Khabar Dabali २४ असार २०८३ बुधबार | 8th July, 2026 Wed
Investment bank

इरानमा सरकारविरोधी प्रदर्शनकारीलाई पहिलो पटक मृत्युदण्ड

खबरडबली संवाददाता

काठमाडौं । इरानले सरकारविरुद्ध जारी प्रदर्शनमा सहभागी एक व्यक्तिलाई मृत्युदण्ड दिएको छ।

विरोध प्रदर्शन गर्नेलाई मृत्युदण्ड दिइएको यो पहिलो घटना हो। मोहसिन शेकारीलाई बिहीवार बिहान फाँसी दिइएको थियो।

उनीमाथि एउटा रिभोल्यूशनरी अदालतले “मोहरेबेह” अर्थात् ईश्वरविरुद्ध युद्ध शुरू गरेको आरोप लगाइएको थियो।

सेप्टेम्बरमा तेहरानको मुख्य सडक अवरुद्ध गरेको र अर्धसैनिक बलका एक सदस्यलाई छुरा प्रहार गरी घाइते बनाएको अभियोग थियो।

एक अभियानकर्मीका अनुसार उनलाई “कुनै प्रकियाबिना दोषी ठहर गरिएको थियो।”

“अन्तर्राष्ट्रिय समुदायले यो मृत्युदण्डविरुद्ध तत्काल र सशक्त प्रतिक्रिया जनाउनुपर्छ,” नर्वेस्थित इरान मानव अधिकारका निर्देशक महमुद अमिरी मोगदमले भने।

“शेकारीको मृत्युदण्डले इरान सरकारले गम्भीर परिणामहरू नभोगेमा हामीले प्रदर्शनकारीहरूको सामूहिक फाँसी देख्नेछौँ,” उनले थप भने।

बसिज प्रतिकार बललाई प्रायः विरोध प्रदर्शनहरूलाई शान्त बनाउन खटाइन्छ।

नोभेम्बर १ मा अदालतले शेकरीलाई “हत्या गर्ने, आतङ्क मच्चाउने र समाजको सुरक्षामा खलल पुर्‍याउने नियतले” झगडा गरेको एवं हतियार बोकेको आरोपमा दोषी ठहर गरेको हो।

अदालतको फैसलाविरुद्ध दोषी भनिएका शेकारीले अपिल गरेका थिए। तर उनीविरुद्ध पुरानै फैसलालाई सर्वोच्च अदालतले सदर गर्‍यो।

इरान मानव अधिकार संस्थाले भने शेकरीलाई “सोधपुछ र अन्य कानुनी कारबाहीको क्रममा उनको वकिलसँगको पहुँच नदिइएको” बताएको छ।

उक्त समूहले कट्टरपन्थी फार्स समाचार संस्थाले उनको मृत्युदण्डको केही घण्टापश्चात् “जबरजस्ती स्वीकारोक्ति” प्रसारण गरेको थियो।

उक्त भिडिओमा उनको दाहिने गालामा चोट देखिएको छ।

रिभोल्यूशनरी अदालतले “ईश्वरविरुद्धको दुस्मनी” वा “पृथ्वीमा भ्रष्टाचार” गरेको आरोपमा अन्य १० जना प्रदर्शनकारीलाई मृत्युदण्डको सजाय सुनाएको छ। यद्यपि अभियुक्तहरूको परिचय खुलाइएको छैन।

एम्नेस्टी इन्टरन्याश्नलका अनुसार मृत्युदण्डको सजाय “जनविद्रोहलाई दबाउन” र “आममानिसमा” त्रास पैदा गर्न नियोजित हो।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending