Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

धुलिखेललाई कृषिमा जापानी सीप र प्रविधि भित्र्याउन सहज

खबरडबली संवाददाता

काभ्रेपलाञ्चोक । धुलिखेल नगरपालिकालाई कृषि क्षेत्रमा जापानको सीप र प्रविधि भित्र्याउन सहज भएको छ । यसका लागि नगरले जापानको कृषिसँग सम्बन्धित रिनोकिनो कम्पनीसँग स्थानीय कृषकलाई त्यहाँको सीप र प्रविधि तथा भाषाबारे छ महिने तालिम प्रदान गर्ने सम्झौता गरेको छ । 

नगर जनप्रनिधि र कम्पनी पदाधिकारीबीच भएको सम्झौतामा जापानका विभिन्न दश कृषि उद्योग र होम केयर कम्पनीमा धुलिखेलका कृषकलाई पाँच वर्षको रोजगारी दिइनेछ । नगरप्रमुख अशोककुमार ब्याञ्जूले सम्झौताअनुसार जापानिज भाषा, सीप र प्रविधिको तालिमपछि सीप परीक्षण गरी उत्तीर्ण हुने कृषकलाई त्यहाँ कृषि क्षेत्रमै रोजगारीका लागि पठाइने बताए । 

“जापानमा निश्चित समय बसेर फर्कने कृषकलाई पुनः कृषि पेसा गर्न चाहे नगरले प्रविधिमा सहयोग गर्नेछ”, ब्याञ्जूले भने । उनका अनुसार नगरभित्रका युवायुवतीले भविष्यमा कृषि तथा पशुपालनसम्बन्धी आधुनिकीकरण एवं प्रविधिमैत्री बनाउन जापानिज भाषा र सीप सिकाइनेछ । नगरले यसअघि कृषि ऐन, कानुन तथा नियमावली बनाइसकेको छ । सम्झौतापछि धुलिखेल नगरको कृषि क्षेत्रमा थप आधुनिकीकरण हुने अपेक्षा गरिएको छ ।

यसैबीच विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ०ले उक्त नगरलाई नेपालको पहिलो स्वस्थ सहरका रुपमा सूचीकृत गर्ने भएको छ । सङ्घीय राजधानी काठमाडौँबाट ३० किलोमिटर पूर्वमा अवस्थित पर्यटकीय नगर धुलिखेललाई डब्लुएचओले करिब एक महिनामा पहिलो स्वस्थ सहरको मान्यता दिई नगरलाई सदस्यता प्रदान गर्ने जनाइएको छ । दिगो विकास लक्ष्यका चार लक्ष्य शिक्षा, स्वास्थ्य, खानेपानी र गरिबी निवारणको क्षेत्रमा काम गरिरहेका विश्वका आठ देशमा धुलिखेलको अनुकरण भइरहेको बताइन्छ ।

नगरले हाल एक लाख बिरुवा रोपण अभियान सञ्चालन गरिरहेको छ । शून्य कार्बन उत्सर्जन गर्ने विश्वका १५ नगरमध्येको एक पर्यटकीय धुलिखेलले थप कार्बन उत्सर्जनको पूर्वाधार र संरचना निर्माण गर्न हाल अभियानअन्तर्गत पहिलो चरणमा तीन वडामा १५ हजार फलफूलका बिरुवा रोपण गरेको हो । रोपिएका सबै बिरुवामा जिपिएस (ग्लोबल पोजिसनिङ सिष्टम)बाट संरक्षण गरिने जनाइएको छ । “अब रोपिएका बिरुवामा सबै बिरुवामा जिपिएस जोडिएको छ, उसैको माध्यमबाट बिरुवाको निगरानी हुनेछ”, ब्याञ्जूले भने । उनका अनुसार यो प्रविधि जिल्ला र धुलिखेलकै लागि नयाँ हो । 

रोपिएका सबै बिरुवालाई नम्बर दिएर प्रणालीमा जोडिएको छ । बिरुवाको अवस्था स्वाभाविकभन्दा फरक भए तुरुन्तै प्रणालीमा जानकारी आउने र नगरको सम्बन्धित विभागले सुधारको काम गरिहाल्ने जनाइएको छ । वृक्षरोपणसँग शून्य कार्बन उत्सर्जन गर्ने खालका उद्योग मात्रै स्थापना गर्ने, नगरका पूर्वाधार निर्माणलाई वातावरणमैत्री बनाउने, स्थानीय वन संरक्षण गरी वन क्षेत्रलाई सम्पूर्ण भू–भागको ४० प्रतिशतसम्म पु¥याउने योजना बनाइएको जनाइयो । 

धुलिखेलले नेपालमै पहिलोपटक वातावरणमैत्री ऐन नगरले निर्माण गरेको थियो । सोही ऐनअनुसार नगरलाई शून्य कार्बन उत्सर्जन नगर बनाइएको हो । नगरले हाल ६१ प्रतिशत फोहोर पानीलाई शुद्ध बनाई खोलामा पठाउने गरेको जनाएको छ । दिशाजन्य फोहोरबाट ग्यास र मल बनाउन योजना सुरु गरिएको नगरले जनाएको छ । 

साथै, टुँडिखेल पार्कमा विश्वभरका विभिन्न प्रकारका गुलाबका फूल उत्पादन गर्ने बगैँचा निर्माण सुरु गरिएको ब्याञ्जूले बताए। विज्ञका अनुसार २० हजार नयाँ बिरुवा पूर्णरुपमा हुर्कंदा आठ हजार टन कार्बन न्यूनीकरण हुन्छ । यसअनुसार धुलिखेलमा शून्य कार्बन उत्सर्जनार्थ एक लाख बिरुवा पूर्णरुपमा हुर्किए ४० हजार टन कार्बन न्यूनीकरण हुने बताइन्छ । कूल १२ वडा रहेको धुलिखेलमा क्रमशः अभियानलाई योजनाबुद्ध तवरले निरन्तरता दिइने जनाइएको छ । 

धुलिखेलले यसअघि दक्षिण एसियामै पहिलोपटक ‘जिवाश्म इन्धन अप्रसार सन्धि’ अभियानलाई कार्यान्वयनमा ल्याएको थियो । नगरलाई केही महिनाअघि मात्रै शून्य कार्बन उत्सर्जन गर्दै वातावरणमैत्री विकास गर्ने विश्वका १५ सहरमध्ये पाँचाँै नम्बर र एसियाको पहिलो सहर बनेको घोषणा गरिएको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक भएको जनाइएक...

रवि र बालेन मिलेपछि मात्रै कुलमानसँग छलफल हुने, सहमतिपत्रको पहिलो मस्यौदा स्वीकृत

काठमाडौँ । आगामी निर्वाचनमा सहकार्य कसरी गर्ने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बा...

राज्यका मुख्य अङ्गहरु कमजोर बन्दैछन् : महासचिव पोखरेल

बाँके। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रको प्रमुख अङ्गहरु कमजोर बनाउन विभिन्न तहबाट प्रयास गरिएको बताएको छन् ।   राष्ट्रिय बाणिज्य बै...

ट्रकको ठक्करबाट वृद्धको मृत्यु भएपछि लालबन्दीमा तनाव

सर्लाही। नवलपुर–मलङ्गवा सडक अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा शुक्रबार दिउँसो ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि अवस्था तनावग्रस...

बीपीएलको पहिलो खेलमा सन्दीप लामिछानेले लिए दुई विकेट

काठमाडौं । ङ्गलादेश प्रिमियर लिग (बीपीएल)को पहिलो खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछानेले दुई विकेट लिएको छन् ।  सन्दीप आबद्ध टिम राजशाही वारियर्स...

रवि, बालेन र घिसिङबीच पार्टी एकताको लागि आजै हस्ताक्षर हुने

काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टी संरक्षक तथा ऊर्जा म...

सर्वोच्चले खारेज गर्याे गौरीबहादुर कार्कीलाई पदमुक्त गर्न माग गरिएको रिट

काठमाडौँ । जेनजी घटनाको छानबिन गर्न गठन गरिएको आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्की र अन्य सदस्यलाई पदमुक्त गर्न माग गरिएको रिट सर्वोच्च अद...

प्रचण्ड कहाँ–कहाँबाट उम्मेदवार सिफारिस भए ?

काठमाडौँ । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न क्षेत्रहरूबाट सिफारिस भएका छन्। तर उनी कुन...

१२ जिल्लाका सीडीओ र कारागार विभागका महानिर्देशक हेरफेर

काठमाडौँ । गृह मन्त्रालयले शुक्रबार १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र कारागार व्यवस्थापन विभागका महानिर्देशकमा हेरफेर गरेको जानकारी दिएको छ।...

पूर्वरथी बालानन्द शर्माले लिए परराष्ट्रमन्त्री पदको शपथ

काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले राष्ट्रपति कार्यालयमा आज आयोजित शपथ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending