Khabar Dabali १६ जेष्ठ २०८३ शनिबार | 30th May, 2026 Sat
Investment bank

कार्यदलमा मस्यौदामाथि छलफल जारी

\"masyouda\"काठमाडौँ । संविधान मस्यौदा समितिले गठन गरेको कार्यदलले संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले पेस गरेको प्रतिवेदनका आधारमा संविधानको अन्तिम मस्यौदा तयार पार्ने प्रक्रिया सुरु गरेको छ । संवाद समितिको प्रतिवेदनलाई कानुनी तथा संवैधानिक भाषामा ढाल्ने, सूत्रबद्ध गर्ने प्रक्रिया सुरु गरिएको छ । कार्यदलमा रहेका सदस्यले जनताको भावना र मुलुकका विभिन्न तह तथा तप्काले दिएको सुझावलाई मध्यनजर गर्ने तथा संविधानसभाले दिएको निर्देशनका आधारमा अन्तिम मस्यौदाको प्रक्रिया सुरु गरिएको हो । समितिका सदस्य सीता नेपालीका अनुसार आज अबेरसम्म कार्यदलमा छलफल हुने र शनिबार बिहानैबाट थप छलफल गरी मस्यौदालाई अन्तिम रुप दिइनेछ । प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच छलफल जारी रहेको र विवादित विषयमा सहमति नभइसकेको अवस्थामा मिलेका विषयमा मात्रै अन्तिम मस्यौदा गरिनेछ । मस्यौदा समितिले सभापति कृष्ण सिटौलाको संयोजकत्वमा भरतमोहन अधिकारी, हितराज पाण्डे, रमेश लेखक, अइन्द्रसुन्दर नेम्वाङ, जितेन्द्र देव रहनुभएको कार्यदल गठन गरेको थियो । आवश्यकताका आधारमा अन्य सदस्यलाई समेत कार्यदलको बैठकमा सहभागी गराइनेछ । प्रमुख दलका बीचमा धर्मनिरपेक्षता, मत प्रतिशत सीमा र संवैधानिक अङ्गका प्रमुखको पुनःनियुक्ति गर्ने वा नगर्ने विषयमा सहमति हुन सकेको छैन । ती विषयमा सहमति नहुँदा मस्यौदा समितिमा केही अन्योलता भने कायम हुन पुगेको छ । तर मस्यौदा समितिअन्तर्गतको कार्यदलले दलबीच भएको सहमति, संविधानसभाको निर्देशन र संवाद समितिको प्रतिवेदनका आधारमा मस्यौदालाई टुङ्ग््याइँदै जानेमा भने मतैक्य भएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending