Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

नेपालमा धेरैमा देखिएको थायराइड रोग किन लाग्छ ? थाहा पाउनुस् यसका लक्षण

\"thyroid\"थायराइड नोड्युल भनेको थायराइड ग्रन्थीको असामान्य वृद्धि हो । थायराइड ग्रन्थी घाँटीमा पाइने गरिन्छ । यो ग्रन्थी सास नली र ट्रेकियाको चारैतर्फ पुलतीको आकारमा टाँसिएको हुन्छ । थायराइड नोड्युलका कारण थायराइड क्यान्सर हुने सम्भावनालाई नकार्न सकिन्न । यदि समयमा यसको निदान नगरेमा यसको आकार बढ्ने गर्दछ र यो बाहिरबाटै देखिन्छ ।   यसको कारण खाएको केही पनि खानेकुरा निल्न समस्या हुने गर्दछ । नेपालमा पनि थायराइडका बिरामी दिनानुदिन बढ्दो छ । स्वास्थ्य क्षेत्रमा बेथितीका कारण थायराइड नभएका मानिसहरुलाई पनि थायराइड भएको भन्दै औषधी दिइने गरिन्छ । आउनुहोस्, आज हामी तपाईंलाई थायराइड नोड्युलको लक्षण्को बारेमा जानकारी दिँदैछौं । ता कि आफूलाई थायराइड भए नभएको आफैं पहिचान गर्नमा तपाईंलाई मद्दत होस् ।   थायराइड नोड्युलका लक्षणः धेरैजसो अवस्थामा थायराइड नोड्युल सजिलै पहिचान गर्न गाह्रो हुन्छ । जबसम्म थायराइड सुन्निँदैन तबसम्म यसको लक्षण नै देखा पर्दैन । यसका लक्षण यस प्रकार छः – यो सुन्निने भएकाले यसलाई सजिलै सँग पहिचान गर्न सकिन्छ । – सुरुवाती अवस्थामा खानेकुरा निल्नमा समस्य हुन्छ । – कुनै अवस्थामा थायराइड नोड्युल अतिरिक्त मात्रामा थायराक्सिन हर्मोन निकाल्ने गर्दछ । – थायराइड नोड्युलका कारण अचानक तौल घट्नसक्छ । – मुटुको धड्कन पनि अनियमित हुने गर्दछ । कहिले कम त कहिले बढि – यसका कारण बोल्नमा पनि समस्या हुने गर्दछ किनभने यसले भोइस बक्स (लेरिंक्स)लाई संकुचित गरिदिन्छ । – राती सुत्नमा समस्या हुन्छ । यस्तो थायराइड नोड्युल बढ्दा हुने गर्दछ । – मांसपेशी कमजोर हुने गर्दछ जसका कारण बिरामीलाई कमजोर र थकान महसुस हुने गर्दछ ।   थायराइड नोड्युलका कारणः आयोडिनको कमीः खानामा आयोडिनको कमीका कारण थायराइड नोड्युल बढ्ने सम्भावना बढि हुने गर्दछ । यदि तपाईंको आहारमा आयोडिनको मात्रा कमी हुन्छ भने थायराइड ग्रन्थीमा थायराइड नोडलको विकास हुने गर्दछ । यद्यपी, यसको अर्थ यो होइन कि तपाईंले आयोडिनको कमी केवल नुनमार्फत पूर्ती गर्नसक्नुहुन्छ भन्ने होइन । यसको लागि तपाईंले आयोडिनयुक्त आहार पनि खान सक्नुहुन्छ । सबैभन्दा धेरै आयोडिन समून्द्रि माछामा पाइने गरिन्छ ।   थायराइडको टिस्युमार्फत यदि थायराइड टिस्यु असामान्य रुपमा बढिरहेको छ भने थायराइड नोड्युलको समस्या हुने गर्दछ । यस्तो स्थितीलाई थायराइड एडेनोमा नामले पनि चिनिन्छ–यद्यपी यो ननक्यान्सर हुने गर्दछ जसका कारण गम्भीर समस्या हुँदैन । केही एडेनोमा यस्तो पनि हुने गर्दछ जुन आफसेआफ थायराइड हार्मोनको उत्सर्जन पिट्युटरी ग्रन्थीभन्दा बाहिर गर्दछ । यसका कारण हाइपरथायराइडिज्म पनि समस्या पनि हुनसक्छ ।   थायराइड सुन्निनेः थायराइड ग्रन्थी जब लामो समयसम्म सुन्निने गर्दछ तब थायराइड नोड्युल हुने सम्भावना बढ्ने गर्दछ । यो स्थितीलाई थायराइडिटिस पनि भनिन्छ । समान्यतया हसीमोटोज एक प्रकारको विकार हो जसले थायराइड ग्रन्थीलाई सुन्नाउन सहयोग गर्दछ र थायराइड ग्रन्थीको कार्यक्षमतालाई कम गर्ने गर्दछ । यसलाई हाइपोथायराइडिज्म भनिन्छ ।   थायराइड क्यान्सरः थायराइड क्यान्सरमा नोड्युल सानो रहने धेरै सम्भावना हुन्छ । यदि परिवारमा कसैलाई यो रोग छ भने घरका अन्य सदस्यलाई पनि यो रोग लाग्ने सम्भावना हुन्छ । यदि तपाईंको उमेर ३० देखि ६० को बिचमा छ भने यसको जोखिम तपाईंलाई बढि हुने गर्दछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies