Ntc summer Offer
Khabar Dabali २७ बैशाख २०८१ बिहीबार | 9th May, 2024 Thu
NIMB

रसुवाका उम्मेदवार घरदैलामा व्यस्त

खबरडबली संवाददाता

रसुवा । विगतका निर्वाचनका समयमा आमसभामार्फत मत माग्ने उम्मेदवार तथा नेता पछिल्लो समय घरदैलोमार्फत आ–आफ्ना पक्षमा मत माग्न व्यस्त छन् ।

नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) सहित गठबन्धन एवं नेकपा (एमाले), केही स्वतन्त्र उम्मेदवारले घरदैलो कार्यक्रमलाई व्यस्त बनाएका छन् । यहाँ प्रतिनिधिसभा सदस्यका लागि सात राजनीतिक दलले उम्मेदवारी दिएका छन् । 

जिल्लामा सत्ता गठबन्धन र नेकपा (एमाले)का उम्मेदवार बीच प्रतिस्पर्धा हुने देखिएकोे छ । सत्ता गठबन्धनले जनतामाझ नौकुण्डको पानी गाउँ–गाउँमा पु¥याउने, स्याउबारीबाट गोसाइँकुण्डसम्म मोटरबाटो निर्माण गर्ने, रसुवागढी नाका तथा रसुवामा सञ्चालित हाइड्रोपावरलाई व्यवस्थापन गराउने र शिक्षाको क्षेत्रमा गुणस्तर बढाउने प्रतिवद्धता जारी गरेको छ । 

कांग्रेस जिल्ला सभापति पेम्बाछिरिङ तामाङले जिल्लाका स्वास्थ्य क्षेत्रलाई सुधार गरी उपचारको उचित व्यवस्थापन गराउने, रोजगारीका अवसर सिर्जना गर्ने, गाउँ–टोल, बस्ती–बस्तीमा मोटरबाटो पु¥याई समृद्व रसुवा निर्माण, हिमाली क्षेत्रमा अग्र्यानिक कृषि उपज बढाउनेजस्ता समग्र विकासलाई पहिलो एजेण्डामा प्रस्तुत गरिएकोे जानकारी दिए । 

एमालेले  गाउँ समाजमा बस्ने दीर्घरोगीलाई निःशुल्क उपचार सेवा दिने, पाँचवटै गाउँपालिकामा सुविधायुक्त अस्पताल निर्माण गराउने, निःशुल्क गुणस्तरिय शिक्षा प्रदान गर्ने जनाएको छ । एमाले जिल्ला अध्यक्ष कर्नेल तामाङले आफ्नो दलको संसद्मार्फत रकम निकासा गराई विसं २०७० देखि २०७४ सम्म निर्माण गराइएको सबै सडकको स्तरोन्नति गरी कालोपत्र गर्ने, सडक सञ्जालले नछोएका स्थानमा फराकिलो सडक निर्माण गर्ने, गोसाइँकुण्ड केबुलकार निर्माणका लागि कार्यविधि पारित गराउने, युवा रोजगारजस्ता समग्र गतिविधि अगाडि बढाउने एजेण्डा लिएको जानकारी दिए  ।

प्रतिनिधिसभा सदस्य पदका गठबन्धनबाट उत्तरगया गाउँपालिका–५ लहरेका मोहन आचार्र्य र एमालेका तर्फबाट गोसाइँकुण्ड गाउँपालिका–६ धुञ्चेका छोवाङतेन्जिङ तामाङलाई उमेदवार खडा गरेको छ । उनहिरु जनताको घरदैलो कार्यक्रमअन्तर्गत गाउँ दौडाहामा व्यस्त छन् ।

यस्तै राप्रपाका तर्फबाट धैबुङ कटुञ्जेका टीकाप्रसाद देवकोटा, नेमकिपाबाट रामेश्वर वासी, मङ्गोल नेशनल अर्गनाइजेशनमा लहरेपौवा–४ का विकास गलान, जनसमाजवादी पार्टी नेपालबाट सिर्जना सुनार, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मीननाथ देवकोटासमेतका सात राजनीतिक दल र तीन स्वतन्त्र उमेदवार चुनावी मैदानमा उत्रिएका छन् ।

राप्रपाले स्थानीय हावापानी सुहाउँदो अग्र्यानिक कृषि उपज बढाउने, मलखादको व्यवस्थापनलाई पहिलो प्राथमिकता दिने, अपाङ्गता भएका र दीर्घकालीन रोग भएका नागरिकको निःशुल्क उपचार गर्ने, समुन्नत रसुवा निर्माणका लागि जनताको टट्कारो आवश्यक्ता पहिचान गर्ने गरी जनहितकारी कार्य सञ्चालन गर्ने जनाएको छ । 

अन्य उम्मेदवार पाटीखर्कका लीलाबहादुर न्यौपाने, बनुवा छापका रामशरण पौडेल र धुञ्चेका कार्सा वाङ्दी तामाङ रहेका छन् । स्वतन्त्र उम्मेदवार न्यौपानेले ६५ वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकलाई मासिकरूपमा स्वास्थ्य परीक्षण गर्ने, सम्भावना बोकेका सबै क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने, अधिकांश हिमाली बस्तीमा होमस्टे सञ्चालन गराउने, युवाका लागि रोजगारको व्यवस्थापकीय कार्य गर्ने, रसुवामा उत्पादित कृषि उपजलाई ढुवानी एवं बजार व्यवस्थापन गर्ने, धार्मिक एवं ऐतिहासिकस्थलको संरक्षण गर्ने, शिक्षा स्वास्थ्य एवं शिक्षालाई गुणस्तरीय बनाउनेजस्ता विविध विषयको चुनावी नारा अघि सार्नुभएको छ ।

अर्का स्वतन्त्र उमेदवार  पौडेलले विद्युत्, स्वास्थ्य र शिक्षालाई निःशुल्क गराउने, रोजगारको व्यवस्थापन गराउने, समुन्नत समाजको लागि असल कामको थालनी गराउनेजस्ता धेरै विषय उद्घोष गरेका छन् ।  खुलारूपको आमसभाभन्दा घरदैलो कार्यक्रमले आत्मीयता बढ्न गई विपक्षलाई पनि एक मत दिउँदिउँ भन्ने भावनाको जागरण बढ्ने विगतका निर्वाचनले पाठ सिकाएका कारण उम्मेदवारलाई मतदातासँग प्रत्यक्ष भेट गराई चुनावी माहोल अगाडि बढाइएको पार्टी जिल्ला अध्यक्षले बताएका छन् ।

प्रदेशसभा सदस्यमा मनोनयन दर्ता गराएका उमेदवारसमेत एकसाथ मत माग्न हिँड्ने गरेका छन् । प्रदेशसभा उमेदवार नेकपा (माओवादी केन्द्र)सहितको गठबन्धनबाट प्रदेश (१) मा कांग्रेसको तर्फबाट सानो भार्खुका प्रभात लामा, एमालेको तर्फबाट सरमथली फाम्चेतका कुलप्रसाद भट्ट, नेमकिपाको तर्फबाट बावुकाजी माकजु, राप्रपाबाट सरमथलीका महेशकुमार डङ्गोल, मङ्गोल नेशनल अर्गनाइजेशनबाट कालिका–४ का जितमान तामाङ, जनसमाजवादीको तर्फबाट नौकुण्ड–२ का कामी थोक्रा, ताम्सालिङ लोकतान्त्रिक पार्टीको तर्फबाट राम्चेका पाल्देन वाङ्दी तामाङ र स्वतन्त्र उम्मेदवारमा गोसाइँकुण्ड–६ का सिदार वाङजेन लामा रहेका छन् ।

दुईवटा प्रदेश रहेको जिल्लाको प्रदेश (२)मा भने कांग्रेस सहितको गठबन्धनबाट माओवादी केन्द्रबाट धैवुङ तल्लो धारापानीका इन्द्रप्रसाद गौतम, एमालेबाट हाकुबेँसीका तेम्व्रेल तामाङ, राप्रपाबाट लहरे उपल्लो पौवाका हरिप्रसाद घिमिरे, नेमकिपाबाट तुल्सीराम ग्वाछा, ताम्सालिङ लोकतान्त्रिक पार्टीबाट राम्चेका वाङ्जेन तामाङ, मङ्गोल नेशनल अर्गनाइजेशनबाट उत्तरगया–१ का वाङ्दे घले, नेपाली कांग्रेस (विपी)बाट बनुवाडाँडा चौकीटारका शारदाकुमार न्यौपाने र स्वतन्त्रमा आमा छोदिङ्मो–१ का चेसाङ तामाङ रहनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies