NTC Banar
Khabar Dabali १३ चैत्र २०७९ सोमबार | 27th March, 2023 Mon

सातामै ५३०० ले बढ्यो सुनको मूल्य

खबरडबली संवाददाता

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोलामै ५ हजार ३०० रुपैयाँले बढेको विवरण सार्वजनिक गरेको छ।

महासंघले गत साता शुक्रबारको तुलनामा यो साता सुनको मूल्य करिब साढे ५ हजार रुपैयाँ वृद्धि भएको बताएको हो।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ हजार १ हजार ८०० थियो। यस्तै, सोही दिन तेजाबी सुनको मूल्य १ लाख १ हजार ३०० थियो।

यो साताको शुक्रबारसम्म आइपुग्दा बढेर १ लाख ७ हजार १०० रुपैयाँ कायम भएको छ। यस्तै, गत शुक्रबार तेजाबी सुन मूल्य प्रतितोला १ लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भएको महासंघको विवरणमा उल्लेख छ।

साताको पहिलो कारोबार दिनदेखि उकालो लागेको सुनको मूल्य त्यसयता निरन्तर बढिरहेको हो। आइतबार एकै दिन तोलामा १७ सयले बढेको थियो। यस्तै, सोमबार ६०० र मंगलबार १६ सय रुपैयाँले बढेको थियो। बुधबार स्थिर रहेको सुन मूल्य बिहीबार १ हजार र शुक्रबार ४०० रुपैयाँले बढेको थियो। 

महासंघका अनुसार यो साता चाँदीको मूल्य पनि बढेको छ। गत साताको शुक्रबार तोलामा १२ सय २० रहेको चाँदीको मूल्य बढेर १३ सय १० रुपैयाँ पुगेको छ। यो साताको कारोबारमा चाँदीको मूल्य तोलामा ९० रुपैयाँ बढेको हो।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आइतबार पनि बढ्यो कोरोना संक्रमण

काठमाडौं । कोरोना भाइरसको संक्रमण आइतबार पनि बढेको छ। यसअघि चैत ९ गते १७ जनामा संक्रमण देखिएको थियो। आइतबार फेरि १६ जनामा देखिएको हो।  स्वास्थ्य तथ...

फौजदारी न्यायको सिद्धान्तमा रहेर संक्रमणकालीन न्याय टुंगोमा पुग्दैन : शक्ति बस्नेत

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले फौजदारी न्यायको सिद्धान्तअन्तर्गत रहेर संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउन...

पृथ्वी राजमार्ग थप १९ दिन बन्द हुने

डुम्रे – पृथ्वी राजमार्गअन्तर्गत तनहुँको विमलनगरदेखि घाँसीकुवा सडकखण्ड बन्द हुने समय थप गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी काशीरा...

पत्रकारले आफूमाथिका प्रश्न स्वीकार्न सक्नुपर्छ : अध्यक्ष पोखरेल

काठमाडौं।  काठमाडौँ । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले पत्रकारिता क्षेत्रमा धेरै प्रश्न उठ्ने गरेको भन्दै सबै पत्रकारहरू सजग हुन जरुरी र...

सभामुखको अधिकार कटौती गर्ने बहस गलत : खिमलाल देवकोटा

काठमाडौं।  राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले सभामुखको अधिकार कटौती गर्ने बहस गलत भएको टिप्पणी गरेका छन्।  ‘प्रतिनिधि सभा नियमावलीमा सभामुखको अ...

संक्रमणकालीन न्यायलाई छिटो टुंग्याउनु पर्छ : रमेश लेखक

काठमाडौं।नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संक्रमणकालीन न्यायलाई छिटो टुंगोमा पुर्‍याउनुपर्नेमा जोड दिएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा ...

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगेको आरोपमा तीन पक्राउ

काठमाडौं। नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान ...

जनयुद्ध दिवस खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं।  जनयुद्ध दिवसु खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ। द्वन्द्वपीडितहरूले जनयुद्ध दिवस खारेज गर्नुपर्ने मागसहित आज सर्वोच्चमा ...

बेलुका बाटो सिधा भएर हिँड्न नसक्ने मान्छे एमाले हुन सक्दैन : ओली

काठमाडौं।   नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन नसक्ने बताएका छन्।  नेकपा एमाले जिल्ला कमिटी अर्घा...

संवैधानिक परिषद्सम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं।  संवैधानिक परिषद्सम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत प्रतिनिधिसभाबाट ‘संवधौनिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यव...

अरु धेरै
Dish home detelpage

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Dish home detel page1 Salt Trending Detail Page