Khabar Dabali २४ बैशाख २०८३ बिहीबार | 7th May, 2026 Thu

अमेरिकामा पन्ध्रौँ पटकको मतदानमा सभामुख निर्वाचित

खबरडबली संवाददाता

काठमाडौं । संयुक्त राज्य अमेरिकाको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सको सभामुखमा रिपब्लिकन केभिन मेकार्थी निर्वाचित भएका छन्।

त्यसले वासिङ्टनमा कैयौँ दिनदेखि कायम गतिरोध र विभाजनलाई अन्त्य गरेको छ। पन्ध्रौँ चरणको मतदान पछि उनी अन्ततः सफल भएका थिए। यो अमेरिकाको इतिहासमा १५० वर्ष भन्दा बढी समय यताको लामो गतिरोध हो।

रिपब्लिकन दलको एउटा सानो समूहले यसअघिको निरन्तर प्रयासलाई अवरुद्ध बनाइदिएका थिए। तर अन्ततः उक्त प्रस्तावको विपक्षमा रहेका ६ जनाले आफ्नो अडान छाडेका थिए। यसअघि शुक्रवार राति नाटकीय रूपमा एक मत नपुग्दा मेकार्थी सभामुख चुनिन सकेनन्।

त्यस बेला संसद्को च्याम्बरभित्र चर्को आरोप प्रत्यारोप देखिएको थियो। खसेको ४२८ मत मध्ये मेकार्थीले २१६ र डेमोक्याटका हाकीम जेफ्रिले २१२ मत प्राप्त गरेका थिए।

संसद्को प्रक्रिया प्रारम्भ भएको लगभग साढे १२ घण्टापछि र गतिरोध देखा परेको ४ दिनपछि उक्त परिणाम आएको थियो। राष्ट्रपति बाइडनले नयाँ सभामुखलाई बधाई दिँदै आफू रिपब्लिकनहरूसँग मिलेर काम गर्न तयार रहेको बताएका छन्।

यसअघि रिपब्लिकनहरूले सार्वजनिक रूपमा नै बाइडन, उनको प्रशासन र पारिवारिक व्यवसायका लेनदेनहरूमा छानबिन गर्ने बताएका थिए। तर सभामुख चुनिएको पहिलो दिन ह्वाइट हाउसबाट न्यानो शब्दमा सहकार्यको प्रस्ताव सार्वजनिक भएको छ।

ह्वाइट हाउसले सार्वजनिक गरेको विज्ञप्तिमा बाइडनले केही समय पहिले मिडटर्म निर्वाचनमार्फत मतदाताहरूले रिपब्लिकनहरूलाई आफूसँग मिलेर काम गर्ने अपेक्षा राखेको बताए।

पछिल्लो गतिरोधले संसद्का कतिपय महत्त्वपूर्ण जिम्मेवारी जस्तै समितिहरूको गठन र नयाँ सदस्यहरूको शपथग्रहण प्रभावित बनाएको थियो।

सभामुखलाई संसद्को बैठकको अजेण्डा तय गर्ने र विधायीकी जिम्मेवारीको सुपरिवेक्षण गर्ने अधिकार हुन्छ। राष्ट्रपति र उपराष्ट्रपतिपछिको मर्यादाक्रममा यो पद रहने गरेको छ।

यसैबीच केभीन मेकार्थीलाई सभामुख चयन गरिएपछि सदनका डेमोक्र्याट सदस्यहरूले रिपब्लिकन दलभित्रको अतिवादी खेमामा शक्ति पुगेको टिप्पणी गरेका छन्।

ट्विटरमा क्यालिफोर्नियाका प्रतिनिधि एरिक स्वालवेलले लेखेका छन्, “दुई वर्षअघि चरमपन्थीहरू संसद् भवन नियन्त्रणमा लिन विफल भएका थिए। आज केभिन मेकार्थीले उनीहरूलाई रिपब्लिकन दल नियन्त्रणमा लिन दिए।”

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending