Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

सीके राउतको उदयलाई मधेसकेन्द्रित दलले कसरी हेरेका छन् ?

खबरडबली संवाददाता

काठमाडौं । पहिलो पटक संसदीय निर्वाचनमा सहभागी हुँदै सङ्घमा राष्ट्रिय दलको रूपमा ५ सिट सुरक्षित गरेको जनमत पार्टीको उदयलाई लिएर मधेसमै आधार भएका दलमध्ये कुनैले उसँग ‘सहकार्य गर्न सकिने’ त कतिपयले उक्त दलका कामलाई ‘थप केही समय हेरेर धारणा बनाउनुपर्ने’ बताएका छन्।

सङ्घमा सीके राउत नेतृत्वको जनमत पार्टीको हैसियत पुरानै दल लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल भन्दा ठूलो बनेको छ।

महन्थ ठाकुर नेतृत्वको दल लोसपाले प्रत्यक्षतर्फ ४ सिट मात्र जित्न सफल भयो भने समानुपातिकमा तीन प्रतिशत मत कटाउन नसक्दा उसले थप सिट पाउन र राष्ट्रिय दल बन्न सकेन।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले समेत समानुपातिकतर्फ जनमत पार्टी बराबर पाँच सिट हासिल गर्‍यो।

तर प्रत्यक्षमा सात सिट जितेको जनता समाजवादी पार्टीले समानुपातिकमा पाँच सहित १२ सिट पाएर छैटौँ ठूलो दल बनेको छ।

केन्द्रीय र प्रादेशिक राजनीतिमा सीके राउतको उदयबारे चासो बढिरहँदा एकजना राजनीतिक विश्लेषक चन्द्रकिशोरले उनीबारे अझै धेरै कुरा जान्न बाँकी रहेको ठान्छन्।

"वहाँ वास्तवमा हो के? चाहेको के हो? र जाने कहाँ हो? भन्ने अझै प्रस्ट छैन," चन्द्रकिशोर भन्छन्।

"सरकारमा पुग्नुभयो भने वहाँ वास्तवमा के हो भन्ने चिन्न सकिएला।"

‘सहकार्य हुनसक्छ’

मधेस प्रदेशमा समेत जनमत पार्टीले समानुपातिकतर्फ जसपा, नेपाल बराबरकै ७ सिट जितेको छ, लोसपाले भने २ सिट जितेको छ।

प्रत्यक्षतर्फ जसपाले ९, लोसपाले ७ सिट जितिरहँदा उसले ६ स्थानमा प्रत्यक्षतर्फ जितेको छ।

जसपाका एकजना नेता मनिषकुमार सुमनले चुनावबाहेकका अवस्थामा राज्यसँग मोलमलाई वा माग राखिरहँदा जनमत पार्टीसँग ‘मित्र दलका रूपमा सहकार्य गर्न सकिने’ ठान्छन्।

"सुरुमा वहाँले बोकेका एजेन्डाका कारण हामी सीके राउतजीलाई पृथक रूपमा हेर्थ्यौँ। तर स्थानीय तहको निर्वाचनदेखि वहाँहरूले आफ्नो अस्तित्वलाई स्थापित गर्नुभयो। अब हामीले वहाँलाई मधेसको एउटा साथी र शक्तिका रूपमा हेर्छौँ," जसपा,  नेपालका नेता सुमन भन्छन्।

लोसपा, नेपालका नेता केशव झाले समेत जसपा, नेपालका सुमनलेझैँ आफूहरूका मुद्दा अन्तिममा गएर संविधान संशोधनसँग जोडिने बताउँछन्।

"त्यो भनेको अङ्कगणितको विषय हो। संविधान संशोधन दुई तिहाइले मात्र सम्भव छ जुन हामी मधेसका सबै दल मिल्दा समेत संशोधन गर्न सक्ने मत ल्याउन सक्दैनौँ," झा भन्छन्।

"ठूला दलहरूसँग समेत सहकार्य आवश्यक नै छ। र गत पाँच वर्षमा हुन नसकेका कामलाई राम्रो लयमा गराउनका लागि जनमत पार्टी कति लड्न सक्छ भन्ने कुरा यतिखेर अहम् छ।"

सशङ्कित पनि

मतका हिसाबले पुराना दलप्रतिको निराशाको अभिव्यक्तिका रूपमा ‘यस चुनावमा नयाँ दलप्रति देखिएको लहरको भोट’ जनमत पार्टीले पाएको ठान्ने मनिषकुमार सुमन भोट ब्याङ्कमा पछिसम्म असर पार्ने ठान्दैनन्।

"सङ्गठनका हिसाबले हामी अझै पहिलो मधेसवादी शक्ति मात्र होइनौँ कि हाम्रो सङ्गठन देशव्यापी समेत छ। हामीले जनपक्षीय काम गरिरहँदा हाम्रो मत सुरक्षित नै रहन्छ। वहाँहरूको मत लहर मात्र हो," नेता सुमन भन्छन्।

"वहाँहरूले त्यो लहरको मतलाई आफ्नो बनाउन अलिकति मिहिनेत चाहिन्छ।"

तर राउतको दलले पाएको सफलता आफूहरूका लागि महत्त्वपूर्ण सन्देश रहेको रूपमा समेत पुराना दलले हेर्न थालेका छन्।

लोसपा नेता केशव झाले नयाँ दलहरू यसरी अघि बढ्नुलाई ‘जनताले परिवर्तन खोजेको सङ्केत’का रूपमा आफूहरूले हेरेको बताउँछन्।

"त्यसले यहाँको शक्ति सन्तुलनमा असर पार्ने नै भयो। तर यही अवस्था स्थायी रूपमा रहन्छ भन्ने चाहिँ छैन," लोसपा नेता झा भन्छन्।

"किनकी मुद्दामा वहाँको प्रस्टता अझै देखिएको छैन। एक दशकमा राउतजीमा देखिएको धेरै वैचारिक विचलनले गर्दा पनि भविष्यमा के होला भन्नेमा धेरै संशय छ। हामीले उठाउँदै आएका मुद्दामा वहाँको धेरै प्रस्टता छैन।"

केशव झाले यस पटकजस्तो आफ्ना कारण भन्दा पनि अरूका कारण आएको लोकप्रिय मत सधैँ नआउने हुँदा भोलिका दिनमा मुख्य मुद्दामा ‘जनताले वैचारिक प्रस्टता खोज्ने र त्यसले नै भविष्य निर्धारण गर्ने’ ठान्छन्।

सदन र सरकारमा परीक्षा

संसदीय राजनीतिमा नयाँ रहेका राउतले संसद्मा खेल्ने भूमिका र सरकारमा गए सेवा प्रवाहमा देखाउने कामले उनको ‘फैलावट निर्धारण गर्ने’ राजनीतिक विश्लेषक चन्द्रकिशोर ठान्छन्।

"त्यसरी बढ्दा वहाँले लिने भनेको जसपा र लोसपाको ठाउँ हो। अहिले प्राप्त गरेको हैसियतलाई वहाँले कति दिगो बनाइराख्न सक्नुहुन्छ वा संसदीय राजनीतिमा कसरी बचेर खेल्न सक्नुहुन्छ भन्नेले वहाँको भविष्य निर्धारण गर्छ," चन्द्रकिशोरको भनाइ छ।

यसबीचमा राउत खासगरी सङ्गठन विस्तारका क्रममा प्रभावकारी देखिने गरी सप्तरी, सिराहा र धनुषामा केन्द्रीत भएका देखिन्थे।

सप्तरी-२ मै उनले जसपा, नेपालका अध्यक्ष उपेन्द्र यादवलाई भारी मत अन्तरले चुनाव जितेका हुन्।

"मधेसका दलहरूले दिन नसकेको सेवा प्रवाह र नतिजाको विषयमा समेत राउतले लाभ लिनुभयो भने वहाँले जातीय रूपमा पिछडिएका समुदाय र बहुसङ्ख्यक यादव-मुस्लिममा अरू दल केन्द्रीत हुँदा वहाँ त्यसबाहेकका जातजातिमा केन्द्रीत हुनुभयो, " चन्द्रकिशोरको दृष्टिकोण छ।

तर अब राउतको वास्तविक परीक्षा संसद र सरकारमै हुने विश्लेषक चन्द्रकिशोर ठान्छन्। 

मधेस प्रदेशमा जनमत पार्टी सरकार गठनका लागि निर्णायक हुने ठानिएको छ। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending