काठमाडौँ। नेपालले ओमानलाई ८४ रनले पराजित गर्दै एसिसी प्रिमियर कप प्रतियोगितामा लगातार दोश्रो जित पाएको छ।
जितका लागि ५० ओभरमा ३११ रनको लक्ष्य पाएको ओमान ४६ ओभर ३ बलमा २२५ रनमा अलआउट भएपछि खेल नेपालले ८४ रनले जितेको हो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको घरेलु नेपालले ८ विकेट गुमाएर ३१० रनको विशाल स्कोर तयार पारेको थियो।
दोश्रो ब्याटिङ गरेको ओमानले सबै विकेट गुमाएर जम्मा २२६ रनमात्र बनाउन सक्यो।
ओमानका लागि ओपनर जतिन्दर सिंहले १५ रन बनाए भने अर्का ओपनर काश्यप प्रजापतिले २५ रन बनाए। यसैगरी आदील सफिक १३ रनमा‚ कप्तान जिशान मक्सुद शून्यमा आउट भए।
ओमानका लागि मोहम्मद नदीमाले सर्वाधिक ६५ रन बनाए भने सन्दीप गौडले ४६‚ आयान खानले २९ र फैय्याज बटले १९ रनको योगदान गरे। अकिब इलियास रिटायर्ड आउट भए।
नेपालका लागि करण केसी र सन्दीप लामिछानेले ३र३‚ दीपेन्द्रसिंह ऐरीले २ र ललित राजवंशीले १ विकेट लिए।
पहिले ब्याटिङ गरेको नेपालले एकदिवसीय क्रिकेटमा अहिलेसम्मकै उच्च स्कोर गरेको थियो।
नेपालका लागि कुशल मल्लले शतकीय पारी खेले। ६४ बल खेलेका उनले १० छक्का र ९ चौकाको सहयोगमा १ सय ८ रनको महत्वपूर्ण योगदान गरे। युवा अलराउण्डर कुशलको एकदिवसीय क्रिकेटमा यो पहिलो शतक हो। सोमपाल कामी ६३ र करण केसी २९ रनमा अविजित रहे।
भीम सार्कीले ३३, आरिफ शेखले २९, कप्तान रोहित पौडेलले २३ रन बनाउँदा सन्दीप लामिछाने ८ र दीपेन्द्र सिंह ऐरी ७ रनमा आउट भए।
यसैबीच आजको खेलमा लेग स्पिनर सन्दीप लामिछानेले आफ्नो पहिलो विकेट लिएर एकदिवसीय खेलमा सबैभन्दा छिटो एक सय विकेट लिने कीर्तिमान बनाएका छन्।
४१ खेलमा ९९ विकेट लिइसकेका सन्दीपले ४२ खेल खेलेर सय विकेटको कीर्तिमान बनाएका हुन्। उनीभन्दा पहिले यो कीर्तिमान ४४ खेलमा १ सय विकेट पूरा गरेका अफगानिस्तानका बलर राशिद खानको नाममा थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: