NTC Banar
Khabar Dabali ९ चैत्र २०७९ बिहीबार | 23rd March, 2023 Thu

कांग्रेसको घोषणापत्रले ‘देशको सपना’लाई प्रकाश पार्ने प्रयत्न गर्नेछः महामन्त्री शर्मा

खबरडबली संवाददाता

काठमाडौ। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि पार्टीले तयार गर्ने  कांग्रेसको घोषणापत्रले ‘देशको सपना’लाई प्रकाश पार्ने प्रयत्न गर्ने बताएका छन् ।  

सुन्दरीजल, वीपी सङ्ग्रहालयमा भएको १०९औँ वीपी जन्मजयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा उनले कांग्रेसको घोषणापत्रमा सस्तो लोकप्रियताको भ्रमलाई स्थान नहुने उल्लेख गरे  ।

आगामी आमनिर्वाचन कांग्रेसको घोषणापत्र निर्माण समितिको संयोजक रहेका महामन्त्री शर्माले भने, “घेरो मात्र बाँकी रहेको टोपी लगाएका नागरिकदेखि फाटेको धोती लगाएका नागरिकसम्मको भावना घोषणापत्रले समेट्ने छ, कोही अझै शिक्षाबाट बञ्चित किन ? ‘ड्रपआउट’ कहिलेसम्म ? उच्च शिक्षा लिएर पनि बेरोजगार बस्नुपर्ने बाध्यता किन ? विकल्प के र कसरी ? घोषणापत्र त्यसमा प्रबिस्ट हुनेछ ।”

कांग्रेसको घोषणापत्र निर्माणकार्य अब छिट्टै सुरु गर्ने जानकारी गराउँदै उनले पार्टीको ऐतिहासिक निरन्तरतालाई अब नवीनतामा लैजाने सङ्कल्प घोषणापत्रले बोक्ने बताए  । स्थापनाकालमा वीपी कोइरालाले राखेको दस्तावेज, विसं २०१५ को घोषणापत्रलगायत पछिल्लो अवधिसम्मका दस्तावेजहरूको गहिरो अध्ययन अबको घोषणापत्र निर्माण गरिने महामन्त्री शर्माले उल्लेख गरे  ।

नेपाल आज जहाँ आइपुगेको छ, ती उपलब्धिहरूको स्मरण, यो अवधिमा भएका कमजोरीको पहिचान र बदलिएको समयको अपेक्षाको जगमा व्यवहारिक घोषणापत्र निर्माण गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । “वीपीले परिकल्पना गर्नुभएको नेपाल र आजको नेपाली युवाको भावनालाई एकाकार गरेर व्यक्ति या दलको मात्र होइन, कांग्रेसको घोषणापत्रले ‘देशको सपना’लाई प्रकाश पार्ने प्रयत्न गर्नेछ, त्यसो गरिरहँदा ५० लाख बढीको सङ्ख्यामा विदेशमा रहेकोे ‘नेपाल बाहिरको नेपाल’को भावनालाई समेट्ने छ”, महामन्त्री शर्माले भने ।

भारत र चीन दुवै छिमेकी मित्रराष्ट्रको बढ्दो आर्थिक उचाइबाट लाभान्वित हुँदै ‘छिमेकीको आर्थिक गति सँगसँगै अघि बढ्ने’ दृष्टि, सङ्कल्प र सुस्पष्ट योजना जो जरुरी छ, त्यसबारेमा पनि घोषणापत्रले प्रकाश पार्ने उनले जानकारी दिए  । शासन प्रणाली सही भएर पनि नागरिकलाई व्यापक विश्वासमा लिन भइरहेका कमजोरीको पहिचान गरेर, राष्ट्र निर्माणको महाअभियानमा ‘म र मेरा लागि तर समग्रमा देशका लागि’ भन्ने युवा भावनाको लहर घोषणापत्रको अन्तर्वस्तुमा समाहित गरिने बताए  ।

वीपी सङ्ग्रहालयका अध्यक्ष पर्शुराम पोख्रेलको सभापतित्वमा भएको कार्यक्रममा सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार तथा क्षेत्रीय सभापति सन्तोष चालिसेले पनि मन्तव्य दिएका थिए  । आगामी आमनिर्वाचन कांग्रेसको घोषणापत्र निर्माण समितिको संयोजक रहेका उनले सुन्दरीजलबाटै पार्टीको महाधिवेशनमा महामन्त्री पदको उम्मेदवारी घोषणा गरेका थिए   ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारमा सहभागी हुन लोसपाले खोज्यो सम्मानजनक हिस्सेदारी

काठमाडौँ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सरकारमा सम्मानजनक सहभागिता गराउनुपर्ने बताएको छ। आज बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकपछि नेता...

पायक पर्ने ठाउँमा परीक्षा केन्द्र राख्न विद्यार्थी संगठनको माग

काठमाडौँ। चार विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले लिने परीक्षाको केन्द्र पायक पर्ने ठाउँमा राख्‍नुपर्ने माग गरेका छन् । नेपाल विद्...

सुजल श्रेष्ठद्वारा अन्तराष्ट्रिय फुटबलबाट सन्यांस, अष्ट्रेलिया जाँदै

काठमाडौँ। राष्ट्रिय फुटबल टोलीका सदस्य सुजल श्रेष्ठले नेपाल छाडेर अष्ट्रेलिया पलायन हुनुअघि अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन्। सुज...

काठमाडौं महानगरले सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई तिरायो १२ हजार

काठमाडौँ। काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फाल्ने दुई जनालाई १२ हजार जरिवाना गरेको छ। महानगरले चैत ९ गते कालिमाटी क्षेत्रमा सिपचन्द्र म...

पाँच जना एआइजीले पाए दर्ज्यानी चिन्ह

काठमाडौँ। नेपाल प्रहरीका पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)हरूले दर्ज्यानी चिन्ह पाएका छन्।  प्रहरी नायब महानिरीक्षक (डीआइजी) बाट बढुवा भ...

कानून कार्यान्वयनको बाधक अस्थिर राजनीति : मुख्यमन्त्री शर्मा

कर्णाली। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कानून कार्यान्वयनको बाधक अस्थिर राजनीति बनेको बताएका छन्।    नेपाल कानून समाजद्वार...

लाखौँको खसीबोका निर्यात गर्दै अर्घाखाँची

अर्घाखाँची। भारतमा राम्रो कमाइ गरिरहेका शीतगङ्गा नगरपालिका–१३ सिमलपानीको ढावाका किसान विष्णुप्रसाद न्यौपानेले गाउँमै फर्किएर बाख्रा पालन सुरु गरे।  ...

२४ घण्टामा सात जना कोरोना सङ्क्रमित

काठमाडौँ। सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा सात जनामा कोरोना भइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य निर्देशनालय दिपायलले गौरीफन्टा नाकाबाट भित...

थ्री नेशन्स कपमा नेपालको विजयी सुरुवात

काठमाडौँ। घरेलु टोली नेपालले प्रधानमन्त्री थ्री नेशन्स कप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको ...

परीक्षा केन्द्र सार्ने निर्णय तत्काल फिर्ता नलिए आन्दोलन गर्ने अनेरास्ववियुको चेतावनी

काठमाडौँ। नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले स्नातक तह चौंथो वर्षको परीक्षाको केन्द्र सारिएको भन्दै वि...

अरु धेरै
Dish home detelpage

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Dish home detel page1 Jobkhoji Salt Trending Detail Page