Ntc summer Offer
Khabar Dabali ८ आश्विन २०८१ मंगलवार | 24th September, 2024 Tue
NIMB

बैतडीमा १३० नवजात शिशुको मृत्यु

खबरडबली संवाददाता

बैतडी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा तीन वर्षमा एक सय ३०  नवजात शिशुको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/७७ देखि आव २०७८/७९ सम्म ती शिशुको मृत्यु भएको हो । 

यहाँ हरेक वर्ष नवजात शिशु मृत्युदर बढ्दै गएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । आव २०७६/७७ मा ३१, आव २०७७/७८ मा ४८ नवजात शिशुको मृत्यु भएको थियो । गत आवमा ५१  नवजात शिशुको मृत्यु भएको उनले जानकारी दिए ।  

गत आवमा सबैभन्दा बढी पुर्चौंडी नगरपालिकामा १३ नवजात शिशुको मृत्यु भएको थियो । यस्तै मेलौली नगरपालिकामा ११, सिगास गाउँपालिकामा छ, दशरथचन्द र पाटन नगरपालिकामा पाँच÷पाँच, डिलाशैनी र शिवनाथ गाउँपालिकामा चार÷चार तथा सुर्नया गाउँपालिकामा दुई नवजात शिशुको मृत्यु भएको छ । 

स्वास्थ्य संस्थामा दक्ष प्रसूतिकर्मी नहुनु, सुत्केरी हुन स्वास्थ्य संस्था नजानुलगायत कारणले नवजात शिशुको मृत्यु हुने गरेको छ ।  समय अगावै जन्मिनु, नवजात शिशुमा सङ्क्रमण हुनु र निस्सासिएर पनि शिशुको मृत्यु हुने गरेको स्वास्थ्य प्रमुख भट्टको भनाइ छ ।  

जिल्लामा एक सय ३० सुरक्षित प्रसूति सेवा केन्द्र सञ्चालनमा छन् । नवजात शिशुको मृत्यु रोकथामका लागि स्थानीय तहले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्नेमा सरोकारवालाको जोड छ । स्वास्थ्यका सम्पूर्ण अधिकार स्थानीय तहमा रहेका भए पनि स्थानीय तहले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा नराख्दा विभिन्न समस्या देखिन थालेका छन् ।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनसम्म हुन्छ : मन्त्री चौधरी

सप्तरी । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कर्णाली प्रदेशमा आयोजना गर्न लागेको १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुन महिनासम्म सञ्चालन हु...

दिल्लीकी मुख्यमन्त्री आतिशीले किन राखिन खाली कुर्सी ?

काठमाडौँ । भारतको दिल्लीकी मुख्यमन्त्री आतिशी मरलानले आजदेखि आफ्नो कार्यभार सम्हालेकी छन् । तर कार्यभार सम्हाल्ने क्रममा उनले मुख्यमन्त्रीको कुर्सि खा...

नेपाली साहित्यको विकासमा राष्ट्रकवि घिमिरेको योगदान अतुलनीय : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली भाषा, साहित्यको विकासमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको योगदान अतुलनीय रहेको बताएको छन् । राष्ट्रकवि ...

साफ यु–१७ फुटबल : श्रीलङ्कामाथि नेपालको सहज जित

काठमाडौँ । नेपालले भुटानमा जारी साफ यु–१७ च्याम्पियनसिपको दोस्रो खेलमा श्रीलङ्कामाथि सहज जित निकालेको छ । भुटानको चाङ्लिमिथाङ स्टेडियममा सोमबार भएक...

सांसदहरु उपस्थित नभएपछि संसदीय सुनुवाइ समितिको बैठक स्थगित

काठमाडौँ। संसदीय सुनुवाइ समितिको बैठक स्थगित भएको छ । सोमबार श्रीलङ्काका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको नाम पारित गर्ने वा अस्वीकार गर्ने भ...

सहकारीको रकम अपचलन प्रकरण : छविलाल जोशीलाई ५ दिन हिरासतमा राख्न अनुमति

पोखरा । सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक छविलाल जोशीलाई ५ दिन प्रहरी हिरासतै राखेर अनुसन्धान गर्न अदालतले ...

सरकारलाई घेराबन्दी गर्ने प्रयास भयो : महासचिव पोखरेल

देउखुरी। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले मुख्य दुई दल मिलेर बनेको सरकारलाई घेराबन्दी गर्ने प्रयास भइरहेको बताएको छन् । दाङको लमहीमा एमालेको लम...

कांग्रेसको संसदीय मामिला विभागमा १० सदस्य मनोनित

काठमाडौं । नेपाली कांग्रेसका सभापति रबहादुर देउवाले पार्टीको संसदीय मामिला विभागमा १० सदस्य मनोनित गरेका छन् । गोविन्दबहादुर शाह प्रमुख रहेको उक्त ...

माछा मार्न गएका युवा दुधकोशी नदीमा बेपत्ता

खोटाङ । माछा मार्न गएका युवा दुधकोशी नदीमा बेपत्ता भएका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका १८ वर्षीय घनश्याम पुलामी मगर दुधकोशी नदीमा ब...

नेप्सेमा ५९ अंकको गिरावट, ५ अर्बको कारोबार

काठमाडौँ । नेप्सेमा आज ५९ अङ्कको गिरावट आएको छ । सोमबार नेप्से ५९.०२ अङ्कले घटेर २५२९.३३ विन्दुमा रोकिएको हो । आज ३२९ कम्पनिको कारोबार हुदा एक करोड...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy