काठमाडौँ। नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेत र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहबीच भेटवार्ता भएको छ।
आज भक्तपुरको गुण्डुस्थित नेता बस्नेत निवासमा भएको भेटवार्तामा महानगरप्रमुख बालेनले वर्तमान राष्ट्रिय राजनीतिदेखि विकासका विभिन्न १५ वटा विषयमा छलफल गर्दै यहाँको नमूना विकासका अवलोकनसमेत गरे।
नेता बस्नेत र महानगर प्रमुख बालेनबीच काठमाडौँ र भक्तपुरको विकासमा सहकार्य गर्नुका साथै विकासमा देखिएको समस्या समाधानमा दुवैले सहयोग गर्ने सहमति बनेको छ ।
नेता बस्नेतले भक्तपुर र काठमाडौँको सिमाना भएर बग्ने मनोहरा नदीको बहाव परिवर्तन भई भक्तपुरतर्फ नदी बगिरहेको अवस्थामा प्रशासनको सहकार्यमा समस्या समाधान गरी मनोहरा करिडोर निर्माण गरेको उल्लेख गर्दै यहाँका १५ घर सुकुम्वासीलाई क्षतिपूर्ति दिन नपाएकाले करिडोर निर्माण पूरा हुन नसकेको बताए।
स्मार्ट सिटी, भक्तपुरमा सुविधासम्पन्न ठूलो अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण गर्न काठमाडौँ महानगरपालिका र सूर्यविनायक नगरपालिकालाई आर्थिक तथा भौतिकरूपमा सम्पन्न गराउन सहकार्यका गर्न नेता बस्नेतले राखेको प्रस्तावमा बालेनले त्यस्ता कार्यमा सहकार्य गर्दै जाने बताएका थिए।
प्रमुख शाहले सूर्यविनायक–धुलिखेल छ लेन सडकको स्तरोन्नति चाँडो सम्पन्न गराउन पाए काठमाडौँ उपत्यकामा यातायात आवातजावतमा सहजता हुने धारणा राखे।
नेता बस्नेतले राज्यको शून्य लगानीमा सूर्यविनायक धुलिखेल सडकको सर्भिस ट्र्याक निर्माण गराउन सफल भएको भन्दै सडक निर्माण छिटो सम्पन्न हुनेमा विश्वास रहेको बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: