Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

बन्दका लागि कहाँ कति तोडफोड ? (विवरणसहित)

\"Nepalकाठमाडौं । नेकपा–माओवादी (वैद्य पक्ष)लगायत ३३ राजनैतिक दलले मस्यौदा संविधानका विभिन्न विषयको विरोधमा आव्हान गरेको नेपाल बन्दको क्रममा आइतबार देशका विभिन्न ठाउँमा सवारी साधन तोडफोडलगायत हिंसात्मक गतिविधि गर्ने ६१ जना बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंः बन्दको क्रममा धापासी हाईटमा आइतबार बिहान ०६ः४५ बजे ढुंगा प्रहारबाट बा १ ख ८८४५ नम्बरको माईक्रोबसको शिशा र एयरपोर्ट गेट अगाडी बा १ ख ५६०२ नंबरको बसको शिशा फुटेको छ । बन्दको क्रममा काठमाडौंका विभित्र स्थानहरुबाट ५३ जना पुरुष र ४ जना महिला गरी ५७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । झापाः आइतबार बिहान ०४ः ५० बजे भद्रपुर नगरपालिका­१४ स्थित पेट्रोल पम्प छेउमा बिर्तामोडबाट कोईला लोड गरी भद्रपुरतर्फ जाँदै गरेको ना २ ख ८३६१ नम्बरको ट्रकलाई दुईजना अपरिचित व्यक्तिले ढुङ्गा प्रहार गरि अगाडीको सिसा फुटाई फरार भएका छन् । साथै मोरंग टंकी ­४ स्थित गङ्गा चोकमा संघीय समाजवादी फोरमका भ्रातृ संगठन समाजवादी विद्यार्थी फोरमका जिल्ला अध्यक्ष महेश कुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मकवानपुरः बिहान ०४ः१५ बजे मकवानपुर हेटौंडा उपनगरपालिका–१० स्थित राजमार्गमा बिरगंजबाट चितवनतर्फ जाँदै गरेको ना ५ ख ६६६४, ना ४ ख ४८८७ र ना २ ख १२७९ नम्बरको ट्रकमा र सोही स्थानस्थित राम मन्दिरमा रोकी राखेको ना ३ ख ६५४८ नंबर र एचआर५५टी०५२४ नम्बरको ट्रकसमेत पाँचवटा ट्रकको सिसा फुटेको छ । प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । बाँकेः बिहान ०१ः५० बजे कोहलपुर नगरपालिका­१० गोल्छा स्थित कोहलपुरबाट दाङतर्फ जाँदै गरेको ना २ च १३१७ नम्बरको नागरिक दैनिक पत्रिकाको जिपलाई अपरिचित ४÷५ जनाको समुहले ढुङ्गा प्रहार गर्दा अगाडीको सिसा सामान्य चर्किएको र बम्पर कुच्चिएर क्षती भएको छ । ढुङ्गा प्रहार गर्ने व्यक्तिहरु फरार भएकोले प्रहरीले खोजी गरिरहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy