Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

‘मोमिला इज अ भेरी सेक्सी लेडी’ -हरि अधिकारी

\"hari हरी अधिकारी नेपाली साहित्यको क्षेत्रमा नयाँ नाम होइन । उनी विभिन्न विषयमा आफ्नो उन्मुक्त प्रतिक्रियाका लागि पनि चिनिन्छन । स्यंमलाई समाजको राम्रो कवि भनेर बताउँन पछि नपर्ने उनीसँग खबरडबलीका लागि नरेश ज्ञवालीले लिएको अन्तरवार्ता । यहाँको रूचीको विषय के हो ? समयको अध्ययन सँगसँगै मानिसहरुको अध्ययन र्नै मेरो रूचीको विषय हो । त्यही अध्ययन गर्ने क्रममा अनुभूति र अनुभवलाई विभिन्न विधामार्फत अभिव्यक्त गर्ने प्रयास गर्छु । ती विधाहरुमा के–के पर्दछन् ? मेरो मुख्य रूचीको क्षेत्र कविता हो । अहिलेसम्म धेरै विधामा कलम चलाएपनि आफूलाईचाहिँ कवि नै मान्दछु । सबैभन्दा बढी म कवि नै हूँ भन्ने लाग्दछ । कथा पनि लेखेकोछु कथाको संग्रह नै छापिएको छ । निबन्ध पनि लेखेको छु । अहिले उपन्यास पनि लेखिरहेको छु । यिनै साहित्यका विधामार्फत् आफूले भोगेको समय, अनुभवहरु र र अनुभूतिलाई साझा गर्ने काम गर्दछु । हरि अधिकारी कुण्ठित कवि हो भन्ने धारणा सार्वजनिक रुपमा व्याप्त छ आफ्नै नजरमा हरि अधिकारी कस्तो मानिस हो ? केटाकेटीको भाषामा अरुले मलाई के भन्छन भन्ने कुरालाई म बाल दिन्न । यो मेरो कुनै रूचीको विषय नै होइन । मलाई अरुले के भन्छन भन्ने कुरालाई ध्यान दिएर हिडे भने सम्भवतः मेरो जीवन नै चल्दैन र म आफ्नै ढंगले बाँच्न पनि सक्दिन । त्यसकारण अरुले के भन्छन् भनेर प्रश्न नगर्नुभएको भएपनि हुने थियो । तपाईले मलाई के ठान्नु हुन्छ त्यो रूचीको कुरा हो । तपाईसँग म कुरा गरिरहेको छु भने तपाईंले मेरोबारेमा के धारणा बनाउनु भएकोछ भनेररुचि राख्न सक्छु होला  । अन्यथा मलाई अन्य मानिसले के भन्छन् भन्ने कुरामा बाल दिन्न ।
मलाई अरुले के भन्छन भन्ने कुरालाई ध्यान दिएर हिडे भने सम्भवतः मेरो जीवन नै चल्दैन र म आफ्नै ढंगले बाँच्न पनि सक्दिन
आफैंबारे राम्रोगरी भन्न सक्दिन होला किनकी जसरी अरु मानिसलाई मुल्याकंन गर्न गारोहुन्छ । अरुबारे धेरै अध्ययन नगरीकन भन्न सकिदैन त्यसैगरी आफ्नो बारेमा पनि भन्न अप्ठेरो पर्छ । तर, सामान्यतः म मध्यम वर्गको अलिकति पढेलेखेको, जीवन र जगतलाई हेर्ने आफ्नै दृष्टिकोण बनाउन सकेको एउटा सामान्य नेपाली मानिस हूँ । पारिवारिक व्यक्ति, समाजप्रतिको दायित्वलाई सकभर राम्रो गरी पूरा गर्न प्रयास गरिरहेको संघर्षशील आम मानिस हुँ म । साहित्यिक मूल्यांकनको कुरा गर्नुहुन्छ भने म जुन विधा लेखेपनि जुन विधामा कलम चलाए पनि सकभर इमान्दारीका साथ लेख्ने प्रयास गर्ने एउटा प्रयत्नशील लेखक हो भन्ने ठान्दछु । यदि हरि अधिकारी कुण्ठित कवि, व्यक्ति होइन भने आफ्नै बारेमा प्रोफाइल लेखाउन खोज्दै हिड्नु पर्नेअवस्था सिर्जना हुन्थ्यो होला र ? मैले मेरो बारेमा प्रोफाइल लेख्न भनेको छैन । कसैले भनेको भए सतप्रतिशत झुठो हो । अहिलेसम्म मैंले आफ्नाबारे लेखाउने प्रयास गरेको छैन । कसैले यस्तो भनेको सुन्नुभएको छ भने शतप्रतिशत झण्डु कुरा हुन् । कुनै पनि मान्छेले हरि अधिकारीले प्रशंमा मेरो प्रोफाइल लेख्दे भन्ने दाबी आधिकारिक रुपमा भन्छ भने म साहित्य लेख्न नै छोडिदिन्छु । तपाईलाई याद हुनु पर्ने हो आफ्नो बारेमा प्रचार कम गरेकै कारण, साहित्यको माध्यमबाट केही पाउनका लागि नहिडेकै कारणले यति धेरै काम गरेर पनि म अहिलेसम्म आफूलाई ओझेल परेको ठान्छु । कति मान्छेले ‘रिकग्नेशन’ गर्ने, पुरस्कार दिने, सम्मान दिन बोलाउने सारा कुरा को हिसावमा मलाई यस्तो लाग्छ । मैले लेखेको साहित्य कुन कोटीको छ त्यो मूल्यांकन हुँदै जाला । यस्तो मूल्यांकन आज, अहिले नै हुने कुरा होइन । तर पनि यो दुनियाँको नजरमा स्थापित हुने, प्रशंसा आदरसम्मान पाउने पुरस्कार पाउने कुराकोे हिसाबले एकदमै पिछडिएको मानिस मध्य सबैभन्दा पिछडिएको म नै हुँ । तपाई आफूलाई ‘अन्डररेटेट’ कवि हुँ भन्ने लाग्छ ? अरुको नजरबाट म ‘अन्डररेटेड’ कवि हुँ । यद्यपी मेरो कविताको ‘रेट’ कति हो भन्ने कुरा चाहिँ म भन्न सक्दिन । आफ्नै मूल्यांकन र नेपाली सन्दर्भमा म राम्रै कवि हुँ । मित्रहरुबाट पुरस्कारका लागि सिफारिस भएन भनेर पीडा पनि रहेछ है ? यसलाई पीडा भन्न मिल्दैन । यो त तपाईंकै प्रश्नमा प्रोफाइल लेखाउने सन्दर्भमा भनेको मात्र हुँ । साथीहरुबाट के सिफारिस गराउने उनीहरु त पाए भने आफैं पुरस्कार थाप्छन् । मलाई किन दिलाउँछन र ? तपाईंले कुरा उठाएपछि केही भन्नै पर्नेभयो । मैले गम्भीरतापूर्वक साहित्य लेख्न थालेको २०२५ सालबाट हो । त्यसबेलादेखि अहिलेसम्म म निरन्तर लेखिरहेको छु । यो बीचमा मैले कति के लेखे त्यो सबै त संकलन नै भएको छैन् । अहिलेसम्म मेरो पाँच वटा किताब निस्किएको छ । उपन्याससहित तीन वटा तयारीमा छन् । एकेडमीको ०२७ सालका राष्ट्रिय कविता महत्सवको म गोल्ड मेडलिस्ट हुँ । त्यसैको वरपर राष्ट्रिय कथा महोत्सवमा पहिलो पुरस्कार जितें । सहिद दिवसको कवि सम्मेलनमा पहिलो पुरस्कार पाएँ, अहिलेसम्म निरन्तर लेखिनै रहेको छु । निरन्तरता पनि कस्तो भन्नुहुन्छ भने स्तरमा धेरै खस्किएर होइन एउटा ‘लेभल’को स्तर ‘मेन्टेन’ गरेर म अहिले सम्म लेखिरहेको छु । मेरो स्तर मैले निर्धारण गरेको पनि होइन । नेपालको गिनेचुनेका समीक्षकहरुले नेपाली कविताको, नेपाली कथाको कुरा गर्दा अनिवार्य रुपमा उनीहरुले मलाई उचित ठाँउ दिएका छन् । साझा प्रकाशनले एकेडमीले कविता र कथाको संकलन निकाल्यो भने मेरो पनि छाप्ने गर्दछ ।
मैले लेखेको साहित्य कुन कोटीको छ त्यो मूल्यांकन हुँदै जाला । यस्तो मूल्यांकन आज, अहिले नै हुने कुरा होइन । तर पनि यो दुनियाँको नजरमा स्थापित हुने, प्रशंसा आदरसम्मान पाउने पुरस्कार पाउने कुराकोे हिसाबले एकदमै पिछडिएको मानिस मध्ये सबैभन्दा पिछडिएको मै हुँ
पछिल्लो समयमा साझा प्रकाशनसहित एक से एक प्रकाशकले छापेका छन् । रत्न, फाइनप्रिन्ट, वाणी प्रकाशनले मेरो स्तर देखेर नै छापेका हुन् । आफ्नो पैसा खर्च गरेर मैंले पुस्तक छापेको छैन । यसको अर्थ के हो भन्दा यो लेखक छाप्नयोग्य हो भन्ने उनीहरुले ठानेर नै छापिएका हुन् । १० वटा भन्दा धेरै साहित्यिक पत्रिका सम्पादन गरेको छु । बिपी कोइरालाको जीवनको अन्तिम र एउटामात्र साहित्यिक अभिनन्दन पनि मैले मात्र गरेको हो । मोहन कोइराला बिरामी हुँदा उनलाई बचाउन दिल्ली पुगेर बचाएर ल्याउने पनि म मात्र हुँ । तर यावत यी कुरा हुँदाहुँदै पनि त्यसबेलाको श्री ५ को सरकार र अहिलेको नेपाल सरकारले राखेको कुनै पनि साहित्यिक प्रतिभा पुरस्कार क्षेत्रीय पुरस्कार र विशिष्ट प्रतिभा पुरस्कार अहिलेसम्म एउटा पनि पाएको छैन् । मैले नपाउनुको कारण पनि थाहा छ । एउटै कारण भनेको म भन्न गईन । म भन्न गएको भए यो पुरस्कारको थैलो लिएर बाँड्न बसेका संस्कृतिमन्त्रीहरु चाहिँ मेरा भाईहरु थिए । जस्तो तपाईको पूर्णबहादुर खड्का, बलबहादुर केसी, दिपकुमार उपाध्याय पनि मन्त्री भए तर मैले अहिलेसम्म पुरस्कार पाएको छैन् । यो कुरालाई कुन्ठा भन्नु हुन्छ भने तपाईको कुरा हो तर यो यथार्थता हो मैले बयानमात्र गरेका हुँ । तपाईले आफ्नो एउटा अन्तरवार्तामा भूपिलाई ‘ओभररेटेड’ र मोहन कोइरालालाई ‘अन्डररेटेड’ भन्नुभएको छ । अनि हरि अधिकारी पनि ‘अन्डररेटेड’ कवि भएछ  । अब कोइराला र अधिकारीका बीचमा के समानता र के भिन्नता छ ? मोहन कोइराला म भन्दा अघिल्लो पुस्ताका हुन् । कोइरालाका बारे थोरै अवधिमा धेरै कुरा भन्न सक्दिन । तर कोइरालाको र मेरो कुनै तुलना नै हुन सक्दैन । मोहन कोइराला कविताको समुन्द्र हुन् । धेरै त थाहा छैन तर मेरो पुस्ताको म र म जस्तैअन्य कैयौ मानिसहरुमाथि कोइरालाको ठूलो प्रभाव छ ।
साथीहरुबाट के सिफारिस गराउने उनीहरु त पाए भने आफैं पुरस्कार थाप्छन् । मलाई किन दिलाउँछन र ?
ममाथि पनि कोइरालाको ठूलो प्रभाव परेको छ । म मोहन कोइरालाको प्रभाव बोकेको कवि हुँ । तर यसमा ‘आइरोनी’ के छ भने कतिपय समालोचकहरुले तपाई यति बुझ्ने कविता लेख्नुहुन्छ र मोहन जी नबुझ्ने कविता लेख्नु हुन्छ तरपनि मोहन कोइरालालाई किन आदर्श मान्नु हुन्छ भनेर सोध्ने गर्दछन । मैले मेरो कविताको आदर्श मोहन कोइराला हो भनेर मान्दिन किनभने मेरो आफ्नै कवित्व छ भने मोहन कोइरालाको आफ्नै कवित्व छ । तर मोहन कोइरालाको स्कुललाई आफ्नो ढंगले अगाडि बढाएको मान्छे भन्ठान्छु । वहाँको र मेरो समानता के हो भने मोहन कोइरालाले पनि कवितालाई कहिलै पनि एउटा प्रतिक्रियात्मक रुपमा लेखको अथवा कविको रुपमा ‘न्यारेटर’को भनाई राख्ने माध्यम कहिलै बनाएनन् मैले पनि कवितलाई सोझो प्रतिक्रियात्मक वक्तव्यवाजीको माध्यम बनाउन चाहिन । मेरा कविता पढ्नुभयो भने तपाईलेकाही पनि कविले कुनै पनि कुराको बारेमा प्रतिक्रिया दिएको पाउनु हुन्न । मैले जति भन्ने प्रयास गरेको छु त्यो कविताको माध्यमबाट नै भन्ने गरेको छु । विम्वको माध्यमबाट नै भन्ने गरेको छु ।
 ‘मोमिला एज अ भेरी सेक्सी लेडी’ । उनको शरिर अलिबढी ‘भलप’ जस्तो छ त्यसैले कतिलाई उनी नराम्री पनि लाग्न सक्छिन तर मलाईचाहिँ ‘सि लुक्स भेरी एटट्रयाक्टिभ एण्ड सेक्सी’
मोहन कोइरालाले पनि त्यही गरेको भएर मलाई उनी मन परेका हुन । अर्को कुरा के भने मोहन कोइरालाले जति नेपाली प्रकृतिलाई खासगरी नेपालको प्राकृतिक सौन्दर्यलाई जति व्यापकताका साथ कवितामा लिएर आएका छन् त्यस्तो संसारका अरु कुनै पनि भाषाका कविहरुले गर्न सकेका छैनन् । विषय बदलौं, महिलाप्रतिको तपाईंको दृष्टिकोण कस्तो हो र महिलासँगको पहिलो प्रेमको कुनै अनुभूति छ ? महिलाप्रतिको मेरोदृष्टिकोण भनेको म उनीहरुको हरेक भूमिकालाई सम्मान गर्छु । म हरेक महिलालाई प्रेम र सम्मान गर्छु । र जसले जे भने पनि महिलालाई जतिसुकै ‘विम्निष्ट’ गर्न खोजेपनि यो सृष्टिको चक्रको सबै भन्दा महत्वपूर्ण चुकुल र कडी  महिला हो । महिलाकै कारण यति धेरै सुन्दर र विशाल संसारको अस्थित्व सम्भव भएको छ । अर्को पाटो भनेको मैले चाहिँ अलिक कथात्मक ढंगबाट आफ्नो कवितामा नेपाली महिलाको विभिन्न पेसा, व्यवसाय र वर्गका विभिन्न मानसिक र भौतिक अवस्थाका आइमाईलाई प्रस्तुत गर्ने प्रयास गरेको छु । दावी त के गरौ तर मेरो नेपाली कविताप्रतिको अल्प जानकारीमा नेपाली आइमाईहरुलाई यति व्यापक ढंगबाट उनीहरुको चित्रण गर्ने कवि म मात्र हुँ जस्तो लाग्छ । यो मैंले नेपाली आइमाईहरुलाई दिएको ‘ट्रिव्युट’ नै हो । उनीहरुप्रति व्यक्त गरको श्रद्धा नै हो । यो भनेको तपाईको महिलाप्रतिको सुरुचीपूर्ण र यौनिक दृष्टिकोण पनि त होला नी जसले गर्दा तपाईलाई यो लेख्न भित्रैदेखि कुत्कुतायो अथवा उद्धेलित गरिदियो ? जीवनको अध्ययन गर्दै जाँदा एउटा साहित्यकारको नाताले म जहाँतही महिलाहरुलाई देख्छु । देख्छु मात्र होइन विभिन्न अवस्थामा देख्छु । अप्ठेरोमा, सप्ठेरोमा प्रेममा बाडिरहेको । दुःख र सुख पाइरहेको । आमा बनेर सेवा गरी रहेको । युवती बनेर युवाहरुलाई तृप्त पारिरहेको । विभिन्न किसिमको आइमाईहरुलाई देख्छु र मलाई जीवनको बडो आनन्द र मोहको गजबको दिग्दर्शन हुन्छ । पूर्ण त भन्न सक्दिन तर उनीहरुलाई पनि नेपाली साहित्यमा उनीहरुको विभिन्न अवस्थाका महिलाहरुको अनुभव अनुभूतिहरुलाईचाँहि साहित्यमा उतार्नपर्छ भन्ने मेरो धारणा हो ।
जसले आफ्नोे अवस्थाको पीडा थाँती राखेर पनि परिवार र समाजप्रति केही गर्छु भनेर जिम्मेवारी प्रस्तुत गरेका छन्, आफ्नो परिवारप्रति जो जिजिविषाको लागि संघर्ष गरिहेका छन् त्यस्ता महिलाहरुप्रति मेरो दृष्टि पर्ने गर्छ
त्यही हिसाबले लेखेको छु । बादी र एकदम मेहनत मजदुरी गरेर बाच्नुपर्ने महिलामाथि कविता लेखेको छु । क्याविन रेष्टुरेन्टहरुमा बसेर ग्राहकहरुलाई सेवा दिइरहेकी, सम्भ्रान्त,  इट्टा भट्ठामा काम गर्ने र तरुण विधवा महिलामाथि कविता लेखेको छु । पुतती सडकको किनारमा बसेर ग्राहक पर्खिरहेकी माहिलाको बारेमा कविता लेखेको छु । मैले काँठबाट दिनका दिन शहरमा नोकरी गर्नआउने परिचरको कविता लेखेको छु मैले मधेसमा बस्ने आइमाइहरु सहित मैले धेरै कविता लेखेको छु । महिलाहरुको विभिन्न रुपदेखेर आनन्दित हुन्छु भन्नु भयो तपाईलाई कस्ताखालका महिलाहरुले आनन्दित गराउँछन् ? जसको जीवनप्रति ठूलो मोह छ र गाह्रो अवस्थमा पनि संघर्ष गरेर बाँचिरहेकाछन् उनीहरुप्रति जसले आफ्नोे अवस्थाको पीडा थाँती राखेर पनि परिवार र समाजप्रति केही गर्छु भनेर जिम्मेवारी प्रस्तुत गरेका छन्, आफ्नो परिवारप्रति जो जिजिविषाको लागि संघर्ष गरिहेका छन् त्यस्ता महिलाहरुप्रति मेरो दृष्टि पर्ने गर्छ र उनीहरु मेरो नजरमा तुत्य हुन र उनीहरुको बारेमा लेखिनुपर्छ जस्तो लाग्छ । मलाई विस्मृत खालको एउटा सम्झना आइरहेको छ तपाईले मोमिलाका बिषयमा उनी आकर्षक महिला लाग्छिन भनेर भन्नु भएको थियो उहाँसँगको तपाईको केही... (प्रश्नको बीचमै ) उहाँसँगको मेरो प्रेम, माया र स्नेह केही पनि होइन । तर, मोमिला आकर्षक महिला हुन् । नेपाली सन्दर्भमा यसलाई कसरी लिइन्छ थाहा छैन, राम्रो गरी लिइदैन क्यार । तर पश्चिमा समाजमा अंग्रेजी भाषामा राम्रो मानिन्छ त्यो के भने– सेक्सी । ‘मोमिला एज अ भेरी सेक्सी लेडी’ । उनको शरिर अलिबढी ‘भलप’ जस्तो छ त्यसैले कतिलाई उनी नराम्री पनि लाग्न सक्छिन तर मलाईचाहिँ ‘सि लुक्स भेरी एटट्रयाक्टिभ एण्ड सेक्सी’ लाग्छिन । तर उनको र मेरो कुनै निकटताको सम्बन्ध छैन । हामी अपरिचित होइनौ । उनले साहित्यको खेती गरिराखेकी छन् । त्यो फाइदाजनक पनि भैरहेको छ भन्ने बुझ्छु तर त्यो मेरो सरोकारको विषय भएन । मोमिला ‘आकर्षक र सेक्सी कवि’ हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies