Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

संविधान भदौ १५ भित्र

\"mahesh_basnet\"भक्तपुर । उद्योगमन्त्री महेश बस्नेतले नयाँ संविधान भदौ १५ गतेभित्र कुनै हालतमा जारी हुने जिकिर गरेका छन् । दूधपाटीस्थित ज्ञान विजय निमाविका विद्यार्थीलाई छात्रवृत्ति एवम् पोसाक वितरण कार्यक्रममा उनले दलहरुबीचको शक्ति सन्तुलन र सबैको भावनालाई समेट्नुपर्ने अवस्थाका कारण बनेको छ प्रदेश वैज्ञानिक भएको बतए । ‘चार दलबीच भएको सहमतिमा जातीय राज्य नबनाउने, विखण्डन हुने गरी एक मधेस एक प्रदेश नबनाउने र सबैको धार्मिक स्वतन्त्रतालाई सम्मान गर्ने गरी संविधान ल्याउन भएको सहमति अहिलेको ठूलो उपलब्धि हो  बस्नेतले भने । सो अवसरमा मन्त्री बस्नेतले आफ्नो कृति ‘म महेश’ को बिक्रीबाट आएको पहिलो रकम ५ हजार र  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रायले आफूआबद्ध खेलकुद संस्थाको २५ हजार सोही विद्यालयका विद्यार्थीलाई इन्टरनेट सञ्चालन गर्नका लागि हस्तान्तरण गरे । कार्यक्रममा जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले सामुदायिक विद्यालय पनि संस्थागत विद्यालयभन्दा कम नभएको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोदचरण राय, प्रअ बालकृष्ण श्रेष्ठ, बाल विकास समाजका कार्यक्रम संयोजक किरण थापालगायतले सामुदायिक विद्यालयको गुणस्तरमा सुधार भए पनि विद्यार्थीले संस्थागत विद्यालय छाड्न थालेको  गुनासो गर े। सो अवसरमा  ११० विद्यार्थीलाई सरकारले उपलब्ध गराएको जनही १ हजारका दरको छात्रवृत्ति र सहयोगी निमा शेर्पाले उपलब्ध गराएको विद्यालय पोसाक वितरण गरिएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending