Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

निर्वाचनको सरगर्मी उत्साहजनक र वातावरण शालिनः आयोग

खबरडबली संवाददाता

काठमाडौँ  । देशभर हिउँदे चिसो बढेसँगै आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको चुनावी सरगर्मीको राप भने ह्वात्तै बढेको छ । पछिल्ला केही दिनयता निर्वाचन प्रचारप्रसारको काम सञ्चार माध्यमबाट प्रभावकारी रुपमा भइरहेको र उम्मेदवार पनि मत माग्न घरदैलो कार्यक्रममा व्यस्त रहेकाले चुनावको सरगर्मी तीव्ररुपमा अघि बढेको छ ।

निर्वाचनको प्रचारप्रसारमा तडक भडक नभएर अन्त्यन्त शालिन ढङ्गले अघि बढिरहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्माले बताए  । यसअघिका निर्वाचनका तुलनामा यस पटक  आचारसंहिताको पालनामा सुधार भई तुल ब्यानर, पोष्टर, पम्प्लेट र भित्ते लेखनबाट सहर कुरुप हुनबाट जोगिएको छ । “राजनीतिक दलले निर्वाचमा धेरै खर्च भयो प्रचारप्रसारको समय र खर्च कम गर्ने व्यवस्था गर्न भनेपछि आचारसंहितामा त्यो व्यवस्था गरिएको हो”, उनले भने, “अहिले  ध्वजापतका, पम्प्लेट, ब्यानर, माइक, आमसभाजस्ता विषय कम भए पनि निर्वाचन सबै मतदाताको मन मस्तिष्कमा छ, माहौल नभएको भन्न मिल्दैन, सहरको सुन्दरता पनि त कायम छ ।”

सञ्चार माध्यममा विज्ञापन, राजनीतिक दल र उम्मेदवारका कार्यक्रम, समाचार र अरु निर्वाचनसम्बन्धी सामग्रीले पनि निर्वाचनको महौल बनिरहेको छ । पछिल्ला निर्वाचनमा मतदाता र उम्मेदवार दुवै परिपक्क हुँदै गएकाले निर्वाचनको शालीन हुन पुगेको हो । प्रतिनिधिसभा सदस्य दुई सय ७५ र प्रदेशसभा सदस्य पाँच सय ५० सिटका लागि हुने निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता छन् ।

नेकपा ‘एमाले’ का नेता सुवास नेम्वाङले राजनीतिक दल, उम्मेदवार, मतदाता र लोकतन्त्र जति परिपक्क हुँदै जान्छ त्यति नै चुनाव शालिनरुपमा अघि बढदै जाने बताए । उनले भने,  “दल र निर्वाचन आयोगबीच छलफल गरेर मितव्ययी बनाउन चुनाव प्रचारप्रसारको प्रक्रिया र शैलीमा आमूलपरिवर्तन गरिएको छ । निर्वाचनप्रति जनता परिपक्क, उत्साह र जागरुक छन् । हामीले जे सोचेका थियौँै, त्यही भइरहेकोछ, म यसबाट खुसी छु ।”

पहिलाका चुनावमा तुल व्यानरले बजार र गाँउ छपक्कै हुने मात्र नभई मतदाता पनि विभिन्न दल विशेषका चुनाव चिह्न अंकित पोशाकले पहिरिएको देखिन्थ्यो । त्यसमा उम्मेदवारको खर्च धेरै हुन्थ्यो । यस पटकको  निर्वाचनलाई मितव्ययी बनाउने उद्देश्यले आयोग र दलले चुनाव प्रचारप्रसारका सबैमा प्रक्रियामा आमूल परिवर्तन गरेका हुन् । आमसभा र घरदैलो समेत यसपटक  १५ दिनमा सीमित गरिएकाले पनि पहिले जस्तो प्रचार भएन जनता निराश भएकी भन्ने कोणबाट टिप्पणी गरिए तापनि त्यो बुझाइ सही नभएको भनाइ छ ।

उम्मेदवार समक्ष मतदाताले अझै पनि खोइ त बाटो भनी जानेर वा नजानेर बिभिन्न माग र प्रश्न तेस्याइरहेका पूर्वसभामुख नेम्वाङले बताए  । जनता अहिले पनि निर्वाचनप्रति पहिलेकै जस्तै उत्सुक रही उम्मेदवार समक्ष यस्तो काम हुन प¥यो भनेर माग गर्ने गरेको त्यसको  टिपोट गर्दै प्रतिबद्धता जाहेर गर्ने गरेको पाइएको छ । तीस वर्षसम्म तपाईले के के काम गर्नुभयो त भनी प्रश्न गर्दै जनताले विधायकसँग अहिले पनि कुलो, सडक, धारा/पँधेरोका मुद्दालाई नै उठाउँदै आइरहेका देखिएको छ ।

नेपाली कांग्रेसका नेत्री पुष्पा भूषालले जिल्लाको भूगोलअनुरुप प्रचारप्रसारको समय अत्यन्त काम भएको र ठूला कार्यक्रम भन्दा घरदैलोलाई नै प्राथमिकतामा दिएका कारण निर्वाचनको वातावरण नदेखिएजस्ता भए पनि निर्वाचनप्रति जनताको उत्साह निकै राम्रो रहेको प्रतिक्र्रिया दिए  । उनले भने, “हामी आफै जनताको घर दैलोमा गएकाले तडकभडक यस पटक छैन, जनतामा उत्साह भने ठूलो छ ।”

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता अनिलकुमार झाले निर्वाचनमा मतदान गर्नका लागि जनता अत्यन्त उत्साही रहेको आफूले पाएको बताए  ।

उनले भने, “निष्ठाको राजनीतिका लागि चुनाव कम खर्चिलो हुनुपर्छ भन्ने मान्यताका आधारमा चुनाव प्रचारप्रसारको गतिविधि अघि बढेकोछ, कानुन निर्माण गर्ने दायित्व भए पनि जनताले हामीसँग मलखाद, सिँचाइ, सडक, बिउबीजन, खानेपानी, वैदेशिक रोजगारीलगायत सामाजिक मुद्दा उठाइरहेका छन् ।”

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies