काठमाडौँ । फिल्म ‘डिसेम्बर फल्स’मा अभिनेता आर्यन सिग्देल छन् भने उनको ‘को–स्टार’ उपासनासिंह ठकुरी छिन्।
आफ्नो उमेरभन्दा आधा उमेर कम भएकी अभिनेत्री ठकुरीसँग अभिनेता सिग्देलले ‘अनस्क्रिन रोमान्स’ गरेका छन्।
यी दुईको जोडीलाई दर्शकले समेत रुचाएका छन्। अभिनेत्री ठकुरीले ‘डेब्यु’ फिल्मदेखि नै आफ्नो उमेर समूहको अभिनेतासँग नदेखिएको बताइन्।
“डेब्यु फिल्म ड्रिम्समै अनमोल केसी मभन्दा पाँच वर्ष जेठो हुनुहुन्थ्यो। त्यसपछि दयाहाङ राई, सौगात मल्लसँग काम गरेँ। मलाई उमेर अन्तरले असर गरेको छैन। उहाँहरूको अनुभवले सिक्ने अवसर पाएकी छु”, अभिनेत्री ठकुरीले भनिन्, “अभिनेत्रीलाई आफ्नै उमेर समूहको को–स्टार पाउन सहज छैन। यद्यपि उमेर अन्तर भने मैले अभिनय गरेका कुनै कलाकारमा देखिएको छैन।”
अभिनेत्री ठकुरीझैँ साम्राज्ञी आरएल शाहले पनि अभिनेता केसी र सिग्देलसँग काम गरिसकेका छिन्। उनी अभिनित पछिल्लो फिल्म ‘ह्यारी कि प्यारी’ मा जोडी हास्यकलाकार जितु नेपाल छन्।
अभिनेता सिग्देलसँग स्क्रिन सेयर गर्दा नै उनले विभिन्न प्रतिक्रिया पाएकी थिइन्। “हामीले पर्दामा भूमिका निर्वाह गर्छौं। त्यसैले गर्दा मलाई उमेर अन्तरले फरक पार्छजस्तो लाग्दैन। यद्यपि सुहाउँदो भने हुनुपर्छ”, अभिनेत्री शाहले भनिन्। रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २२ गते, २०७९ - ०९:४०
दाङ । बालविवाह न्यूनीकरण गर्न धर्मगुरुलाई अभिमुखीकरण दिन थालिएको छ । तुलसीपुर उपमहानगरपालिकाका महिला, बालबालिका तथा सामाजिक विकास शाखाले बालविवाह न्यू...
माघ २२ गते, २०७९ - ०९:३५
काठमाडौँ । बागमती प्रदेश सरकारले साना तथा टुक्रे आयोजनाको विकल्पमा ठूला र धेरै लाभ दिने परियोजनाको विकासलाई प्रमुख प्राथमिकता दिने भएको छ । टुक्रे र स...
माघ २२ गते, २०७९ - ०८:५५
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ। वर्तमान संसदको पहिलो अधिवशेनको सातौँ बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्न लागेको ...
माघ २२ गते, २०७९ - ०८:४२
काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ । ९५ वर्षीय जबराको उपचारका क्रममा आज बिहान नर्भिक अस्पतालमा निधन भएको ...
माघ २२ गते, २०७९ - ०८:३५
काठमाडौं । चितवन २ बाट निर्वाचित रवि लामिछानेको सांसद पद अदालतले खारेज गरिदिएपछि दोस्रो भएका नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले स्वतः विजयीको माग ग...
माघ २२ गते, २०७९ - ०८:२६
काठमाडौं । प्रतिनिधिसभाको आज बस्ने बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी सहभागी नहुने भएको छ । सरकारमा बसिरहने कि बाहिरिने सम्बन्धमा निर्णय लिन पार्टी...
माघ २२ गते, २०७९ - ०८:१५
भारतमा विलय भएपछि अहिलेसम्म बने ६ जना मुख्यमन्त्री
माघ २२ गते, २०७९ - ०८:००
काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव परेको छ । जसका कारण देशको पहाडी भू-भागमा आंशिक बदली भएको छ भने तराईका धेरै भू-भागहरुमा हुस्सु र कुहिरो...
माघ २२ गते, २०७९ - ०७:४४
भोजपुर । बाँदरको उपद्रो बढेपछि भोजपुरको तल्लो भेगका बस्ती खाली हुन थालेका छन् । बाँदरले बारीमा लगाएको अन्नबाली नष्ट पारेपछि स्थानीयवासी बस्ती छाड्न बा...
माघ २२ गते, २०७९ - ०७:३८
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबादुर खड्काले बलात्कारको आरोपीलाई कुनै हालतमा उन्मुक्ति सह्य नहुने बताएका छन्। शनिबार सामाजिक सञ्जाल ट...
प्रतिकृया लेख्नुहोस्: