Khabar Dabali १७ श्रावण २०८३ आईतवार | 2nd August, 2026 Sun
Investment bank

इलामका वडा कार्यालयमा तालाबन्दी

खबरडबली संवाददाता

काठमाडौँ। ‘कोशी’ प्रदेश नामकरणको विरोधमा सङ्घर्ष समितिले इलामका स्थानीय पालिकाका केही वडा कार्यालयमा तालाबन्दी गरेको छ। 

जातीय पहिचान झल्कने नाम राख्नु पर्ने माग गर्दै आन्दोलन सुरु गरेको सङ्घर्ष समितिले इलामको माङसेबुङ गाउँपालिका र माई नगरपालिकाका वडा कार्यालयमा तालाबन्दी गरेको हो। आन्दोलनकारीले माङसेबुङ गाउँपालिका दुई वटा वडा कार्यालयमा तालाबन्दी गरेका छन्। 

आन्दोलनकारीले वडा नम्बर ३ र ५ को वडा कार्यालयमा तालाबन्दी गरेको स्थानीय सुमन लावतीले जानकारी दिनुभयो। ‘माङसेबुङ नागरिक समूह’ को नाममा नारा जुलुससहित प्रदर्शनमा उत्रिएको आन्दोलनकारीको समूहले विभिन्न स्थानहरूमा कालो झण्डा समेत गाँडेका छन्।

समूहका अध्यक्ष केहेरसिङ योङहाले नियोजित ढङ्गले कोशी प्रदेश नामकरण गरिएको भन्दै  आफ्नो माग पूरा नभएसम्म कुनै पनि कार्यालय नखोलिने चेतावनी दिए। 

आन्दोलनकारीले माई नगरपालिका–८ कल्कत्ते वडा कार्यालयमा तालाबन्दी गरेका छन्। कार्यालय परिसरमा  कालो झण्डा गाडेर तालाबन्दी गरिएको स्थानीय हरि अधिकारीले जानकारी दिनुभयो। आन्दोलनकारी तालाबन्दी गरेपछि वडा कार्यालयले प्रवाह गर्ने सेवा भने प्रभावित भएको छ। 

लिम्बुवान किरात संयुक्त सङ्घर्ष समितिलगायत विभिन्न राजनीतिक दल र दल सम्बद्ध सङ्गठनले ‘कोशी’ प्रदेश नामकरणविरुद्ध प्रदर्शन गर्दै आएका छन्। 

पहिचानलाई पाखा लगाएको भन्दै जनता समाजवादी पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सङ्घीय लिम्बुवान मञ्च, राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा माओवादी केन्द्र सम्बद्ध लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चासहित नेपाल आदिवासी जनजाति महासङ्घ सङ्घीय परिषद् र प्रदेश समिति, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) सङ्घीय र प्रदेश समिति, किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खालगायत घटकले ‘कोशी’ प्रदेश खारेजीको माग गर्दै ‘लिम्बुवान किरात’ राख्न माग गरेका छन्। 

आन्दोलनमा नेकपा माओवादी केन्द्र, एमाले र कांग्रेस समर्थक आदिवासी जनजाति नेताले समेत विज्ञप्ति मार्फत ऐक्यबद्धता जनाएका छन्।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending