बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले संघीयता कार्यान्वयनको महत्वपूर्ण जिम्मेवारी पूरा गरेको बताएका छन् ।
उनले प्रदेश सभाको दुई तिहाई मतले तोकेको देउखुरीस्थित स्थायी राजधानीमा प्रदेशका संरचना निर्माणको काम सुरु गरेको र सबै मन्त्रालयलाई तत्काल व्यवस्थापन गर्न लागेको बताएका छन् ।
रिपोटर्स क्लब लुम्बिनी प्रदेश कार्यालय बुटवलले सोमबार लालमटियास्थित मुख्यमन्त्री कार्यालयमा आयोजना गरेको साक्षात्कर कार्यक्रममा मुख्यमन्त्री केसीले राजधानी व्यवस्थापनको काम आफ्नै कार्यकालमा पूरा गर्न सकेको बताएका छन् ।
उनले प्रदेश सभाको भवन निर्माणको काम सकिएको र आगामी प्रदेश सभाको बैठक स्थायी राजधानीमै गरिने र मन्त्रालयका अन्य काम केही समयमा दाङ सारिसक्ने दावी गरेका छन् ।
नेपालमा रहेका सबै प्रदेश राजधानीमा सबैभन्दा नमुना लुम्बिनीलाई उत्कृष्ट बनाउने बताउँदै मुख्यमन्त्री केसीले राप्ती टेक्निकल शिक्षालयको कम्पाउण्डभित्र सबै मन्त्रालय, संसद भवन लगायतका संरचना तयारीको अन्तिम चरणमा रहेको केसीले बताएका छन् ।
तयारीबिना बुटवलस्थित अस्थायी मुकामबाट मन्त्रालय सारेको भन्दै केही राजनीतिक दलले अनावश्यक विरोध गरेको बताउँदै मुख्यमन्त्री केसीले सबैलाई एकपटक राजधानी क्षेत्रको अवलोकन गर्न आग्रह गरेका छन् ।
प्रदेशसभाको दुईतिहाई बहुमतले पारित गरेको विषयलाई हामीले कार्यान्वयन मात्रै गरेका हौं, कार्यान्वयन मात्रै हामीले गरेको हो, अब यसलाई सबै मिलेर नमुना बनाउने हो, सानो विषयमा विरोध गरेर अर्थ हुँदैन– केसीले भने ।
मंसिर २८ गते राजधानीका संरचनाहरु ल्याइएकोमा झण्डोत्तलन गरेर औपचारिक सुरुवात गरिने मुख्यमन्त्री केसीले बताए ।
‘स्थायी राजधानीमा स्थानीयको ठूलो उत्साह पाएका छौं, यहाँका सबै पालिका, संघसंस्था र स्थानीयले राजधानीको व्यवस्थापनको लागि ठूलो सहयोग गर्नुभएको छ,’, केसीले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - ०९:३२
काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...
पौष ४ गते, २०८२ - ०९:११
मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...
पौष ४ गते, २०८२ - ०९:०६
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...
पौष ४ गते, २०८२ - ०८:०९
म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...
पौष ४ गते, २०८२ - ०७:५६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...
पौष ४ गते, २०८२ - ०७:५३
काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...
पौष ४ गते, २०८२ - ०७:५०
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...
पौष ४ गते, २०८२ - ०७:४२
काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...
पौष ४ गते, २०८२ - ०७:२०
काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...
पौष ३ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...




प्रतिकृया लेख्नुहोस्: