Ntc summer Offer
Khabar Dabali १९ बैशाख २०८१ बुधबार | 1st May, 2024 Wed
NIMB

जागिरे जीवनबाट अवकाश भएपछि बाख्रापालन व्यवसायमा रमाउँदै हमाल

खबरडबली संवाददाता
घोराही । जुद्धबहादुर हमाल सेवानिवृत्त शिक्षक हन् । जागिरे जीवनबाट अवकाश भएपछि उनले बसीबसी आनन्दको जीवन व्यतित गर्न सक्थ्य तर उनी केही नगरी बसेनन् । घोराही उपमहानगरपालिका– ७ जवरपुरका ५७ वर्षका हमाल अहिले बाख्रापालन व्यवसायबाट मनग्य आम्दानी गर्दै आएका छन्  । 
 
विसं २०७५ देखि केही बाख्रा पालेर व्यवसाय सुरु गरेका उनी त्यसपछि सायिकरुपमा जनसेवा बाख्रा तथा कृषि फार्म दर्ता गरेर खसी बोकाको  मासु बिक्री र पाठापाठी पनि उत्पादन गर्दै आएका हुन्  । 
 
रोल्पा रुन्टीगढी गाउँपालिका–३ बाट बसाइँ सरी दाङ झरेका हमाल लामो समय शिक्षण पेशामा आबद्ध थिए । बीस वर्षपछि अवकाशप्राप्तपश्चात् खाली समयलाई सदुपयोग गर्दै बाख्रापालन व्यवसाय गर्न थालेको उनको भनाइ छ । हमालको परिवार विसं २०५२ सालमा दाङको देउखुरीमा र त्यहाँ करिब २० वर्षको बसाइपछि फेरि घोराही–७ जवरपुरमा बसाइँ सर्दै आएको हो । जगिरको समय सकिएपछि केही काम गर्नुपर्छ भन्ने सोचका साथ कृषि व्यवसायमा आबद्ध भएको उनले बताए  । 
 
“मैले खसी, बोकासँगै बीउका लागि बोयर जातको पाठापाठी बिक्री पनि गर्दै आएको छु”, हमालले भने,  आफूसँग नभएका मात्र अन्यत्रबाट पाठापाठी खरिद गरेर ल्याउने गरेको छु । हाल मेरो फार्ममा १३÷१४ वटा पाठापाठीसहित ८० बढी बाख्रा छन् । यसबाट वार्षिकरुपमा रु १०÷१२ लाख जति आम्दानी गर्दै आएको छु ।” यहाँ उत्पादन भएको शुद्ध बोयर जातको बोका तथा पाठीको माग विभिन्न जिल्लाबाट आउने गरेको छ । “यहाँ उत्पादन भएका बोयर जातको बोका तथा पाठीलाई बीउका रुपमा जिल्लाको विभिन्न ठाउँबाट माग हुने गरेको छ”, उनले भने, “उत्पादन गर्नसके बजारको कुनै समस्या छैन तर मागअनुसार उत्पादन गर्न सकिएको छैन ।” 
 
बाख्रापालनका लागि आवश्यक घाँस हमाल आफैँले उत्पादन गर्दै आएका छन् । उन्नत र आधुनिक जातको घाँस बर्सिम, जै लगाउनाका साथै  घाँसको पनि खेती गर्दछन् । योसँगै मसुरो, गहुँको भुस पनि उनले खुवाउने गरेका छन् । डाले घाँसको भने हमाललाई समस्या छैन  । बाख्रापालन नै परिवारको मुख्य आम्दानीको स्रोत भएको र यसबाट प्राप्त भएको आम्दानीले छोरा छोरीका लागि शिक्षा तथा घर खर्च मनग्य छ । बाख्रापालनमा उनको श्रीमती र छोराले पनि सहयोग गर्दै आएका छन् । 
 
तुलसीपुर उपमहानगरपालिका–१६ फचकुलुवाका किसान दिपेन्द्र वलीले पनि २०७५ सालदेखि  व्यावसायिकरुपमा बाख्रापालन व्यावसाय गर्दै आएका छन् । उनीसहित अन्य तीन साथी पनि मिलेर उक्त व्यावसाय गर्दै आएका छन् । उनीहरुको फार्ममा हाल पाठापाठी र अन्य गरेर एक सय ५० बढी बाख्रा  छन् । सुरुआती चरणमा रु एक करोड २५ लाखबाट व्यवसाय गरेको उक्त समूहले अहिले रु तीन करोड बराबरको कारोबार गर्न सफल भएको छ । 
 
केही रकम बैंकमा ऋण तिर्न बाँकी रहेको वली बताए  । एकीकृत कृषि तथा पशुपक्षी सहकारी संस्थामार्फत उक्त टोलीले व्यवसाय गर्दै आएको हो । पैसा कमाउनकै लागि विदेशिनुभन्दा आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचका साथ कृषि व्यवसायअन्तर्गत बाख्रापालन गर्दै आएको वलीको भनाइ छ । नेपाल व्यावसायिक बाख्रापालक महासङ्घ दाङ जिल्ला अध्यक्षका अध्यक्षसमेत रहेका वलीले खसीबोका बिक्रीका लागि महासङ्घमार्फत समन्वय गरेर बिक्री गर्दै आएको बताए । उक्त फार्ममा बोयर जातका खसीबोका पालिएका छन्  । 
 
बाख्रालाई घाँसका लागि उक्त समूहले सात कट्ठा जग्गामा घाँस लगाएको छ । पछिल्लो समय भने व्यावसायिकरुपमा कृषि व्यवसाय गर्दै आएका किसानले अनुदान नपाउने र विचौलियाको हातमा पर्ने हुँदा धेरै व्यवसायी बाख्रापालन व्यवसायबाट पलायन हुने अवस्था सिर्जना भएको वलीले बताए  । साथै नेपाल व्यावसायिक बाख्रापालक महासङ्घ दाङ जिल्ला अध्यक्ष भएको हुँदा किसानलाई कसरी व्यावसायिक र स्वरोजगारमुखी बनाउन सकिन्छ भन्नेतर्फ लागेको उनको भनाइ छ  । 
 
“सरकारले पनि किसानले उत्पादन गरेका वस्तुलाई बजारीकरणमा सहजीकरण गर्नुपर्छ”, वलीले भने, “बजारीकरणको समस्या हुँदा किसानले उत्पादन गरेका वस्तुले उचित मूल्यसमेत पाउन सकेका छैनन् ।”
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies