महेन्द्रनगर । नेपाली कांग्रेस कञ्चनपुरका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखक एक सातायता आफ्नो निर्वाचन क्षेत्रको दोधारा चादँनीमा चुनाव केन्द्रीय अभियानमा सक्रिय छन् ।
अघिल्लो निर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार प्रतिनिधिसभा सदस्य डा दीपकप्रकाश भट्टसित झिनो मतान्तरले पराजित भएका नेता लेखक यहाँ लामो समयदेखि निर्वाचन क्षेत्रमा पार्टीका चुनावी गतिविधिमा सहभागी छन् । बुधबार नेता लेखकले दोधारा चादँनी नगरपालिकाको वडास्तरमा नेता तथा कार्यकर्तालाई राखेर चुनाव केन्द्रीय अभियानमा हुँदा एमालेका सांसद डा भट्ट, सांसद निरु पाल लगायतका एमाले नेता पार्टी कार्यालय महेन्द्रनगरमा प्रशिक्षणमा व्यक्त थिए ।
तीन निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा कम्युनिष्ट पार्टी फुटेपछि आगामी मङ्सिर ४ गतेको निर्वाचनमा जीत सहजै हासिल गर्ने दाउमा रहेको नेपाली कांग्रेसको मुख्य प्रतिस्प्रर्धी प्रतिपक्षी दल एमाले नै हो । हालसम्मको चर्चाअनुसार निर्वाचन क्षेत्र नं १ मा नेकपा (माओवादी केन्द्र)का नेत्री एवं पूर्वमन्त्री बिना मगर सत्ता गठबन्धनको साझा उम्मेदवार हुने र चुनावी जित्ने रणनीतिमा छन् ।
यस्तै सो क्षेत्रमा संविधानसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका नेता दिवान विष्ट सोही निर्वाचन क्षेत्रमा लड्ने अडान कार्यकर्तामाझ राख्दै आएको छन् । कांग्रेस, माओवादी केन्द्रलगायत सत्ता गठबन्धनमा रहेको नेकपा (एकीकृत समाजावादी)ले भने यहाँ प्रतिनिधिसभामा भाग पाउने सम्भावना कम रहेको नेताको भनाइ छ । त्यो अवस्थामा समाजवादीले छ वटा प्रदेशसभा सदस्यमा बहुमत सदस्य माग गठबन्धनमा गर्ने समाजदावीका नेताको भनाइ छ ।
स्थानीय तहको निर्वाचनमा माओवादीसँग तालमेल गरेर चुनावी मैदानमा होमिएको एकीकृत समाजवादी केही वडाध्यक्षमै समिति रहेको थियो । यसैगरी यहाँको निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नारायणप्रकाश साउद निर्वाचन लक्षित कार्यक्रममा खटिएका छन् । सो क्षेत्रमा नेपाली कांग्रेसका पूर्व पार्टी सभापति हरिप्रसाद बोहराले पनि दाबी गर्न थालेका छन् ।
अघिल्लो पटक एमालेका नेता प्रतिनिधिसभा सदस्य नरबहादुर धामीसँग पराजित भएका कांग्रेस नेता साउद गठबन्धन भए भारी मतका साथ विजयी हुने नेताहरुको दाबी छ । एमालेबाट प्रतिनिधिसभा सदस्यका लागि उक्त क्षेत्रबाट धामी दोहोरिने चर्चा छ । सत्ता गठबन्धनमा निर्वाचन क्षेत्र बाँडफाँडको टुङ्गो लागि नसकेको अवस्थामा माओवादी केन्द्र र समाजवादीका नेता भने निर्वाचन क्षेत्रमा खटिनसकेको अवस्था छ ।
कञ्चनपुरमा स्वतन्त्र उम्मेदवारी दिने विषय विभिन्न व्यक्तिले सामाजिक सञ्जालमा प्रचार गरिरहेका भए पनि निर्वाचन क्षेत्र केन्द्रीत भने देखिएका छैनन् । एमालेका पार्टी सचिव पल्लवराज भट्टले निर्वाचन केन्द्रीत प्रशिक्षण चलिरहेको बताए । उनले पालिकास्तरमा पार्टी सुदृढीकरणलगायतका विषयमा जिल्लाभर कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए । “केन्द्रको सर्कुलरअनुसार उम्मेदवार छनोट प्रक्रियामा लाग्छौँ”, सचिव भट्टले भने, “अहिले प्रशिक्षण कार्यक्रमलाई तीव्रता दिइरहेका छौँ ।”
त्यसैगरी नेपाली कांग्रेसका उपसभापति मीनबहादुर सिंहले जिल्लामा नेता आ–आफ्नो निर्वाचन क्षेत्रमा आफ्नै किसिमले सक्रिय रहेको बताए । उनले आगामी भदौ १० बाट २४ गतेसम्म निर्वाचन क्षेत्र लक्षित देशव्यापी अभियान सञ्चालन हुने जानकारी दिए । उनले भने, “केन्द्रको कार्यक्रमअनुसार यहाँ पनि निर्वाचन क्षेत्रमा घरदैलो लगायतका पार्टीका आधिकारीक कार्यक्रम सञ्चालन हुनेछन् ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: