Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

सन् २०२० पछि स्मार्टफोन बन्द हुने, थाहा पाउनुस् अरु महत्वपूर्ण कुराहरु

\"1-a-connected-world-report-1439375385-750\"भर्खरै ‘एलमन्ट १४’ को ‘इन्जिनियरिङः ए कनेक्टेड वल्र्ड रिपोर्ट’ ले निकालेको एक प्रतिवेदन अनुसार भविष्यमा हाम्रो शरिरले मेसिनमार्फत डाक्टरसँग कुराकानी गर्न थाल्नेछ । स्मार्टफोनमा कुराकानी गर्न बन्द हुनेछ र यसको सट्टामा आधुनिक गगल्स (चस्मा) हुनेछ जसले कुराकानी गर्न सम्भव गराउँछ । एलमंट १४ को यो रिपोर्टमा यस्ता केही कुराहरुको बारेमा जानकारी दिइएको छ जुन १० वर्षपछि वास्तविकतामा परिणत हुनेछन् । \"2-Internet-of-Everything-1439375446-750\"इन्टरनेट अफ एभ्रिथिङः भविष्यका पीढि जुन संसारमा हुनेछन्, त्यो हरेक तरिकाले जोडिएको हुनेछ । यो कनेक्टेड वल्र्डले हाम्रो समाज र हमीलाई कसरी परिवर्तन गर्नेछ ? निश्चित रुपमा, प्रविधिको हरेक कदमले मानव समाजलाई व्यापक रुपमा परिवर्तन गरेको हुन्छ । हुन त हामी त्यसलाई महसुस गर्न सक्दैनौं जब त्यो घटित हुन्छ । अब तिव्र रुपमा समाज र व्यक्ति बिचको समीकरण परिवर्तन भइरहेको छ । यो परिवर्तनले हामीलाई आफ्नो कुरा भन्नु भन्दा मात्र पनि अरु धेरै मौका दिएको हुन्छ । नबोली नै संवाद गर्ने प्रविधि (भर्चुअल टच) मा हुने सुधारको मद्दतले हामी केही कुरालाई छोएको महसुस गर्न सक्नेछौं । स्काई डाइवरसँगै हामी हाम फाल्न सक्नेछौं । यति मात्र होइन, कुनै सडकमा भइरहेको विरोध प्रदर्शनमा हज्जारौं किलोमिटर टाढा भएर पनि सहभागिता जनाउन सक्नुहुनेछ । इन्टरनेट अथवा ‘इन्टरनेट अफ एभ्रिथिङ’ । \"3प्रविधिमा संसार हराउनेछः विश्वव्यापी रुपमा सन् २००३ मा ५ सय मिलियन डिभाइस कनेक्टेड थियो अर्थात ०.०८ डिभाइसेज प्रति व्यक्ति । सन् २०१० सम्म यसको संख्या बढेर १२.५ बिलियन सम्म पुग्यो, प्रतिव्यक्ति ६ डिभाइसर प्रति व्यक्तिसम्म । यो शताब्दीको अन्त्यसम्म केनक्टेड डिभाइसको संख्या ५० बिलियनसम्म पुग्नेछ र जीवन इनोभेसन र टेक्नोलोजीमा निर्भर हुनेछ । अर्थात्, हामी त्यस्तो संसारमा पुग्दैछौं जहाँ पहिले कोही पनि पुग्न सकेको थिएन । सही जानकारी, सही साधन र सही क्षमतासँगै प्रविधिमा निकै प्रखर भएर तपाईं आफैंले नयाँ प्रविधिको निर्माण गर्न सक्नुहुन्छ । वास्तवमा यी स्मार्ट प्रविधीको सहायताले मानिसको वरिपरिको वातावरणसँगको सम्पर्क निकै बलियो हुनसक्छ । यसमा हाम्रो कुराहरु बुझ्ने क्षमता राम्रो हुनेछ । \"4-technology-1439375604-750\"स्मार्टफोन भूत हुनेछः स्मार्टफोन एक प्राविधिको उपज हो, यद्यपी यो यस शताब्दीसम्म मात्र रहनेछ र भविष्यमा संसारको कम विकसित मुलुकहरुमा मात्र यसको प्रयोग गरिनेछ । तर विकशित देशमा २१ औं शताब्दिको मध्य पुग्दा नुपुग्दै अरु पनि परिवर्तन हुनेछन् । स्मार्ट गगल्स अथवा शरिरमा फिट गरिने निकै साना इनपुट–आउटपुट डिभाइले फोनको स्थान लिनेछ । किराना पसलमा सामान किन्ने बेला हामी हेरक सामानलाई स्क्यान गरेर त्यसको बारेमा अतिरिक्त जानकारी र अरु मानिसहरुको सुझाव र टिप्पणी तुरुन्त लिन सक्छौं । यदि तपाईंलाई कुनै विशेष पदार्थबाट एलर्जी छ अथवा यदि तपाईंको शरिरलाई कुनै विशेष खानेकुराको आवश्यकता छ भने कुनै पदार्थलाई चाख्नु पहिले तपाईंले त्यसबारे सम्पूर्ण जानकारी पाउन सक्नुहुन्छ । त्यसपछि तपाईंले उक्त सामान लिनुपर्छ वा पर्दैन भन्ने जानकारी पाउनुहुन्छ । \"5-assistant-smartwatch-1439375645-750\"मोबाइलको असिस्टेन्ट स्मार्टवाचः स्मार्टवाचलाई निकै मन पराइएको छ । यदि तपाईं आफ्नो फोनबाट टाढा जाँदै हुनुहुन्छ भने एप्सको सहायताले घडीले अलर्ट दिइरहेको हुन्छ । अर्थात, फोन बिर्सने झण्झटबाट मुक्ति । घडीबाट भोइस कमान्ड दिनु मानिसहरुका लागि फाइदाजनक हुनेछ । स्मार्टवाच मोबाइल फोनको राम्रो असिस्टेन्ट हुनसक्छ । फोनमा तपाईं मेलदेखि मेसेजिङ अलर्ट अथवा म्याप नेभिगेसजसम्म गर्न सक्नुहुन्छ । नोटिफिकेसन यसमा आउने गर्दछ । हेल्थ एप्स यसमा धेरै छ र यसले तपाईंको क्यालोरी बर्न गर्ने तरिका पनि रिड गर्न सक्छ । क्यामरा र हेल्थसँग जोडिएका सबै एप्स र फिचर यसमा छन् । \"6-electric-cars-1439375684-750\"ड्राइभरलेस इलेक्ट्रिक कारहरुः मानिसहरुको रुचीलाई हेर्दै गर्दा सन् २०१८ सम्म इलेक्ट्रिक बाहनको माग बढ्नेछ । यो कारलाई सस्तो गर्नको लागि सहुलियत पनि दिन सकिन्छ । दुबईमा त पेट्रोल स्टेशन, मल, हवाई अड्डामा इलेक्ट्रिक कार पार्क गर्नको लागि निःशुल्क ठाउँको प्रावधान हुन्छ । धेरैजसो देशमा ऊर्जाको खपत र ग्रीनहाउस ग्याँसको उत्सर्जन कम गर्ने कोशिसरत छन् । यता हाइब्रिड कारको माग बढिरहेको छ । यद्यपी, यी कारहरुलाई मानिसहरु लामो समयसम्म चलाउन डराउँछन् तर भविष्यमा मानिसहरु ड्राइभरलेस कारमा सयर पनि गर्नेछन् र वेबसँग पनि जोडिनेछन् । \"7-Healthcare-monitoring-1439375733-750\"हेल्थकेयर मोनिटरिङः स्वास्थ्य सेवाहरुमा लगाउन मिल्ने प्रविधिको प्रयोग भइसकेको छ । तपाईंले आफ्नो स्वास्थ्यप्रति पनि चिन्ता गर्नु पर्दैन । विशेषगरी त्यस्ता सेवाहरुको माग बढ्नेछ जसले जीवन बढाउन मद्द गर्दछ । धनी मानिसहरुसँग मात्र हृदयघातको क्रममा ज्यान बचाउने प्रविधि शरिरमा फिट गरिएको मोनिटर हुनेछैन ? यो जानकारीहरुलाई सबै मानिसहरुलाई उपलब्ध गराउने दबाब त्यस्तै हुन्छ जस्तो कुनै अन्य स्वास्थ्य सम्बन्धि सेवामा हुने गर्दछ । गति, अंगको सक्रियता, ब्लड सुगर, यहाँसम्म कि दिमागको अवस्थाको पनि जानकारी तपाईंले छिन छिनमा पाउनुहुनेछ । हीट सिग्रेचर (शरिर अथवा गतिबाट निकाल्ने गर्मी) बाट हामीलाई थाहा हुनेछ कि के हामी तिब्र गतिमा आइरहेको कारको बाटोमा त छैनौं । स्लिपिङ मोनिटर, हेल्थ ट्र्याकरले तपाईंको स्वास्थ्यप्रति तपाईंलाई सचेत गराइरहन्छन् । \"8-Wearable-gadgets-1439375807-750\"लगाउन मिल्ने ग्याजेटः वियरेबल टेकनिक डिभाइसेज अथवा ग्याजेट त्यस्तो हुन्छ जसलाई प्रयोगकताए शरिरमा लगाएर हिँड्न सक्छन् । तिनीहरुलाई यस्तो प्रकारले डिजाइन गरिएको हुन्छ जुन तपाईंको शरिरमा कपडा अथवा गहना जसरी लगाउन सक्नुहुन्छ जसले तपाईंको हेल्थ र फिटनेसजस्ता कुराहरुमा निगरानी राख्दछ । यसमा एडभान्स इलेक्ट्रोनिक टेकनिक हुन्छ । वियरेबल डिभाइसेजको सबैभन्दा राम्रो उदाहरण गूगल ग्लास हो । यो वियरेबल कम्प्युटर हो, जसलाई चश्माको रुपमा लगाइन्छ । यसलाई भोइस कमान्ड दिएर चलाइन्छ । यसको प्रयोगले तपाईं फोटो खिच्न सक्नुहुन्छ, मेसेज पठाउन सक्नुहुन्छ, यसबाट दिशा पत्ता लगाउन सकिन्छ । प्रयोगकर्ताहरुबाट आइरहेको प्रतिक्रियाका कारण सन् २०१५ लाई वियरेबल प्रविधिका लागि निकै महत्वपूर्ण मानिएको छ । ब्रिटेनमा यतिबेला ८० लाखभन्दा बढि मानिसहरु कुनै न कुनै प्रकारको वियरेबल डिभाइसेसको प्रयोग गरिरहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies