Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

रक्षा मन्त्रालयको जिम्मेवारी धेरै दृष्टिकोणले महत्त्वपूर्ण छ : उपप्रधानमन्त्री खड्का

खबरडबली संवाददाता

काठमाडौँ। नवनियुक्त उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले रक्षा मन्त्रालयको जिम्मेवारी धेरै दृष्टिकोणले महत्त्वपूर्ण भएको बताएका छन्।

उपप्रधानमन्त्री तथा मन्त्री पदको सपथ लिएपछि आज मन्त्रालयमा पदबहालीका क्रममा उनले भने, “मुलुकको भौगोलिक अखण्डताको रक्षा, जनता र राष्ट्रिय सुरक्षाका साथै रणनीतिक विकासका योजनासमेत नेपाली सेनामार्फत अगाडि बढाइरहेको सन्दर्भमा यो मन्त्रालयको ठूलो महत्त्व छ ।”  

मलुक र जनताप्रति समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उपप्रधानमन्त्री खड्काले सबैभन्दा ठूलो जिम्मेवारी देशको माटोको रक्षा गर्ने भूमिका भएको र यसको जिम्मेवारीका लागि लगि मन्त्रालयको राण्ननीतिक महत्त्व रहेको धारणा व्यक्त गरे। 

यीनै विषयका महत्त्वलाई बुझेर नै सरोकार सबैसँग समन्वय र सहकार्यका साथ सामूहिक भावले आफ्ना काम अघि बढाउने उनको भनाइ थियो ।

फरक प्रसङ्गमा उपप्रधानमन्त्री खड्काले सरकारका प्राथमिकता सरकारको न्यूनतम साझा कार्यक्रममार्फत नै केही दिनमै सार्वजनिक गरिने जानकारी गराए। सोहीअनुसार नै सरकारले विकास निर्माण तथा समृद्धिका लागि महत्त्वपूर्ण सुधारका कार्य गर्ने उनले बताए।

यस्तो छ नवनियुक्त उपप्रधानमन्त्री खड्काको जीवनी

नेपाली कांग्रेसका उपसभापति खड्का पिता प्रेमबहादुर र माता मायादेवीको कोखबाट विसं २०१२ फागुन १७ गते जन्मनुभएको हो । वीरेन्द्रनगर नगरपालिका–७, सुर्खेत स्थायी ठेगाना भएका उनी हाल बूढानीलकण्ठ नगरपालिका–७, गल्फुटार, काठमाडौँ बस्दै आएका छन्। उनको राजनीतिक यात्रा विसं २०३० मा नेपाल विद्यार्थी सङ्घबाट सुरु भएको हो ।  

उनले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन्। उहाँ नेपाल विद्यार्थी सङ्घ केन्द्रीय क्याम्पस, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको विसं २०३६–२०४१ सम्म सभापति भए। 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies