काठमाडौँ । निर्वाचनको समय नजिकिँदै जाँदा एउटै सञ्चारमाध्यमबाट एउटै दल तथा उम्मेदवारका विषयमा एकपक्षीयरुपमा समाचार सामग्री सम्प्रेषण भएको पाइएको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सञ्चारमाध्यममा आचारसंहिता पालनाका सन्दर्भमा प्रेस काउन्सिल नेपालले गरेको निर्वाचन विशेष अनुगनका क्रममा केही सञ्चारमाध्यममा अन्य कुनै दलका समाचारले स्थान नै नपाएको पाइएको हो ।
काउन्सिलले गत असोज २८ गतेदेखि निर्वाचनका समयमा सञ्चारमाध्यममा आचारसंहिता पालना भए/नभएको अनुगमन सुरु गरेको थियो । विसं २०७९ असोज ११ गतेदेखि मुलुकभर निर्वाचन आचारसंहिता लागू भएको थियो । अनुगमनका क्रममा कुनै राजनीतिक दलका उम्मेदवारलाई निर्वाचनमा हानी पु¥याउने किसिमले लेखसहितका सामग्री सम्प्रेषण भएको पाइएको थियो । अनुगमनका क्रममा छनोट गरिएका सञ्चारमाध्यमले सम्बन्धित क्षेत्रमा निश्चित उम्मेदवारले जित्ने सम्भावना प्रवल भएको, कुनै उम्मेदवारसम्बन्धी समाचारलाई सामाजिक सञ्जालमा ‘बुस्ट’ गर्ने गरिएको, एउटा दलको उम्मेदवारलाई निरिह र अर्कोलाई अतिप्रशंसा गर्ने प्रवृत्ति देखिएको पाइएको छ ।
अनुगमनका क्रममा प्राप्त तथ्यका आधारमा काउन्सिलले २८ वटा सञ्चारमाध्यमलाई आचारसंहिता उल्लङ्घनका गाम्भीयर्ताका आधारमा कारबाही गरेको छ । काउन्सिलले एक रेडियो, एक टेलिभिजन र एक पत्रपत्रिका तथा सात अनलाइनलाई स्पष्टीकरण सोधेको छ । पाँच वटा अनलाइनलाई ध्यानाकर्षण, पाँच अनलाइन, एक टेलिभिजन र दुई पत्रपत्रिकालाई सचेत तथा दुई अनलाइनलाई पत्रकार आचारसंहिता तथा निर्वाचन आचारसंहिता पालना गर्न निर्देशन दिइएको काउन्सिलका सूचना अधिकारी रामशरण बोहोराले जानकारी दिए । काउन्सिलले दुई अनलाइनलाई नेपालभित्र प्रकाशन÷प्रसारण गर्न नमिल्ने गरी रोक लगाएको छ ।
काउन्सिलले विषयगत र वस्तुगत विधिबाट निर्वाचनमा आचारसंहिता परिपालना भएरनभएको अनुगमन गरेको थियो । प्रदेशस्तरमा प्रकाशन र प्रसारणको पहुँचलाई हेरेर काउन्सिलले अनुगमनका लागि सञ्चारमाध्यमको नमूना छनोट गरेको थियो । यसबीचमा काउन्सिलले ६८ वटा पत्रपत्रिका, ८८ वटा अनलाइन, ३७ वटा रेडियो र १२ वटा टेलिभिजन गरी कूल दुई सय २५ वटा नमूना छनोट गरेको थियो । सञ्चारमाध्यम तथा पत्रकारबाट प्रयोग भएका सञ्चारमाध्यमको प्रवृत्तिगत अनुगमन गरिएको काउन्सिलले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: