Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

चलचित्रमा कसरी हुन्छ पात्र चयन ?

खबरडबली संवाददाता

काठमाडौं । चलचित्रको प्रमुख आकर्षण नै कलाकार हुन्छन् । त्यसैले पोस्टरमा उनीहरूलाई प्रस्तुत गर्ने गरिन्छ । कुनै भूमिकाले कलाकारलाई असफल बनाउँछ भने कुनैले दर्शकको मन मात्र नभई अवार्ड नै जित्न सफल हुन्छन् । चलचित्रमा देखिने कलाकारले ती भूमिका कसरी पाउने गर्छन् ? वा निर्देशकले चरित्र चयन कसरी गर्ने गरेका छन् ? विदेशी चलचित्रमा कलाकार छनोट गर्ने एजेन्सी नै हुन्छ । उनीहरूले नै कथा पढेर पात्रअनुसार कलाकार सुझाव दिने गर्छन् । 

गत आइतबार साँझ नेपाली कलाकारसँग अन्तक्र्रिया गरेका भारतीय निर्देशक, कलाकार तथा कथाकार डाक्टर चन्द्रप्रकाश द्विवेदीले भारतमा एकै एजेन्सीले लाखौँ कलाकारलाई अनुबन्धित गरेर काम दिइरहेको जानकारी दिए । 

“मैले पछिल्लो चलचित्र ‘सम्राट पृथ्वीराज’मा काम गर्दा सम्झौता गरेको एजेन्सीसँग १५ लाख बढी कलाकार थिए । त्यसैले भूमिकामा छनोट हुन सोचेजस्तो सहज छैन”, निर्देशक द्विवेदीले भने, “यद्यपि केही समययता ओटिटीका लागि बन्ने चलचित्र र शृङ्खलाले ती कलाकारको काम पर्दासम्म ल्याउन मद्दत गरेको छ ।”

भारतझैँ नेपालमा चलचित्रका लागि कलाकार छनोट गर्ने एजेन्सी छैन । पात्रअनुसार कलाकार छनोट गर्ने प्रचलन केही समययता नबढेको होइन । यद्यपि ती बजारमार्फत निर्देशित छन् । अभिनेता सुनिल थापाको ‘राते काइँला’, राजेश हमालको ‘शङ्कर’, सौगात मल्लको ‘हाकु काले’, दयाहाङ राईको ‘काजी’ लगायतका केही चरित्र दर्शकमाझ लोकप्रिय छन् । 

कथामा लेखिएको पात्रको रूप कस्तो हुन्छ भन्ने तय निर्देशकले गर्ने गरेका छन् । पात्रको गाउँ, स्वभाव, वर्णदेखि शिक्षा र हाउभाउसमेत पात्र छनोट गर्ने निर्देशक वा चलचित्रको निर्देशकले तय गर्छन् । अहिले पात्रअनुसार कलाकार छान्न निर्देशक राख्ने क्रम बढिरहेको छ । चलचित्रको भाषामा उनीहरूलाई ‘कास्टिङ डिरेक्टर’ भनिन्छ । 

नेपालमा चलचित्रका लागि कलाकार छनोट र भूमिकामा पात्र चयन केही वर्षयता प्रक्रियागत रूपमै हुन् थालेको निर्देशक दिनेश राउतले बताए । 

“सुरुआती समयमा निर्देशक बन्न केन्द्रित रहेर काम गरेँ । सायद त्यो समयमा मैले कलाकार डिमान्ड गर्न सक्दिन थिएँ । त्यसैले काम मात्र गरेँ”, निर्देशक राउतले भने, “पछिल्लो दुई चलचित्र ‘प्रसाद’ र ‘प्रकाश’ मा भने भूमिका सुहाउँदो कलाकारको अडिसन लिएर नै चयन गरेको हुँ । किनकि अहिले चलचित्र निर्माण शैली फेरिएको छ । साथै हामीले यो कलाकार चाहियो पनि भन्न सक्छौँ ।”

निर्देशनको प्रारम्म्भ ‘नोभेम्बर रेन’ मार्फत गर्दा उनले सबै काम आफैँ गर्दैनथे । यद्यपि अहिले कलाकार छनोट गर्ने निर्देशक राख्न थालेका छन् । उनले पछिल्लो चलचित्र ‘प्रकाश’ मा अभिनेता अनुप बराललाई कलाकार छनोटको जिम्मा दिए । केही चलचित्रमा पात्र छनोट वा भनौँ निर्देशन गरेका रङ्गकर्मी केदार श्रेष्ठले विशेषतः स–साना पात्रका लागि मात्र निर्देशक आइपुग्ने अनुभव सुनाए । 

“मुख्य पात्रका लागि कलाकार छनोट भएपछि सहायक र साना पात्र खोज्दै आउनेको सङ्ख्या बढी छ । उहाँहरूसँग चरित्रबारे स्पष्टता पनि कम पाएको छु तर केही पूर्णरूपमा बुझेर पात्र छनोटको जिम्मेवारी नै दिन समेत आउनुहुन्छ”, रङ्गकर्मी केदार श्रेष्ठले भने । 

अभिनेत्री लक्ष्मी बर्देवाले कथापछि पात्र र त्यसको चयन चलचित्रमा महत्त्वपूर्ण हुने बताइन् । “म अडिसन दिन पुग्छु । हामी कहाँ काम नपाउँदासम्म अडिसन दिने र त्यसपछि नदिने चलन छ । तर हामीले आफू सुहाउँदो भूमिका भए अडिसन दिँदा फरक पर्दैन”, अभिनेत्री बर्देवाले भनिन्, “नेपाली चलचित्रमा अडिसन गर्दा बजारलाई हेरेर निर्देशित हुने सङ्ख्या धेरै छ । प्रक्रियागत रूपमा पूरा नहुँदासम्म धेरै कलाकार अडिसन दिन तयार देखिनु हुन्न ।”

रङ्गकर्मी श्रेष्ठले निर्माताको दृष्टिकोणअनुसार बजार हेर्नु स्वाभाविक भए पनि पात्र छनोटको प्रक्रिया विस्तारै सही दिशामा अगाडि बढेको बताए । उनले भने, “अहिले ध्वनि, प्रोडक्सन डिजाइन, कला डिजाइनलगायतको विधामा निर्देशकले जानकार राखेर काम गर्नुहुन्छ । यो सुखद् पक्ष हो । परिवर्तन हुँदैछ ।” 

निर्देशक राउतले बजारमा हुने व्यापारको अनुमानमा निर्माताले नै मुख्य कलाकार तय गरिसक्ने प्रचलन अझै रहेको बताए । “कुन भूमिकामा कसलाई तय गर्ने निर्देशकको काम हो तर हामी बजारको निर्देशन भन्दा बाहिर धेरै जान सक्दैनौँ । किनकि सफलता वा असफलताको मापन बक्सअफिसले नै गर्छ”, निर्देशक राउतले भने, “व्यावसायिक पाटोलाई विशेष महत्त्व दिएका चलचित्र अहिले पनि बजारकै निर्देशनमा बनिरहेका छन् । यद्यपि कलात्मक पाटो हावी भएको चलचित्रमा भने प्रयास भएका छन् ।”

कलाकारले पाएको भूमिकामार्फत निर्देशक र लेखकको सोचलाई पर्दामा देखाउने भएकाले पनि यो महत्त्वपूर्ण विषय हो तर नेपाली चलचित्रमा लेखिएको पात्रको स्वरूप व्यापारकै आधारमा तय हुनेगरेको छ । बेलाबखतमा विभिन्न भूमिकाका लागि अडिसन गर्ने गरिन्छ तर, त्यस्तो प्रक्रियाबाट पर्दासम्म आइपुग्ने कलाकारको सङ्ख्या र पर्दामा हुने महत्त्व निकै कम छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...

इन्धन जोगाउने प्रयासमा श्रीलंका, अब सातामा तीन दिन बिदा

तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?

सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ।  पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...

सरकार गठन केही दिन सर्‍यो, अब १५ चैतभित्र मात्रै प्रधानमन्त्री नियुक्त

काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...

बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...

प्रि-मनसुनः आज सामान्य, भोलिदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: