Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

विश्वासको मत नलिइ राजीनामा दिँदै गण्डकीका मुख्यमन्त्री

खबरडबली संवाददाता

काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने गरी वैशाख ९ गते ३ बजेलाई संसद बैठक बोलाइएको छ । तर, उनले विश्वासको मत नलिई राजीनामा दिने योजनामा रहेको बुझिएको छ ।

मुख्यमन्त्री अधिकारीले आफूले गरेका काम र आफ्ना धारणा राखेर रोष्ट्रमबाटै राजीनामा घोषणा गर्ने सम्भावना छ ।

गत चैत १० गते माओवादी केन्द्रले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि मुख्यमन्त्रीले वैशाख ९ गतेसम्म विश्वासको मत लिनुपर्ने अवस्था छ ।

विश्वासको मत नपाउने भएपछि प्रक्रिया नलम्ब्याउन सचिवालयले सुझाव दिएको छ । ‘नपाउने विश्वासको मत किन लिने भनेर हामीले भनेका छौँ । उहाँले यही गर्छु भन्नुभएको छैन,’ सचिवालय स्रोतले भन्यो ।

एमाले संसदीय दल नेतासमेत रहेका अधिकारीले विश्वासको मत लिने वा राजीनामा दिने भन्नेबारे एमाले संसदीय दलको बैठकमा छलफल गर्दै छन् । वैशाख ३ गते साँझ बस्ने गरी दलको बैठक बोलाइएको एमाले सांसद कृष्णप्रसाद पाठकले जानकारी दिए ।

प्रदेशसभामा नेपाली कांग्रेसका २७, नेकपा एमालेका २२, माओवादीका सभामुखबाहेक ७, राप्रपाका दुई र एक जना स्वतन्त्र निर्वाचित सांसद छन् ।

६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीले बहुमत अर्थात् ३१ सांसद आफ्नो पक्षमा पार्न सक्ने अवस्था छैन ।

खगराज गत मंसिरको चुनावपछि पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनलाई त्यतिबेला एमाले, माओवादी, राप्रपा र एक जना स्वतन्त्र सांसदले समर्थन गरेका थिए । पछि स्वतन्त्र सांसद राजीव गुरूङले विश्वासको मत नदिई प्रतिपक्षमा बसे ।

केन्द्रमा राजनीतिक समीकरण फेरिँदा उपराष्ट्रपति निर्वाचनपछि माओवादीले प्रदेश सरकार छोडेको थियो । समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy