Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

सिन्धुलीमा चुनावी चहलपहल बढ्दै

खबरडबली संवाददाता
सिन्धुली । सिन्धुलीमा चुनावी चहलपहल बढ्दै गएको छ । आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन केन्द्रित छलफल तथा कार्यक्रम जिल्लाका ७९ वडामै भइरहेको छ । नेता र कार्यकर्ताले मतदातासित भेटघाट बाक्लो बनाउँदै गएका छन् । 
 
चिया पसलदेखि चौतारोसम्म पार्टीका नेता तथा कार्यकर्ता छलफलमा व्यस्त देखिन्छन् । राजनीतिक दलले चुनाव केन्द्रित गतिविधि बढाउँदै लगेका छन् । उनीहरु निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न कसर गर्दैछन् । दैनिक जिल्लास्तरीय तथा वडास्तरीय सभा, समारोह जारी छन् । 
 
नेपाली कांग्रेसले शुक्रबार फिक्कल गाउँपालिमा बृहत् प्रशिक्षण कार्यक्रम  आयोजना गर्दैछ । निर्वाचनलाई लक्षित गरेर उक्त कार्यक्रमको आयोजना गरिएको पार्टीका जिल्ला सभापति उपेन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो । दुई दिनसम्म चल्ने उक्त कार्यक्रममा केन्द्रीय, प्रदेश, जिल्ला र स्थानीय तहका नेता, कार्यकर्ताको उपस्थिति रहने बताइएको छ । 
 
एमाले सिन्धुलीले बुधबार मरिण गाउँपालिका–४ सहान रङ्गशालामा जिल्लास्तरीय सभा गरेको छ । । सभालाई एमाले महासचिव शङ्कर पोखरेलले सम्बोधन गरेका थिए। 
 
एमाले जिल्ला अध्यक्ष रामकुमार कार्कीका अनुसार एमालले जिल्लाभरी विभन्न भेला र छलफल कार्यक्रम आयोजना गर्न गइरहेको छ । यसैगरी नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले पनि निर्वाचलन लक्षित विभिन्न कार्यक्रम गर्दैआएका छन् । 
 
राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय संयोजक रवि लामिछाने आज कमलामाई नगरपालिका–६ धुराबजारमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुँदैछन् ।  
 
यसैबीच राष्ट्रिय भूमि आयोग सिन्धुलीका अध्यक्ष रामकुमार पौडेल  एमालेमा प्रवेश गरे। उनी माओवादी केन्द्रबाट आयोगको अध्यक्षमा नियुक्त भएका थिए। 
Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मुख्यमन्त्री लामासँग वार्ता- प्रदेश सरकार खर्चिलो भयो भने कुरामा म सहमत छैन

हेटौँडा । विभिन्न आन्दोलन तथा सङ्घर्षबाट मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयनमा आएको छ । जनताबाट निर्वाचित प्रतिनिधिले ...

सहुलियत मूल्य पसल : हुम्लामा खाद्यान्नमा प्रतिकेजी रु पाँच छुट

सिमकोट । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाले असोज ६ गतेदेखि प्रतिकेजी रु पाँच छुटमा खाद्यान्न बिक्री गर्ने भएको छ । हि...

प्यालेस्टिनी भूभागबाट इजरायल हट्नुपर्ने प्रस्ताव राष्ट्रसंघीय महासभाबाट पारित, नेपाल तटस्थ

काठमाडौं । एक वर्षभित्र पूर्वी जेरुसलेमसहित अधीनस्थ प्यालेस्टिनी भूभागमा इजरेलको "अवैधानिक उपस्थिति" अन्त्य गर्नुपर्ने माग गरिएको प्रस्ताव संयुक्त राष...

‘मलाई पुर्न खनेको खाल्डोमा कांग्रेस खस्यो, एमाले फस्यो’

अस्तिसम्म हामीसँग प्रमाण छ भन्नेहरू अहिले पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नुपरेको छ । सहकारीको पैसा लियो र खायो भन्नेहरूले सहकारीको पैसा लिएको चैँ ...

सरकारलाई रविन्द मिश्रको प्रस्ताव- दरबार मार्गको नाम प्रचण्ड मार्ग राखौं

अरूले जति फुर्ति लगाए पनि यो संविधानको केन्द्रमा प्रचण्ड छन्

सहकारी ठगीमा रवि लामिछानेको संलग्नता नदेखिएको प्रतिवेदन आएको छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगीमा नदेखिएको दाबी गरेका छन् । प्राइम टिभीमा दिएको अ...

‘ओलीलाई संविधान कार्यान्वयन गर्न मन नभएर संशोधन भन्दैछन्’ (अन्तर्वार्ता)

‘म अहिले देशभरि घुमें, जनतामा माओवादीप्रति सहानुभूतिको लहर छ’

देशभर मनसुनी वायुको प्रभाव कायम, मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्व...

उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो

करोडौँ लगानीमा खुलेका होटल सुनसान

१० दिनका लागि प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका

काठमाडौं । प्रधानमन्त्री केपी शर्माओली संयुक्तराज्य अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy