Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

सत्ता गठबन्धन दलका आ-आफ्नै दाउ, पाउला त निरन्तरता ?

खबरडबली संवाददाता

काठमाडौं । सत्तापक्षीय गठबन्धन १० दलको छ। तर चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टी सरकार बाहिर छन्। चासो छ, उनीहरूले सरकारलाई दिएको समर्थन कायम राख्लान् वा फिर्ता लेलान्?

सहयात्रामा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच भने एकता बलियो देखिन्छ।

सरकारलाई आवश्यक पर्ने बहुमत निर्धक्क पुग्ने भएकाले पनि ती चारवटा पार्टीले एक अर्कालाई विश्वासमा लिन खोजेको पाइन्छ। तर तिनका पनि तत्कालीन प्राथमिकता र स्वार्थ फरक-फरक देखिन्छ।

उनीहरूले वामपन्थी एकता, समाजवादी मोर्चा गठन, सत्ता गठबन्धनको निरन्तरता जस्ता विषय उठाउने गरेका छन्। त्यसको निम्ति उनीहरूले गरिरहेको प्रयत्नको उद्देश्य र दाउ के हुन सक्छन्?

कांग्रेस-देउवा: ‘वाम विभाजनको निरन्तरता’

नेपाली कांग्रेसका नेता रमेश लेखकका अनुसार प्रधानमन्त्रीमा आलोपालो गर्ने समझदारी छ। तर प्रधानमन्त्रीको आलोपालो अवधि सार्वजनिक गर्नु उचित नभएर सार्वजनिक नगरिएको उनको तर्क छ।

एक कांग्रेस नेताका अनुसार प्रचण्ड २ वर्ष, त्यसपछि माधवकुमार नेपाल करिब १० महिनादेखि १ वर्ष प्रधानमन्त्री बनेपछि चुनाव गराउने गरी बाँकी अवधिको निम्ति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने छन्।

नेताहरू

लिखित सहमति भने नगरिएको नेताहरूले बताउने गरेका छन्। त्यसको औचित्य नभएको लेखक बताउँछन्, “समझदारी तोड्ने नै हो भने लिखित गर्दैमा मुद्दा लाग्ने होइन क्यारे।”

कांग्रेसका कतिपय नेता भवितव्यको तयारीको निम्ति एमालेसँग संवादमा रहेको चर्चा पनि चल्ने गरेको छ। तर गठबन्धन तोडिनुअघि एमालेसँग सहकार्यको प्रयत्न गरेका देउवा निकटस्थ एक नेताले अब त्यो अध्याय बन्द भइसकेको बताए।

उनले विश्लेषण सुनाए, “कांग्रेस र एमाले मिल्दा एक्लै राजनीति गर्ने आँट नभएकाले माओवादी र एकीकृत समाजवादी कुनै न कुनै विन्दुमा एमालेसँग जोडिन सक्ने भएकाले पनि अब त्यो जोखिम उठाइँदैन।”

माओवादी र एकीकृत समाजवादीलाई एमालेबाट टाढै राखेर अन्य दललाई आफूसँगै राख्ने नीतिमा कांग्रेस देखिन्छ। एक नेताका भनाइमा सत्ता सहयात्रामा रहेको जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवलाई उपचुनावमा समर्थन गर्नुको उद्देश्य त्यो पनि हो।

प्रचण्ड: आकार बढाउने कसरत

नेकपा एमालेलाई चुनौती दिन र कांग्रेसलाई सन्तुलनमा राख्न नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड पार्टीको आकार बढाउने कसरतमा देखिन्छन्।

सकेसम्म संसदबाहिर रहेका माओवादी धारका साना दल र संसदीय अभ्यासमा रहेका एकीकृत समाजवादी र जसपासँग एकीकरण वा मोर्चा बनाउने प्रयत्न प्रचण्डको देखिन्छ।

त्यसबाट वाम एकताको अगुवाइ गरेको श्रेय लिन पाइने अनि ‌कालान्तरमा एमालेसँग एकीकरण वा कार्यगत एकता गर्नै परे पनि राजनीतिक हिस्सेदारीको निम्ति बल पुग्ने कतिपय ठान्छन्।

तर माओवादी धार र संसदीय दलबीच एक साथ एकता सहज नरहेको बताइन्छ।

नेताहरू

तत्काल भने वर्तमान सरकारको निरन्तरताको निम्ति कांग्रेसलाई विश्वासमै लिनुपर्ने पक्षमा माओवादी केन्द्रका नेताहरू देखिन्छन्। प्रचण्ड निकट एक नेता भन्छन्, “दुई वर्षपछिको चिन्ता अहिले गर्ने होइन।”

कांग्रेसको सम्भावित असहयोगले निम्त्याउने नयाँ परिस्थिति, त्यसपछि चल्न सक्ने वाम ध्रुवीकरणको कसरत र लामो समय सत्ता बाहिर रहँदा कांग्रेसलाई ठीक पार्नुपर्ने निचोडमा एमाले पुगेमा वर्तमान सरकारकै कार्यकाल बढ्न सक्ने सम्भावनातर्फ उनको सङ्केत थियो।

माधव नेपाल: फुटको त्राससँगै नयाँ एकता?

माधव नेपालको दलभित्र एमालेसँग मिल्ने दबाव चर्को सुनिन्छ। सचिवालयका एक सदस्यका अनुसार एक वर्ष प्रधानमन्त्री बन्ने लालसाले अध्यक्ष नेपालले त्यसतर्फ रुचि देखाएका छैनन्।

उनी भन्छन्, “त्यो कुरो बिग्रिएला कि भनेर उहाँले देब्रे दाहिने हेरेको जस्तो मलाई लाग्दैन।”

अध्यक्ष नेपाल कांग्रेससँगको सहकार्यमै अडिएमा उनको दल विभाजित हुनसक्ने कतिपयको अनुमान पनि पाइन्छ।तर नेता नेपाल समाजवादी पार्टी गठन र वामपन्थी एकताको कुरा गरिरहेका छन्।

एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले आफ्नो पार्टीमा आएको सङ्कटलाई ओझेलमा पार्न नेपालले वाम एकताको कुरा गरेको हुनसक्ने ठानेका छन्।

एकीकृत समाजवादीका नेता किसान श्रेष्ठका भनाइमा समाजवादी मोर्चा बनाउने छलफल भने चलिरहेको छ। आफू अस्वस्थ भएकाले पछिल्लो प्रगतिबारे जानकार नरहेको उनले जनाए।

उनले माओवादी केन्द्र र जसपा सहितको समाजवादी पार्टी बनाउन चाहेको बताइन्छ। जसपासँग मात्रै भए पनि एकता गर्न सकेमा त्यसले चुनावमा अपेक्षा गरे जति सफलता पाउन नसकेको पीडा बिर्साउने र चौथो राजनीतिक शक्ति बन्ने अवसर प्राप्त हुनेछ।

उनी सहकार्यको सम्भावना बलियो बनाउन पनि जसपा अध्यक्ष यादवको प्रचारमा लागेको ठान्नेहरू छन्।

समाजवादी केन्द्र बनाउन सकेमा नेता नेपालले पार्टीभित्रकै दबाव निस्तेज पार्न सक्ने र एकताको निम्ति खुला नेता बनेको सन्देश दिँदै एमालेले गर्ने खिसीटिउरीको जबाफ दिन सकिने ठानेको हुनसक्ने कतिपयको बुझाइ छ। त्यसबाट उक्त पार्टी सत्ता समीकरणमा अर्को ‘निर्णायक’ हैसियतमा उभिन सक्छ।

सत्ता गठबन्धनका नेताहरू

जसपा-यादव: विलीन नभइ ठूलो बन्ने

कम्तीमा एकीकृत समाजवादी पार्टीसँग एकता गर्न सके जसपाको मूल रूपमा मधेसमै केन्द्रित रहेको जनाधार बिस्तार हुने देखिन्छ।

चौथो राजनीतिक दलको नेताको रूपमा महन्थ ठाकुर र सीके राउतभन्दा ‘ठूलो राष्ट्रिय नेता’ बन्ने आकाङ्क्षा पनि यादवमा हुनसक्छ। तर उक्त दलका नेता मनिष सुमनका अनुसार वामपन्थी दलहरूले कम्युनिस्ट नाम राख्न खोजेका छन् जुन उनको दलले मानिरहेको छैन।

माओवादी समेतसँग एकता गर्दा आफ्नो हैसियतबारे पनि यादवले ख्याल गर्ने तर अहिले वार्ताहरू त्यो चरणमा प्रवेश नगरिसकेको बताइन्छ।

कांग्रेसले रास्वपा र राप्रपालाई नरुचाइरहेका बेला यादव सत्ता टिकाउन निर्णायक देखिएकाले त्यो भूमिकाबाट उनी विमुख हुन नचाहने स्वार्थ पनि रहेको जानकारहरू बताउँछन्।

बाबुराम भट्टराईसँगको बेमेलका कारण विभाजित भएकाले उनलाई चौथो शक्तिको मान्यता दिएर माओवादी सहितको एकता गर्ने मनस्थितिमा यादव नरहेको बताइन्छ। भट्टराईको दल माओवादीसँग एकता गर्ने तयारीमा छ।

नेता सुमन भन्छन्, “उपचुनावपछि समाजवादी केन्द्र बनाउनेबारे कुरा अघि बढ्ला, हामीसँगको कुरा अहिले स्थगित छ।” चार दलको आआफ्नै तयारी र प्राथमिकता उपचुनावको परिणामले पनि प्रभावित र निर्देशित गर्ने जानकारहरू बताउँछन्। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस-एमाले गठबन्धन ब्यूँताउने गृहकार्य, राष्ट्रियसभा चुनावमा मिलेर जाने तयारी

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि कमजोर बनेको नेपाली कांग्रेससँगको सम्बन्ध पुनः जोगाउने प्रयास थालेका छन्। आन्दोलनपछि...

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल बजार  सञ्चालनमा ल्याएको छ । वीरगञ्जमा थोकबजारको अभावलाई यसले परिपूर...

मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन अध्ययन सुरुआत गरिएको छ । बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, ...

निर्वाचनमा होमियो प्रलोपा, तीन समिति गठन

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले निर्वाचन परिचालन समिति गठन गरेको छ ।  तीनकुनेस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको अध्यक्ष...

नागढुङ्गा-नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौँ । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको छ ।  भौतिक पूर्...

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि रिलायन्सको साधारण शेयर

काठमाडौँ। वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आजदेखि साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले एक लाख १५ हज...

सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

काठमाडौँ । सार्वजनिक संस्थानमा गरिएको करिब रु ४७ अर्ब सरकारी लगानीको हिसाब नमिलेको देखिएको छ । अर्थ मन्त्रालय र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनु...

एमालेले महाधिवेशन प्रतिनिधिलाई नेता कार्यकर्ताको घर र कोठामा राख्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूका लागि बसोबासको व्यवस्थापन मिलाएको छ। यसपट...

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending