काठमाडौँ । इष्टर्न हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्ने स्थानीय बासिन्दाका लागि निष्कासित साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु एक सय अङ्कित दरमा रु छ करोड बीस लाख मूल्य बराबरको छ लाख बीस हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) बिक्री खुला गरेको हो । आयोजनाबाट असर पर्ने भोजपुर जिल्लाका स्थानीय बासिन्दाले यही भदौ २१ गतेसम्म र सो अवधिमा माग बमोजिम आवेदन नपरे आगामी असोज ५ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने कम्पनीले सार्वजनिक गरेको आह्वान पत्रमा उल्लेख छ ।
कम्पनीले भोजपुरको पिखुवा खोलामा पाँच मेगावाट क्षमताको पिखुवा खोला साना जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । साथै एनएमबि बैंक, ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंकको भोजपुर शाखाका साथै प्रभु बैंकको भोजपुर तथा हतुवागडी शाखा कार्यालयबाट पनि शेयर खरिदका लागि लगानीकर्ताले आवेदन दिन पाउनेछन् । कम्पनीलाई केयर रेटिङ्गस् नेपालले ‘केयरनपी–बी प्लस आइएस’ रेटिङ प्रदान गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १५ गते, २०८० - २१:०६
काठमाडौँ। स्पेक्ट्रलाइट यूके लिमिटेड र आजियाटा यूके लिमिटेडबीच एनसेलको सेयर कारोबारका लागि सम्झौता भएको छ । यो सम्झौता बमोजिम स्पेक्ट्रलाइट यूकेले आजि...
मंसिर १५ गते, २०८० - २०:५९
लान्झोउ। पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम चीनको गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल...
मंसिर १५ गते, २०८० - २०:४३
काठमाडौँ। प्रदेशको नामकरणलाई लिएर उठेको पहिचानको विषयमा कोसी प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुख पर्शुराम खापुङबीच छलफल भएको छ । चालु आर्थिक वर्ष...
मंसिर १५ गते, २०८० - २०:२०
काठमाडौँ। ८ लाख भारतीय रूपैयाँसहित २ भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा ३५ वर्षीय धर्मेद्र नागर र ४२ वर्षीय पंकज गुप्ता रहेको प्रहरीले जना...
मंसिर १५ गते, २०८० - १९:५३
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र क्युवाका राष्ट्रपति मिगेल डायाज–कनेलबिच भेटवार्ता भएको छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष...
मंसिर १५ गते, २०८० - १९:१९
काठमाडौँ। उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न २० जनामध्ये ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेश सदर...
मंसिर १५ गते, २०८० - १९:१६
काठमाडौँ। राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाको अन्त्य आवश्यक भएको बताएका छन् । राप्रपा नेपाल काठमाडौँ...
मंसिर १५ गते, २०८० - १८:२०
काठमाडौँ। नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई सात दिने स्पष्टीकरण सोधेको छ। प्राधिकरणले निगमकै सुरक...
मंसिर १५ गते, २०८० - १८:०४
काठमाडौँ। नेपालले आईसीसी विश्वकप लिग २ को पहिलो त्रिकोणात्मक एकदिवशीय शृंखला घरेलु मैदानमै खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार नेप...
मंसिर १५ गते, २०८० - १७:५१
काठमाडौँ। रोजगारीको प्रलोभन देखाएर भारत लगी बेचबिखन गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्। बाँके बैजनाथ गाउँपालिका वडा-८ की ३९ वर्षीया मुना ठकुरी ...
प्रतिकृया लेख्नुहोस्: