Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

कांग्रेस घाटामा एमाले र एमाओवादी नाफामा

गत वर्ष एमालेले १६ करोड, एमाओवादीले सात करोड र कांग्रेसले तीन करोड आम्दानी गरे । नयाँ पत्रिका दैनिकमा खबर छ–गत संविधानसभामा पार्टीका आयव्य व्यय विवरण निर्वाचनमा आयोगमा बुझाउँदा तीन ठूला दलमध्ये अहिलेको सबैभन्दा ठूलो दल कांग्रेस भने घाटामा गएको छ । एमाओवादी र एमाले भने बचतमा छन् । आयोगमा पेश गरिएको लेखा परीक्षण अनुसार आर्थिक वर्ष २०७०/७१ मा कांग्रेस १८ लाख ६९ हजार पाँच सय ७९ रुपैयाँ घाटामा छ । कांग्रेसले तीन करोड नौ लाख १२ हजार आठ सय ६६ रुपैया आम्दानी गरेको छ । तर, खर्च भने तीन करोड २७ ८२ हजार चार सय ४६ रुपैयाँ खर्च देखाएको छ । अघिल्लो वर्षको तुलनामा कांग्रेसले दुई करोड २५ लाख बढी आम्दानी गरेको देखिएको छ । आर्थिक कारोबारमा एमाले ठूलो दल देखिएको छ । २०७०/७१ मा १६ करोड ३१ लाख ३२ हजार तीन सय २४ रुपैयाँ आम्दानी गरेको छ । खर्च ११ करोढ ९३ लाख ९७ हजार ६ सय ८० रुपैया गरेको छ । अघिल्लो वर्ष एमालेले तीन करोड ९० लाख ८८७ हजार दुई सय ३० रुपैयाँ आम्दानी गरेको छ । खर्च तीन करोड ५३ लाख ११ हजार ३९ रुपैयाँ देखाएको छ । यसैगरी एमाओवादीे सात करोड ६६ लाख ६५ हजार एक सय ४४ रुपैयाँ आम्दानी गरेको देखिएको छ । खर्च चार करोड ५५ लाख ८९ हजार ९ सय २२ रुपैयाँ छ । विवरणमा कर्जासहितको मौज्दात तीन करोड १० लाख ७५ हजार दुई सय २२ रुपैयाँ रहेको छ । अघिल्लो वर्षभन्दा एमाओवादीको आम्दानी २० लाख ९८ हजार ६५ रुपैयाँ बढाएको छ । सबै दलले सदस्यता वितरण, लेबीलाई सबैभन्दा ठूलो आर्थिक स्रोत मानेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: