लुम्बिनी । लुम्बिनी प्रदेशको स्थायी राजधानीको राप्ती उपत्यका देउखुरीबाट आज औपचारिकरूपमा कार्य प्रारम्भ भएको छ । सो प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आज यहाँ उद्घाटन भएको छ । आज यहाँ आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको झण्डोत्तोलन गरेको हो ।
प्रदेश प्रमुख शेरचनले विकासको क्षेत्रमा पछि परेको देउखुरी उपत्यका अब आधुनिक सहरका रूपमा विकसित हुने बताए । उनले यस क्षेत्रको स्वास्थ्य र शिक्षाको विकास समयअनुसार अघि बढाउनुपर्ने बताए । उनले देउखुरी क्षेत्रको विकासका लागि आफ्नो प्रयास रहने बताउँदै यसका लागि यहाँका स्थानीयवासी पनि लाग्नुपर्नेमा जोड दिए ।
त्यस्तै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेश सङ्घीयता कार्यान्वयनमा सफल हुँदै गएको बताए।
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रजित थारुले संवैधानिक व्यवस्था भएकाले लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकाबाट कसैले पनि अन्यत्र सार्न नसक्ने बताए । त्यस अवसरमा नेपाली कला र संस्कृतिमा आधारित झाँकीहरू पनि प्रदर्शन गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २१ गते, २०८२ - ०९:३०
बर्दिवास। महोत्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचनको कडा सुरक्षावीच विहिवार बिहान निर्धारित समयमा मतदान सुरु भएको छ । सबै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण...
फाल्गुन २१ गते, २०८२ - ०९:२६
काठमाडौं । बालेन शाहले काठमाडौं–२ को मतदान केन्द्रमा मतदान गरेका छन्। मतदान गरेपछि उनी झापा जाने तयारीमा रहेका छन्। सुरक्षा स्रोतका अनुसार बालेन मा...
फाल्गुन २१ गते, २०८२ - ०९:१४
ओखलढुंगा। ओखलढुंगा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–७, टोक्सलस्थित सहिद स्मृति आधारभूत विद्यालय सातसल्ले मतदान केन्द्र बिहान ९ बजेसम्म सुनसान रहेको छ।...
फाल्गुन २१ गते, २०८२ - ०९:०९
काठमाडौं। उदयपुरको कटारीको मतदान केन्द्रमा सुरक्षाकर्मीले बोकेको हतियार असावधानीवश पड्किएको छ। कटारी नगरपालिका–३ स्थित तरकारी तथा फलफूल केन्द्र ताव...
फाल्गुन २० गते, २०८२ - १९:१५
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन विरोधी गतिविधिमा सङ्लग्न एक सय ६० जना पक्राउ परेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महा...
फाल्गुन २० गते, २०८२ - १९:१०
इलाम। निर्वाचनको समयमा सुरक्षा चुुनौती आइलागे नेपाली सेना आधा घण्टामै पुग्ने जनाएको छ । २१ गते हुुने प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र, भयरहित र निष्...
फाल्गुन २० गते, २०८२ - १७:०६
काठमाडौँ । निर्वाचन नजिकिँदै जाँदा विगतमा भएका मतपत्र च्यातिने घटनाहरू पुन: चर्चामा आउने गरेका छन्। यस्ता घटनाले देशव्यापी बहस जन्माएसँगै निर्वाचन आयो...
फाल्गुन २० गते, २०८२ - १७:०१
काठमाडौँ । निर्वाचन आयोगले मतदान सम्पन्न भई मतगणना सुरु भएको २४ घण्टाभित्रै पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फको मत परिणाम सार्वजनिक गरिसक्ने ...
फाल्गुन २० गते, २०८२ - १६:५६
दमक। झापा क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई लक्षित गर्दै नेपाली सेनाले हवाई गस्ती सुरु गरेको छ । बिहीबार हुने निर्वाचनलाई ध्यान...
फाल्गुन २० गते, २०८२ - १६:५३
नेपालगन्ज । फागुन २१ गते विहिबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनकालागि बाँके निर्वाचन क्षेत्र नम्बर २ को मतगणना तयारी पूरा गरिएको छ । मतगणनाका लागि ...



प्रतिकृया लेख्नुहोस्: