Ntc summer Offer
Khabar Dabali ७ जेष्ठ २०८१ सोमबार | 20th May, 2024 Mon
NIMB

शेर्पाद्वारा पुलिस पराजित, सातदोबाटोको दोस्रो जित

खबरडबली संवाददाता

काठमाडौँ। हिमालयन शेर्पा क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा पहिलो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले हराउँदै हिमालयनले पहिलो जित निकालेको हो ।

हिमालयनको जितमा डिफेन्डर अमृत श्रेष्ठले निर्णायक गोल गरे ।
अमृतले खेलको इन्जुरी समयमा गोल गरेका थिए । जुन गोल हिमालयनको जितमा निर्णायक बन्यो ।

 त्यसअघि ३२ औं मिनेटमा हिमालयनका फरवार्ड निशान सुब्बा पेनाल्टीमा गोल गर्न चुकेका थिए । उनको प्रहार पुलिसका गोलकिपर शत्रुघन चौधरीले रोकेका थिए ।

पुलिसका डिफेन्डर अजित भण्डारीले हिमालयनका अबायोमी ओलुवासेनलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि हिमालयनले पेनाल्टीको अवसर पाएको थियो।

जितसँगै हिमालयनले २ खेलमा ४ अंक जोडेको छ । पहिलो खेलमा हिमालयनले मनाङ मर्स्याङ्दी क्लबसँग १-१ गोलको बराबरी खेलेको थियो।

पुलिसको यो लगातार दोस्रो हार हो । पुलिसले २ खेलमा अंक जोड्न सकेको छैन।

पहिलो खेलमा पुलिसलाई चर्च ब्वाइजले हराएको थियो।

काठमाडौं । सातदोबाटो युथ क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

च्यासल मैदानमा बुधबार विभागीय टोली एपीएफ क्लबलाई १-० गोल अन्तरले हराउँदै सातदोबाटोले लगातार दोस्रो जित निकालेको हो ।
सातदोबाटोको दोस्रो जित
सातदोबाटोको जितमा विलियम एसिडुले निर्णायक गोल गरे । तर, सातदोबाटोले जित निकाल्न दोस्रो हाफसम्म कुर्नु परेको थियो ।

खेलको ५५ औं मिनेटमा विलियमले गोल गरेका थिए ।

यस जितसँगै सातदोबाटोले २ खेलमा ६ अंक जोडेको छ । सातदोबाटोले पहिलो खेलमा एनआरटीलाई हराएको थियो।

एपीएफको यो पहिलो हार हो । पहिलो खेलमा एपीएफले थ्री स्टारलाई हराएको थियो ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies