काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रवासमा रहेका नेपालीहरुलाई विदेशबाट मतदान गर्न पाउने व्यवस्था गरिने बताएको छन्। नेकपा (माओवादी केन्द्र) प्रवास समन्वय समितिको भर्चुअल कार्यक्रमलाई शुक्रबार राति सम्बोधन गर्दै उनले यसबाट लाखौं प्रवासी नेपाली लाभान्वित हुने र मताधिकारबाट बञ्चित हुनुनपर्ने बताए ।
उनले विदेशमा रहेका नेपालीले पठाएको विप्रेषणबाट विदेशी मुद्राको सञ्चितिमा उत्साह थपेको जनाउँदै बैदेशिक रोजगारीको सुधारको लागी सरकारले धेरै काम गरिसकेको र अझै थप गर्ने बताए। प्रधामन्त्री दाहालले भने, “वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणले विदेशी मुद्रा सञ्चिती ११ महिनालाई धान्ने अवस्थामा पुग्नु आफैँमा अर्थतन्त्र सुधारको सङ्केत हो ।”
उनले सामाजिक सुरक्षा कोषमा प्रवासी नेपालीको आबद्धता श्रमिकको सुरक्षा भएको बताए । उनले राज्यका सबै निकायलाई राम्रोसँग परिचालन गरेर राजस्वमा उल्लेख्य सुधार भएको उल्लेख गर्दै आफू प्रधानमन्त्री बनेपछि सार्वजनिक सहकारी र निजी क्षेत्रको समन्वयलाई अगाडि बढाउन र निजी क्षेत्रलाई आर्थिक विकास निर्माणमा परिचालन गर्न जोड दिएको बताए ।
प्रधानमन्त्री दाहालले भने, “संविधान निर्माण गर्ने र देशलाई अहिलेको अवस्थामा ल्याउने प्रमुख शक्ति माओवादी हो । हामीलाई विकासको गति पैदा गर्ने र रोजगारी ग्यारेन्टी गर्ने चुनौति छ । अर्थतन्त्रमा परेको अफ्ठ्यारो अहिलेको होइन, पहिले देखि नै हो । यसमा म आएपछि सुधार भइरहेको छ ।” नेपालको अर्थतन्त्रको समस्या समाधानका लागि तीन महिनामै सकारात्मक सङ्केत देखिएको उनको भनाइ छ ।
पछिल्ला दिनमा राजस्व सङ्कलनमा उल्लेखित सुधार भएको जनउँदै उनले आफ्नै पहलमा ब्याज घट्ने क्रम सुरु भएको बताउनुभयो । निजी क्षेत्रका समस्या समाधानको पहल भएको जनाउँदै उनले देशको एकतालाई सुदृढ गर्नेमा सरकार सक्षम रहेको बताए ।
आफू छिट्टै छिमेकी देशमा भ्रमणमा निस्कन लागेको जनाउँदै उहाँले उक्त भ्रमणमा नेपाली जनताका केही मुद्दा पुरा गराउनेतर्फ लाग्ने प्रतिबद्धता व्यक्त गरे । “व्यापार घाटा कम गर्न ट्रान्जिट पोलिसीका विषयमा, हवाई रुटका बारेमा छिमेकी देशसँग मिलेर अगाडि बढ्ने छौं”, उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन १० गते, २०८१ - १७:१२
विद्यार्थी संगठनलाई प्रचण्डको निर्देशनः तपाईँ सडकको बाघ भएर निस्कनोस्, म संसदमा सिंह भएर निस्केको छु
आश्विन १० गते, २०८१ - १७:००
जकार्ता । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपाल जलवायु परिवर्तनको प्रभावबाट अत्यधिक प्रभावित भएको भन्दै यसका असर न्यूनीकरणका लागि अन्तर्...
आश्विन १० गते, २०८१ - १६:५०
चितवन। कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले क्यान्सरको उपचार, पहिचान, निदान र सचेतनामा सशक्त भएर लाग्न क्यान्सर अस्पतालका चिकित्सक एवम् कर्मचारीहर...
आश्विन १० गते, २०८१ - १६:३७
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो महिना साउनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१० प्रतिशतमा सीमित रहेको तथ्यांक सार्वजनिक भएको छ ।...
आश्विन १० गते, २०८१ - १६:२६
काठमाडौँ । बंगलादेशका अल राउण्डर शकिब अल हसनले टी-२० र टेस्ट क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । भारतविरुद्धको दोस्रो टेस्ट अघि मिडियासँग कुरा...
आश्विन १० गते, २०८१ - १६:२०
काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल उड्डयन प्रशिक्षण प्रतिष्ठानको नाममा रहेको जग्गा फिर्ता ल्याउन पहल गर्ने बताएक...
आश्विन १० गते, २०८१ - १६:१७
नवलपरासी । राष्ट्रपति रामचन्द्र पौडेलले नदी तरितराउको अभावमा वर्षोदेखि सुस्ता क्षेत्रका नागरिकले आफ्नो दैनिक जीवन सञ्चालनका लागि डुङ्गाको भर परी जोखिम...
आश्विन १० गते, २०८१ - १६:०१
वासिङ्टन डिसी । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिनेक्रममा न्युयोर्क आउनुभएकी परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा राष्ट्रसङ्घीय कार्यक्रमसहित...
आश्विन १० गते, २०८१ - १५:२५
सुलीकोट। गोरखाामा सात सय ३३ जनामा डेंगु सङ्क्रमण देखिएको छ । जिल्लामा अत्यधिक मात्रामा डेंगु रोग सङ्क्रमण बढ्दै जाँदा साउन, भदौ र असोज १० गतेसम्म सात ...
आश्विन १० गते, २०८१ - १४:५१
ढल्केबर। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले दसैँ अगावै देशभरका सबै सडकलाई खाल्टाखुल्टी रहित बनाइ सक्ने बताएको छन् । सङ्घीय सरकार मा...
प्रतिकृया लेख्नुहोस्: