काठमाडौं। नेकपा माओवादी केन्द्रका केन्द्रीय उपमहासचिव गिरिराजमणि पोखरेलले केन्द्र, प्रदेश, जिल्ला र वडास्तरका नेताको चरित्र सच्चिन जरुरी रहेको बताएका छन्।
झापा क्षेत्र नं १ अन्तर्गत ‘सङ्गठन सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान’को मेचीनगरमा उद्घाटन गर्दै उनले भने, “पार्टी र जनताबीचको सम्बन्धलाई थप सुधार गर्दै अघि बढ्ने अभियान सुरु भएको छ, नागरिक(नागरिकबीचको असमानताको खाडललाई पुर्नका लागि केन्द्र, प्रदेश, जिल्ला र वडास्तरका नेताको चरित्र सच्चिन जरुरी छ ।”
उनले जनताको समस्याको साझेदारका रूपमा माओवादी केन्द्रले उक्त अभियान सुरु गरेको बताएका छन्। उनले जनताको मुद्दा सडक र सदनलाई व्यवस्थित गर्ने अभियानका साथ पार्टी अघि बढेको बताए।
उत्पीडन र विभेदमा रहेकालाई मात्र नभई आम नागरिकको दैनिक जीवनमा आइपर्ने समस्यालाई समाधान गर्दै भ्रष्टाचाररहित समाज निर्माण गर्न माओवादी कार्यकर्ता तयार हुनसमेत उनले निर्देशन दिए।
कार्यक्रममा नेता झलकसिंह दर्लामीले जनताबीच विश्वास जगाउने गतिविधि गर्दै पार्टी रुपान्तरण अभियानमा जुटेको बताए। संविधान निर्माणपछि प्राप्त उपलब्धिलाई संस्थागत गर्न वर्तमान सरकार एक ठाउँमा रहेको समेत उहाँको भनाइ थियो ।
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य हरि राना, प्रदेशसभा–२ मेचीनगरका अध्यक्ष नरेन्द्र मेचेलगायतले पार्टीको अवस्था, जनगुनासोका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा मेचीनगरका नगर अध्यक्ष राजन चिमरियाले नगरको राजनीति अवस्थाको कार्यपत्र पेस गरेका थिए।
(((
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: