बारा । जनमत पार्टीका केन्द्रीय अध्यक्ष एवं सांसद डा सिके राउतले अहिलेको आवश्यकता राष्ट्रिय सहमति भएको बताएका छन् ।
बाराको कलैयामा मंगलबार आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष राउतले राष्ट्रपतिका लागि राष्ट्रिय सहमतिको खोजी भइरहेको बताए ।
उनले मधेस प्रदेशमा आफ्नो पार्टीलाई सबैभन्दा ठूलो बनाउने गरी काम गरिरहेको उल्लेख गरे । अन्य मधेस केन्द्रित दलले सत्ता र शक्तिका लागि मात्र राजनीति गरेको उनले आरोप लगाए ।
“मधेसी जनताको भावनामाथि खेलबाड गर्ने काम मात्र हुँदै आएको छ, अब जनमत पार्टी मधेसी जनताको भावना अनुसार अगाडि बढ्छ”, उनले भने ।
सो अवसरमा अध्यक्ष राउतले शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर काम गर्नका लागि संघीय र प्रदेश सरकारमा रहेका मन्त्रीहरुलाई निर्देशन दिए । संघीयता कमजोर पार्ने खेल हुन थालेको उल्लेख गर्दै उनले त्यसतर्फ आफ्नो पार्टी सचेत रहेको बताए ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य रामबाबु साह, सुनिल यादव, रौसन खातुन, गजानन्द यादव, सन्तोष पटेल, राजेश साहलगायतले आ–आफ्नो धारणा राखेका थिए । सो अवसरमा विभिन्न पार्टी परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेकालाई अध्यक्ष राउतले टिका लगाएर स्वागत गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २१ गते, २०८१ - ०९:३४
चितवन । बागमती प्रदेशमा पर्ने उपत्यकाका तीन जिल्लाबाहेकका जिल्लामा चाडपर्वका समयमा सवारी दुर्घटनामा परी २४ जनाको मृत्यु भएको छ । काठमाडौँ, भक्तपुर ...
कार्तिक २१ गते, २०८१ - ०९:२६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा अनुसन्धान जारी छ ...
कार्तिक २१ गते, २०८१ - ०९:१२
काठमाडौं । यो वर्षको तिहारमा ५० करोड रुपैयाँ बराबर फूलको कारोबार भएको छ। सबैभन्दा बढी खपत काठमाडौं उपत्यकामा भएको छ । फ्लोरिकल्चर एसोसिएसनका अध्यक्...
कार्तिक २१ गते, २०८१ - ०९:०४
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सात सय ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् । एयर अरेबियाको विमान चढेर शारजाहबाट काठम...
कार्तिक २१ गते, २०८१ - ०८:२१
महोत्तरी । जिल्ला सदरमुकाम जलेश्वरमा छठपर्वमा बिक्री गर्ने उद्देश्यले व्यवसायीले भारतबाट रु ५० लाख बराबरका केरा भित्र्याएका छन्। आज जलेश्वरमा लाग्न...
कार्तिक २१ गते, २०८१ - ०८:०६
वासिङटन डिसी । अमेरिकामा राष्ट्रपतीय निर्वाचनका लागि जारी मतदान सकिन केही घण्टा मात्रै बाँकी छ । ५३८ इलेक्टोरल भोट अर्थात् ५० राज्यका सिटका लागि मं...
कार्तिक २१ गते, २०८१ - ०७:४२
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए)को क्षमता अभिवृद्धि गरिँदैछ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले यही कात्तिक २३ गतेदेखि दैन...
कार्तिक २१ गते, २०८१ - ०७:३६
धरान । बराहक्षेत्र नगरपालिका-६ का अर्जुन विष्टले २०७७ सालमा नेपाल प्रहरीको सेवाबाट निवृत्त भएपछि सुरुमा वैदेशिक रोजगारीमा जाने सोच बनाएका थिए । तर पछि...
कार्तिक २१ गते, २०८१ - ०७:३३
मंसिर २ गते उम्मेदवारी दर्ता
कार्तिक २१ गते, २०८१ - ०७:२४
भरतपुर । रत्ननगर नगरपालिका–२ सब्जिमण्डीस्थित पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जनाको अवस्था गम्भीर छ । खै...
प्रतिकृया लेख्नुहोस्: