Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

‘आचारसंहिताले निर्वाचनको विश्वशनीयता कायम गर्छ’

खबरडबली संवाददाता

चितवन । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहित सबैले पालना गर्नुपर्ने बताएका छन्  । नेपाल कानुन समाजले आज यहाँ आयोजना गरेको निर्वाचन आचारसंहिता प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका विषयक कार्यक्रममा बोल्दै उनले  राजनीतिक दलका नेताहरुको उपस्थितिमा बनाइएको आचारसंहिता भएकाले साना र ठूला दल  भन्ने कुरा नहुने बताए  । 

आचारसंहिता कार्यान्वयनका लागि सरोकारवालाको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो । उनले भने “आचारसंहिता निर्वाचनको कार्यक्रममा सहभागिता जनाउने जो सुकैलाई पनि लागू हुन्छ ।” दलका प्रतिनिधिको सहमतिले आचारसंहिता बनेको बताउँदै उनले यो कार्यान्वयन गर्नु दल र उम्मेदवारको कर्तव्य हुने बताए  । आचारसंहिता कार्यान्वयनका लागि सरोकारवाला निकायसँगै कर्मचारीहरु पनि चनाखो हुनु पर्ने उनले बताए  । 

आचारसंहिता स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि बनाइएको बताउँदै उनले यसले निर्वाचनको विश्वशनीयता कायम गर्ने बताए  ।
 
कार्यक्रममा प्रधानमन्त्री कार्यालयका सचिव धनराज ज्ञवालीले आचारसंहिता नैतिक कानुनीबन्धन भएकाले सबैले पूर्ण रुपमा पालना गर्नुपर्ने बताए । उनले आँफैले बनाएको नियमको आँफैले उल्घन गर्नु भनेको दण्डनिय भएको बताउदै निर्वाचनमा हुने अपराध, दुव्र्यवहार, गलत अभ्यास, डर धाक, धम्की प्रलोभन जस्ता कार्य रोक्न सहयोग पुग्ने बताए  । निर्वाचन आचारसंहिताका प्रमुख बिषयहरु र सरोकारवालाको भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्दै सचिब ज्ञवालीले आचारसंहिता पालना भए नभएको अनुगमन गर्ने काम सबै पक्षबाट हुन जरुरी रहेको बताए  ।

निर्वाचनको मिति घोषणा हुनुअघि ठेक्का सम्झौता भएर सुरु भएका विकास निर्माणका काममा भने आचारसंहिता लागू नहुने उनले जानकारी दिए । कार्यक्रममा सङ्घ र प्रदेशसभा सदस्यको निर्वाचनमा खर्च र प्रचारप्रसार विषयमा कार्यपत्र प्रस्तुत गर्दै निर्वाचन आयोगकी उपसचिव लक्ष्मी शर्माले आयोगले निर्धारण गरेको खर्च भन्दा बढी रकम खर्च गर्न नपाईने बताए  । 

आयोगले रु २५ लाख देखि ३३ लाखसम्म भौगोलिक अवस्था अनुसार खर्चको निर्धारण गरेको उनले जानकारी दिए । कार्यक्रममा चितवनमा मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापा र प्रमुख जिल्ला अधिकारी अश्मान तामाङले जिल्लामा आचारसंहिता कार्यान्वयनका सवालमा उठेका प्रश्नको जवाफ दिएका थिए । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending