सिन्धुली । पहिरो खस्दा मध्यपहाडी राजमार्गको खुर्कोट–घुर्मी सडकखण्ड अवरुद्ध भएको छ । सिन्धुलीको गोलञ्जोर गाँउपालिका–१ कुडुलेमा सुख्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।
आज बिहान चार बजेदेखि निरन्तर पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विमलराज कँडेलले जानकारी दिए। उनका अनुसार राजमार्ग अवरुद्ध भएपछि पूर्वी पहाडी जिल्लाबाट मध्यपहाडी राजमार्ग हुँदै गुड्ने सवारीसाधन बाटोमै थन्किएका छन् ।
इलाका प्रहरी कार्यालय खुर्कोटको टोलीले अहिले पहिरो पन्छाउने काम गरिरहेको छ । स्थानीयवासीको सहकार्यमा पहिरो पन्छाउने काम भइरहेको कँडेलले बताए।
“बिहानैदेखि पहिरो खसिरहेको छ, झर्ने क्रम रोकिएको छैन”, गोलञ्जोर गाँउपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले भने। बाटोमा सयौं यात्रु अलपत्र परेको उनले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८१ - ०९:४७
काठमाडौं । त्रिपुरेश्वरस्थित भाटभटेनी सुपर मार्केटलाई काठमाडौँ महानगरपालिकाले दुई लाख रुपैयाँ जरिवाना गरेको छ। ढुसी लागेको सामग्री बेचेको पाइएपछि ...
पौष ७ गते, २०८१ - ०९:४३
बागमती । बागमती प्रदेशमा यस वर्ष धानबाली उत्पादनमा ह्रास आएको छ । गत असोज ११ र १२ को वर्षासँगै आएको बाढीपहिरोले क्षति पुर्याउँदा धान एक दशमलव ३७ प्रति...
पौष ७ गते, २०८१ - ०९:४०
बागलुङ । बागलुङ नगरपालिका–१२ अमलाचौरका मुकुन्द ढकाल ४४ वर्षको भए। मलेसियामा १२ वर्ष बिताएका ढकालले गाउँमै पशुपालन सुरु गरेको चार वर्ष भयो । सुरुमा...
पौष ७ गते, २०८१ - ०९:३७
झापा । यहाँको बुद्धशान्ति गाउँपालिका–३ मा चार केजी प्रतिबन्धित लागुऔषध गाँजासहित २९ वर्षीया दुर्गा धिमाल पक्राउ परेकी छन् । बुधबारे इलाका प्रहरी का...
पौष ७ गते, २०८१ - ०८:२६
भरतपुर । मुग्लिन-काठमाडौँ सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने भएको छ। स्तरोन्नतिसहित निर्माणाधीन उक्त सडक विस्तारका क्रममा घुम्तीलगायत केही स्थानमा ...
पौष ७ गते, २०८१ - ०८:२२
काठमाडौं । रास्वपा सभापति एवं पूर्वगृह मन्त्री रवि लामिछानेविरुद्ध आज मुद्दा दर्ता गरिँदैछ। सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासत...
पौष ७ गते, २०८१ - ०७:५१
काठमाडौंमा पनि थोरै बदली भई छिटफुटसम्म वर्षा हुनसक्ने
पौष ७ गते, २०८१ - ०७:३८
काठमाडौं । पहिलोपटक भएको देशकै ठूलो क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जनकपुर बोल्ट्सले जितेको उपलक्ष्यमा पर्साको सखुवा प्रसौनी ...
पौष ७ गते, २०८१ - ०७:३२
काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारी र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पार्टी राजनीतिमा सक्रिय हुने चर्चा चलिरहेको छ। नेकपा एमालेबाट दुई कार्यका...
पौष ७ गते, २०८१ - ०७:२६
काठमाडौं । एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले कार्यालय घेराउसँगै अवरोध गरेपछि त्रिविका उपकुलपति प्रा.डा. केशरजंग बराल कार्यालय जानै छाडेका छन् ...
प्रतिकृया लेख्नुहोस्: