्न क्षेत्रका व्यक्तिले आफ्नो आफन्तको सम्झना र परिवारका अग्रज व्यक्तिको नाममा सहयोग गरेका छन् । हरेक चौतारा निर्माण गर्ने व्यक्तिले पदमार्ग समेत बनाएका छन् । चौतारा र पदमार्गमा उनीहरुको शीलालेखसमेत राख्ने गरिएको छ । 

यस क्षेत्रको पूर्वाधार निर्माणमा सहयोग गर्नेमध्ये अधिकांश खयर क्षेत्रको भ्रमण र खयरभारानीको दर्शन र पूजाआजा गर्न आएका व्यक्ति छन् । यहाँ आइसकेपछि प्रभावित बनेर स्वतस्फुर्तरुपमा पदमार्ग बनाउन सहयोग गर्ने गरेको स्थानीय मीनबहादुर तिलिजा पुनले बताए  । “पहाडको बाटो अप्ठ्यारो हुनु स्वभाविक हो, अभियान सञ्चालन भएपछि यहाँ आउने अधिकांशले यहाँ बाटो र चौतारो बनाइदिनुस, मेरोतर्फबाट यति सहयोग आउँछ भनेर बोल्नुहुन्छ, अझै पनि कतिपय ठाउँको काम बाँकी छ”, उनले भने । 

प्रसिद्ध धार्मिकस्थल र प्राकृतिकरुपमा मनमोहक क्षेत्र रहेको खयर भारानी जाने बाटो अप्ठ्यारो भएकाले यहाँ जानेलाई सहज होस् भनेर पदमार्ग निर्माणमा सहयोग गरेको पर्वनको जलजला गाउँपालिका–६ लोप्रेका ताराबहादुर अर्मजाले बताए  । 

“म प्रवासमा बस्छु, केही वर्ष अघि यहाँको भ्रमण गर्ने अवसर मिलेको थियो, त्यसबेला थानको पुनःनिर्माणमा पनि सहयोग गरेको थिए, पछि पदमार्ग बनाउन पनि सहयोग गरेँ, धेरैले यहाँ आइसकेपछि यहाँको विकासमा सहयोग गर्ने प्रेरणा पाउँछन्”, उनले भने । पदमार्ग, चौतारा र धाराको संरक्षण र सरसफाइमा समेत सहयोगदाता आफैँ पुग्ने गरेका छन् । 

अन्नपूर्ण र बराह हिमालको काखमा अवस्थित प्रसिद्ध धार्मिकस्थल खयर भारानी क्षेत्र धार्मिक पर्यटकको केन्द्र बन्न थालेको छ । समुद्री सतहदेखि करिब चार हजार सात सय मिटर उचाइमा अवस्थित खयर भारानी थान र खयर तालमा पूजा र भाकल गर्नका लागि भक्तजनको घुँइचो लाग्ने गरेको छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies