Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

थान थन्क्याउन र तोरी लगाउने चटारो छ, दुई चार दिन अझै चुनावबारे सोच्ने फुर्सद छैन: किसान

खबरडबली संवाददाता

चितवन । यतिबेला जिल्लाका किसान खेतखेतमा छन् । उनीहरु धान थन्क्याउन, खेत खनजोत गर्न र तरकारी लगाउनमा व्यस्त छन् । यही समयमा परेको निर्वाचनको किसानलाई चासो छैन । मत माग्न घरमा पुगेका उम्मेदवार पर्चा घरमा छाडेर हिँड्ने गरेका छन् । कतिपय उम्मेदवार खेतबारीमै पुग्ने गरेका छन् ।

भोट माग्न खेतमा पुगेका उम्मेदवारलाई समय नमिलाएर निर्वाचन तोकेको भन्दै कतिपयले गालीसमेत गर्ने गरेका छन् । कतिपयले समयमा मल नपाएको गुनासो उम्मेदवारलाई गर्ने गरेका छन् । चितवनको मध्य र पश्चिम क्षेत्रमा धान थन्क्याउने चटारो छ भने पूर्वी क्षेत्रमा धानपछिको बाली र तरकारी लगाउन किसान व्यस्त छन् । 

भरतपुर महानगरपालिका–१५ का चन्द्रप्रसाद अधिकारी यतिबेला खेतमा व्यस्त छन् । आफूले लगाएको चार बिघा १० कठ्ठाको धान थन्क्याउने र नयाँबाली लगाउन उनलाई भ्याइनभ्याइ छ । अधिकारीले भने, “चुनावको कुरा गर्ने फुर्सद पनि छैन ।” कुन उम्मेदवारलाई भोट दिने भन्ने विषय खेतबारीमै चर्चा हुने गरेको छ ।

अर्मपर्म गरेर खेतीपाती थन्क्याउने क्रममा उम्मेदवारका बारेमा छलफल हुने गरेको भए पनि धेरै किसानले उम्मेदवार छान्न नभ्याएको अधिकारीले बताए । निर्वाचनको मिति तोक्नेले किसानका लागि समय नमिलाएको उनको गुनासो छ । गुञ्जानगरका विष्णु ढकालले सबै खेतबारीमा भएकाले उम्मेदवारले मतदाता भेट्न नसकेको बताए । उनले भने,  “खेतखेतमा पुग्न उम्मेदवारलाई पनि गाह्रै भयो, किसानले पनि यो बेला काम नगरी हुँदैन ।”

गाउँका स्थानीय नेतासमेत किसान हुने भएकाले चुनावी प्रचारप्रसार र घरदैलो समेत प्रभावित हुने गरेको छ । यस अघिका निर्वाचनमा ठूलो सङ्ख्यामा उपस्थिति देखिने गरेको भए पनि यतिबेला कम मात्रै मानिसको उपस्थिति रहने गरेको छ । ढकालले भने, “यो त धान थन्क्याउने र बाली लगाउने बेला हो, किसानका लागि उपयुक्त समय होइन ।” केही अघि वा पछि गरिदिएको भए सजिलो हुने उनको  सुझाव छ ।

माडी नगरपालिका–७ का नारायणप्रसाद काफ्ले यो खेती थन्क्याउने र लगाउने समय भएकाले निर्वाचनका बारेमा सोच्न नभ्याएको बताए । किसानहरु आफ्नै कामको माचोका कारण चुनावी कार्यक्रममा निस्किन नभ्याएको उनको भनाइ छ । काफ्लेले भने, “थान थन्क्याउन र तोरी लगाउने चटारो छ, दुई चार दिन अझै चुनावबारे सोच्ने फुर्सद छैन ।”

पूर्वी चितवनमा यतिबेला किसान तोरी र तरकारी लगाउन बढी व्यस्त छन् । भोट माग्न पुगेका उम्मेदवारलाई उनीहरुले समयमा मल नपाएको भन्दै गुनासो गर्ने गरेका छन् । आउँदो वर्षबाट मलको अभाव नहुने गरी काम गर्न उनीहरुले सुझाव दिने गरेका छन् । घरदैलो अभियानमा कतिपयले मल नपाएको भन्दै आक्रोशित हुने गरेको स्थानीय पत्रकार होमनाथ सापकोटाले जानकारी दिए ।

मतदाता घरमा नभेटिएपछि उम्मेदवारलाई पनि निकै कठिन हुने गरेको छ । केही दिनअघि भरतपुरमा पत्रकार सम्मेलनमा चितवन क्षेत्र नं ३ का उम्मेदवार डा भोजराज अधिकारीले किसान घरमा नभेटिँदा घरदैलो अभियानमा उपस्थिति सोचे जस्तो नभएको गुनासो गरेका थिए  । 

उम्मेदवारलाई प्रत्यक्ष रुपमा मतदाता भेट्न नपाउँदा सन्तुष्टि नमिल्ने गरेको बताए । कृषि ज्ञान केन्द्र भरतपुरका सूचना अधिकारी मीनबहादुर पुनले जिल्लामा यो समय धान थन्क्याउने र नयाँ बाली लगाउने बेला भएको बताए  । किसानलाई सबै समय व्यस्त हुने भए पनि यो समय बढी नै मेहनत गर्नुपर्ने समय भएको उनले बताए  । किसानले धान थन्क्याएपछि खेतमा जोतेर हिउँदे बाली लगाउने समय भएको उनको भनाइ छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies