Ntc summer Offer
Khabar Dabali २६ पुष २०८१ शुक्रबार | 10th January, 2025 Fri
Investment bank

बाढी प्रभावित क्षेत्रमा दीर्घकालीन समाधान आवश्यक

स्वास्थ्यमा विशेष सावधानी

खबरडबली संवाददाता

भजनी । बाँसको चोयाले बारेर माटोले पोतेका कच्ची घर । बाढीले भत्काएका घरका भित्ता । हिलाम्मे घरका आँगन । बाढी पसेपछि हिलाम्मे भएका घरमा गहुँको भुसले ओभानो बनाएर जीवन कटाउनुपर्ने बाढी पीडितको बाध्यता ।

कैलालीको भजनी नगरपालिका–८ गोरचौराका सन्तराम चौधरीको जनजीवन यस्तै छ । घरको आगनमा बस्न सक्ने अवस्था छैन । कच्ची माटोले बनाएका घर बाढीले छियाछिया बनाएको छ । घरभित्र बाढीसँगै आएको लेदो सुकेको छैन । घरका कोठा सुक्खा बनाउन, चौपायालाई खुवाउनका लागि राखेको गहुँको भुसले घर ओभानो बनाउने प्रयास गरिएको छ । 

“तीन रात खुला आकाशमुनि बिताएर घर फर्किएका छौँ । घरको अवस्था तपाईले देखिहाल्नुभयो ।” सन्तरामले भने, “खुला आकाशको असुरक्षित बसाइँ । निकै अप्ठ्यारो भयो । घरमा भएपछि आफ्नो सुरक्षा र घरको सुरक्षा होला भनेर पनि घर फर्किनुपर्यो ।”

सन्तरामजस्तै सयौँ घरको अवस्था उस्तै छ । घरका आँगन कसैका सुख्खा छैनन् । घर वरिपरि हिलाम्मे छ । आवतजावतमा निकै समस्या छ । घरभित्र पनि सुरक्षित हुने वातावरण छैन । घर सुक्खा बनाउनको लागि स्थानीयले हर प्रयास गर्दै आएका छन् । “किरा फट्याङ्ग्राको जोखिम छ । काठका घरमा बस्दा कतैबाट किरा फट्याङ्ग्राको आक्रमण हुन्छ कि भन्ने त्रासले रातदिन सताइरहन्छ ।” भजनी नगरपालिका–८ कि सम्झना विकले भनिन्, “आफुभन्दा पनि बालबालिकालाई सुरक्षित राख्न कठिन भएको छ । खानलाई अन्न छैन । पिउनलाई पानी । बालबालिका छैन भने मान्दैनन् ।”

भजनी नगरपालिका–८ कि पवित्रा चौधरी भदौ ३१ गते राति एकाएक घर छोडेर नजिकैको कृष्ण धोज चन्द माविमा पुगेकी थिइन् । लुगाबाहेक सबै छोडेर ज्यान जोगाउन विद्यालय पुगेकी पवित्रा तीन दिनपछि घर फर्किन । घरको कुरुप अवस्था देख्दा उनलाई निकै चिन्ता भएको छ । घरमा रहेको अन्नपात, लत्ताकपडा सबै भिजेर खत्तम भएपछि भिजेको अन्नपात सुकाउन उनलाई निकै समस्या भएको छ । “अन्नपात सबै भिजेर खत्तम भएको छ । सुकाउनको लागि न त त्रिपाल छ न त सुक्खा ठाउँ ।” उनले भनिन्, “भिजेको धान, गहुँ उम्रन थालिसकेको छ । लत्ताकपडा सबै हिलाम्मे छन् । आँगनमा आवतजावत गर्न सकिने अवस्था छैन । घरभित्र सहजरुपमा बस्न सक्ने स्थिति छैन ।”

बाढीका कारण घरमा पानी पस्दा अधिकांशको घरमा भएको अन्नपात बगेको छ । बचेको अन्नपात पनि उम्रन थाएको छ । सुकाउनको लागि कपडा छैन । आगन ओभानो छैन । भजनी नगरपालिका–८ की रामकृष्णी चौधरीले बाढीका कारण श्रीमान् गुनाउनुपर्यो । असोज १ गतेको बाढीमा बेपत्ता भएका रामकृष्णीका ६० वर्षीय कालुराम डगौंरा थारुको दुई दिनपछि शव भेटिएको थियो । श्रीमान्को बाढीले ज्यान लिएपछि आफूहरु पनि बाढीबाट सुरक्षित नरहेको रामकृष्णीले बताए । “जुन कुराको त्रास वर्षौंदेखि मनमा थियो, आज हाम्रा लागि त्यहीँ भयो ।” उनले भने, “भोलि अरुलाई पनि हुनसक्छ । बर्सातको समय भजनीका लागि निकै कष्टकर हुन्छ । यो सबैलाई थाहा छ तर समाधान कतैबाट हुँदैन ।”

सयौँ बिघा धानबाली नष्ट 

भजनीमा बाढी, डुबान र कटानका कारण सयौँ बिघा क्षेत्रफलमा लगाएको धानबाली नष्ट भएको छ । चारैतिरबाट नदीले घेरिएको भजनीमा नदीको कटान र डुबानका कारण सयौँ बिघा नष्ट भएको छ । विशेष गरी कान्द्रा, काँढा र पथरैया नदीका कारण नढी क्षति भएको स्थानीय गणेश बोहराले बताए । 

धानबाली नगरपालिकाले धानबालीमा भएको क्षतिको विवरण सङ्कलनको काम सुरु गरेको छ । नगरपालिकाका कृषि शाखाका प्रमुख हरिलाल जोशीका अनुसार वडा नं ३, ५, ७ र ८ का अधिकांश क्षेत्रमा लगाएको धानबाली पूर्णरुपमा नष्ट भएको छ ।” कतिपय ठाउँमा डुबानका कारण धान कुहिएको छ भने कतिपय ठाउँमा बाढीसँगै आएको लेदोले धान पुरेको छ ।” कृषि शाखा प्रमुख जोशीले भने, “यकिन तथ्याङ्क आएको छैन । तथ्याङ्क सङ्कलनको काम भएपछि मात्रै कति क्षति भएको छ भन्न सकिन्छ । मोटामोटी हेर्दा  ५० प्रतिशत धानबालीमा क्षति भएको छ ।”

विद्यालयमा क्षति 

विद्यालयमा बाढी पसेपछि असोज १ गतेदेखि भजनीका अधिकांश विद्यालय बन्द भए । केही विद्यालयमा स्थानीयले आश्रय लिएर बसेका कारण पनि विद्यालय सञ्चालनमा आउनसकेका छैनन् । बाढीका कारण विद्यालयको पहिलो तलामा माटो पसेका कारण त्यसको सरसफाइको काम भइरहेको छ भने कतिपय विद्यालय बाढीको छुटकारा पाउन सकेका छैनन् । विद्यालयमा बाढीका कारण ठूलो क्षति भएको नगरपालिकाका शिक्षा अधिकृत पङ्खबहादुर शाहले बताए । उनले कतिपय विद्यालयका हाजिर रजिष्ट्ररदेखि कम्प्युटरमा समेत क्षति भएको बताएका छन्  ।

“प्रधानाध्यापकको बैठक बोलाउने तयारी गरेका छौँ । त्यसपछि कुन विद्यालयका कति क्षति भएको छ त्यसको वास्तविक तथ्याङ्क आउने छ ।” शिक्षा अधिकृत शाहले भने, “केही विद्यालय अझै सञ्चालनमा आउन सकेका छैनन् । ती विद्यालयलाई सञ्चालनमा ल्याउन विकल्प खोज्ने काम पनि भइरहेको छ ।” बाढीका कारण जनजीवन अस्तव्यस्त हुँदा त्यसको असर बालबालिकामा समेत परेको उल्लेख गर्दै शिक्षा अधिकृत शाहले सञ्चालन भएका विद्यालयमा पनि विद्यार्थीको उपस्थितिमा कमि आएको बताएका छन् ।

स्वास्थ्यमा विशेष सावधानी 

नगरपालिकाले बाढीका कारण विस्थापित भएका नागरिकमा सङ्क्रामक रोगको प्रकोप फैलिन सक्ने भन्दै विशेष सावधानी अपनाएको छ । विस्थापित भएका नागरिकलाई स्वस्थ्य चेकजाँचलाई निरन्तरता दिएको छ । स्वस्थ्य सामग्रीका साथै स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको स्वस्थ्य शाखाका प्रमुख कैलाश चौधरीले बताए ।

“बाढीका कारण हावापानीमा पूरा परिवर्तन भएको हुन्छ । अहिले डेङ्गुको सङ्क्रमण फैलिँदो अवस्थामा छ । त्यसको विशेष सावधानीमा नगरपालिका छ ।” स्वास्थ्य शाखा प्रमुख चौधरीले भने, “डेङ्गुु परीक्षणका लागि कीटको अभाव छ । खरिदको प्रक्रिया अगाडि बढाएका छौँ ।” उनले पिउने पानीका कारण रोग फैलिन सक्ने जोखिम रहेको बताए । शुद्ध  खानेपानीमा नागरिकको पहुँच नभएका कारण हाते नल्काको पानी पिउँदा स्वस्थ्य समस्या देखिन सक्ने बताए ।

मृतकका परिवारलाई नगद सहयोग 

सरकारले बाढीका कारण ज्यान गुमाएका भजनीका दुई परिवारलाई नगद रुपैयाँ हस्तान्तरण गरिएको छ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा रणबहादुर रावलले नगरपालिकाको वडा नं ८ का ६० वर्षीय कालुराम चौधरी र वडा नं ९ का २५ वर्षीय विनोद राजीको परिवारलाई जनही रु दुई लाखका दरले नगद सहयोग गरिएको हो । मन्त्री रावलले प्राकृतिक विपत्तिबाट मृत्यु भएका परिवारलाई जनही एक लाख २० हजार नगद सहयोग गर्ने निर्णय भएको बताए । उनले पूर्णरुपमा घरबारविहीन परिवारलाई रु ५० हजार नगद सहयोगको निर्णयसमेत भएको बताए ।

दीर्घकालीन समाधान खोज्दै नगरपालिका 

बर्सेनि स्थानीय नागरिक बाढी र डुबानको समस्या झेल्दै आएको भन्दै प्रदेश र सङ्घीय सरकारलाई दीर्घकालीन नदी नियन्त्रणमा सहयोग गर्न नगरपालिकाले अपिल गरेको छ ।  नगरपालिकाका नगर प्रमुख केवल चौधरीले नदी नियन्त्रणका लागि काम नभएसम्म भजनीका नागरिकले बाढी र डुबानको समस्याबाट छुटकारा पाउन नसक्ने बताए । 

“भजनी डुबानको मुख्य कारण कान्द्रा, काँढा र पथरैया नदी हुन र अर्को कारण भारतक कैलाश बाध पनि हो ।” नगर प्रमुख चौधरीले भने, “नदीमा पानीको सतह बढेपछि भारतले कैलाश बाधका ढोका बन्द गरेपछि भजनी डुबानमा पर्ने गरेको छ । यसको समाधानका लागि सङ्घीय सरकारले गम्भीरताका साथ लिनुपर्छ ।” 

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा रणबहादुर रावलले भजनीको दीर्घकालीन समाधानका लागि तीनै तहको सरकरको समन्वय हुन आवश्यक रहेको बताए । बाढी प्रभावित क्षेत्रको अनुगमनका क्रममा सङ्घीय सरकारले बढी जिम्मेवारी लिनुपर्ने बताउँदै प्रदेशले गर्ने कामका लागि आफूले मातहतका मन्त्रालयसँग समन्वय गर्ने बताएका छन् । “हामीले देख्दै, सुन्दै र समाचार माध्यममा पढ्दै पनि आएका छौँ, भजनीको अवस्था बर्सेनि कस्तो हुन्छ भन्ने कुरा ।” मन्त्री रावलले भने, “सानोतिनो योजनाले भजनीलाई बाढी र डुबानको जोखिमबाट बचाउन सकिँदैन । त्यसका लागि तिनै तहको सरकार सकारात्मक भएर समन्वय र सहयोग हुन आवश्यक छ ।”

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy