NTC Banar
Khabar Dabali १३ चैत्र २०७९ सोमबार | 27th March, 2023 Mon

चलचित्र कलाकार संघको अध्यक्षमा अभिनेत्री रेजिना उप्रेतीको प्यानल घोषणा

खबरडबली संवाददाता


काठमाडौँ। नेपाली चलचित्र कलाकार संघको अध्यक्षमा अभिनेत्री रेजिना उप्रेतीले उम्मेदवारी घोषणा गरेकी छन्। काठमाडौंमा बुधवार पत्रकार सम्मेलन गरी उनले नेपाली चलचित्र कलाकार संघको अध्यक्षमा उम्मेदवारी घोषणा गरेकी हुन्।

उनको प्यानलमा उपाध्यक्षमा शिवहरि नेपाल ९बैरागी० र सरिता गिरीको उम्मेदवारी छ भने महासचिवमा पनाह अधिकारीको उम्मेदवारी छ।
त्यस्तै, सचिव पदमा जीवन थापा, कोषाध्यक्षमा विनोदकुमार भट्टराई उनको प्यानलबाट उम्मेदवार हुनुहुन्छ। त्यस्तै सदस्य पदमा उनको प्यानलबाट रञ्जना खड्का (खुश्बु), खिन्न भण्डारी, निर्मल स्याङत्याङ, लक्ष्मण चौलागाईं, ईश्वरवल्ल्भ उप्रेती, दिलबहादुर दोङ, रामकुमार कार्की, राजेश गोसाईं, नितु कोईराला, भीमसेन बजगाईं र दिनेश अवालको उम्मेदवारी छ।


पत्रकार सम्मेलनमा अध्यक्ष पदकी उम्मेदवार रेजिना उप्रेतीले कार्यान्वयन व्यवस्थापन तथा सञ्चालन, सदस्यता व्यवस्थापन, संघको वेबसाइट व्यवस्थापन, भवन व्यवस्थापन तथा सञ्चालन, संघमा सदस्यहरूको अभिलेख तथा वृत्ति विकास, स्वास्थ्य उपचार योजना, पेन्सन योजना रहेको बताइन्। उनले आफू निर्वाचित भएपछि संघका कलाकार सदस्यहरुको निर्देशनमा काम गर्ने प्रतिवद्धता व्यक्त गरिन्।

त्यस्तै, अभिनेत्री उप्रेतीलाई समर्थन गर्न पुगेका वरिष्ठ कलाकार मदनदास श्रेष्ठले कलाकार अनुशासित नभएको आरोप लगाए। उनले कलाकार कुरा नसुन्ने, नटेर्ने गरेको भन्दै उनले कलाकारको गोष्ठीमा आउँदा कलाकार नै गफ गर्ने गरेको र कुनै राजनीतिक दलको कार्यक्रममा गएजस्तो व्यवहार देखाएको भन्दै असन्तोष व्यक्त गरे।

उनले चलचित्र क्षेत्रको विकास गर्न रेजिना उप्रेतीलाई जिताउन पनि आग्रह गरे। उनले कलाकार संघमा आफूले आफूलाई नै कलाकार क्षेत्रमा उत्कृष्ट योगदान दिएको भनेर ठूलो ताम्रपत्र बनाएर राष्ट्रप्रमुखबाट सम्मान ग्रहण पनि गरेको आरोप लगाए।

त्यस्तै, कलाकार राजेन्द्र खड्गीले यस पटक रेजिना उप्रेतीलाई कलाकार संघको अध्यक्षका लागि छाडिदिन आग्रह गरे। उनले अध्यक्ष पदमा उप्रेतीलाई सहयोग गर्ने बताए।

त्यस्तै, कलाकार सोवित बस्नेतले कलाकार संघमा अहिलेसम्म चर्चा नपाएका व्यक्ति आएको र आफ्नो चर्चा बढाउनका लागि प्राथमिकता दिएको आरोप लगाए। 
उनले रेजिना उप्रेती चर्चा कमाइसकेको व्यक्तित्व भएकाले उनको प्राथमिकतामा कलाकारको हकहितका विषयले प्राथमिकता पाउने बताए। उनले नेतृत्वमा गएका सबै जना आफूलाई चिनाउन नै व्यस्त भएको बताए। उनले अध्यक्ष पदमा उप्रेतीलाई सहयोग गर्न सबै कलाकारसँग आग्रह गरे।
त्यस्तै, कलाकार पल्पसा डंगोलले युवा कलाकारले अब कलाकार संघको नेतृत्व गर्नुपर्छ भनेर उप्रेतीलाई समर्थन गर्न आएको बताए।

त्यस्तै अभिनेता रमेश उप्रेतीले चुनाव सकिएपछि नेतृत्वमा पुगेकाहरूले कलाकारका लागि कुनै काम नगरेको आरोप लगाए। उनले कलाकारहरु नेतृत्वमा पुगेपछि गर्छु भनेका काम पनि अहिलेसम्म हुन नसकेकोप्रति दुःख लागेको बताए। उनले नेतृत्वमा पुगेपछि कलाकारको एजेण्डा नै बिर्सिने गरेको बताए। उनले अब निर्वाचित हुने नेतृत्वले कलाकारको हकहित नीति निर्माणमा हुने विश्वास रहेको बताए। नेपाल चलचित्र कलाकार संघको १९ औं साधारण सभा तथा महाधिवेशन चैत ४ गते हुँदै छ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आइतबार पनि बढ्यो कोरोना संक्रमण

काठमाडौं । कोरोना भाइरसको संक्रमण आइतबार पनि बढेको छ। यसअघि चैत ९ गते १७ जनामा संक्रमण देखिएको थियो। आइतबार फेरि १६ जनामा देखिएको हो।  स्वास्थ्य तथ...

फौजदारी न्यायको सिद्धान्तमा रहेर संक्रमणकालीन न्याय टुंगोमा पुग्दैन : शक्ति बस्नेत

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले फौजदारी न्यायको सिद्धान्तअन्तर्गत रहेर संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउन...

पृथ्वी राजमार्ग थप १९ दिन बन्द हुने

डुम्रे – पृथ्वी राजमार्गअन्तर्गत तनहुँको विमलनगरदेखि घाँसीकुवा सडकखण्ड बन्द हुने समय थप गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी काशीरा...

पत्रकारले आफूमाथिका प्रश्न स्वीकार्न सक्नुपर्छ : अध्यक्ष पोखरेल

काठमाडौं।  काठमाडौँ । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले पत्रकारिता क्षेत्रमा धेरै प्रश्न उठ्ने गरेको भन्दै सबै पत्रकारहरू सजग हुन जरुरी र...

सभामुखको अधिकार कटौती गर्ने बहस गलत : खिमलाल देवकोटा

काठमाडौं।  राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले सभामुखको अधिकार कटौती गर्ने बहस गलत भएको टिप्पणी गरेका छन्।  ‘प्रतिनिधि सभा नियमावलीमा सभामुखको अ...

संक्रमणकालीन न्यायलाई छिटो टुंग्याउनु पर्छ : रमेश लेखक

काठमाडौं।नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संक्रमणकालीन न्यायलाई छिटो टुंगोमा पुर्‍याउनुपर्नेमा जोड दिएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा ...

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगेको आरोपमा तीन पक्राउ

काठमाडौं। नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान ...

जनयुद्ध दिवस खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं।  जनयुद्ध दिवसु खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ। द्वन्द्वपीडितहरूले जनयुद्ध दिवस खारेज गर्नुपर्ने मागसहित आज सर्वोच्चमा ...

बेलुका बाटो सिधा भएर हिँड्न नसक्ने मान्छे एमाले हुन सक्दैन : ओली

काठमाडौं।   नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन नसक्ने बताएका छन्।  नेकपा एमाले जिल्ला कमिटी अर्घा...

संवैधानिक परिषद्सम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं।  संवैधानिक परिषद्सम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत प्रतिनिधिसभाबाट ‘संवधौनिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यव...

अरु धेरै
Dish home detelpage

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Dish home detel page1 Salt Trending Detail Page